हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
मे २४ तारिख चीनको ‘हाइब्रिड धानका पिता’ भनेर चिनिने युआन लोङ फिङको बिदाइ समारोह हु नान प्रान्तको छाङ शा सहरमा अन्तिम बिदाइ गरियो । मे २२ तारिख युआन लोङ फिङको निधन भएपछि संयुक्त राष्ट्र सङ्घलगायत धेरै अन्तर्राष्ट्रिय संस्था, धेरै मुलुकका सरकार र विश्वव्यापी सञ्चार माध्यम र इन्टर्नेट प्रयोगकर्ताहरूले लेख सार्वजनिक गर्दै भावपूर्ण समवेदना प्रकट गरेका छन् । यी लेखहरूमा “उहाँको धानले विश्वलाई खुवाउँछ । उहाँ एक जना वास्तविक खाद्य नायक हुनुहुन्छ, उहाँले एक अर्बभन्दा बढी जनताको खाद्य सुरक्षालाई साकार तुल्याउनुभयो ।” आदि शब्दले प्रशंसा गरेको देखिन्छ । यसबाट युआन लोङ फिङ र उहाँका अनुसन्धान टोलीद्वारा अनुसन्धान तथा विकास गरिएको हाइब्रिड राइस प्रविधिले विश्वका लागि ठुलो योगदान सिर्जना गरेको प्रमाण दिइएको छ ।
अन्तर्राष्ट्रिय समाजमा हाइब्रिड धान चीनको पाँचौँ आविष्कार मानिन्छ । गत शताब्दीको ७० को दशकमा चीनको हाइब्रिड धानको उत्पादन मात्रा सामान्त्न्दा २० प्रतिशत बढी छ । प्रतिवर्ष बढेको खाद्यान्न ७ करोडभन्दा बढी जनतालाई खुवाउन पुगेको थियो । गत शताब्दीको ९० को दशकमा संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनले हाइब्रिड धानको प्रचारप्रसारलाई विकासोन्मुख मुलुकमा देखिएको खाद्यान्न अभाव समस्याको समाधान गर्ने प्रथम रणनीतिक कदमको रुपमा लिँदै युआन लोङ फिङलाई अन्तर्राष्ट्रिय प्रथम सल्लाहकारको रुपमा नियुक्त गरेको थियो । केही दशकमा युआनले ८० भन्दा बढी विकासोन्मुख मुलुकका लागि १४००० भन्दा बढी हाइब्रिड धान योग्य व्यक्ति प्रशिक्षित गर्नुभएको थियो ।
“हाइब्रिड धानको विकास गर्दै विश्वका जनतामा फाइदा सिर्जना गर्नु” नै युआन लोङ फिङको सपना हो । युआनको उपलब्धि नै चीनको उपायद्वारा अन्तर्राष्ट्रिय खाद्य अभावको समाधान गर्दै गरिबीको न्यूनीकरण कार्यको सफलता हो । उहाँको अभ्यासबाट के प्रमाणित गरिएको छ भने चिनियाँहरूले आफ्नो खाने समस्याको समाधान गरेको मात्र नभई विश्वका जनताका लागि पनि सहायता प्रदान गरेका छन् ।
स्रोतः सीआरआई
Leave a Reply