भर्खरै :

चिनियाँ बुद्धिले ल्याएको संसारमा धानको प्रचुरता

सन् २०१८ नेपालको प्रदेश ३ अन्तर्गत लतीपुर गाउँका गाउँले चिटलीले ०.५५ हेक्टरको चिनियाँ वर्णशङ्कर धान रोपेर उत्पादन मात्रा पहिलेको भन्दा बढाएर कुल २ हजार ७९ किलोग्रामका साथ आम्दानी ८५ हजार रूपैयाँ पुगेको थियो । त्यतिबेला उनले पत्रकारलाई बताउँदै चिनियाँ वर्णशङ्कर धानको उत्पादन मात्रा धेरै भएकोले हरेक वर्ष चिनियाँ धान रोप्ने इच्छा प्रकट गरेका थिए ।
सन् २०१२ देखि २०१७ सम्म, नेपालको खाद्य आवश्यकता अपुग भएकोले हरेक वर्ष भारत आदि मुलुकबाट ७० करोड किलो चामल नेपालले आयात गर्नुपर्दछ । सन् २०१६ मा चीनले नेपाललाई कृषि प्राविधिक परियोजनाको सहयोग थालेको थियो, पहिलो परियोजना युआन लौङ फिङको अध्ययन टोलीले कार्यान्वयन गरेको थियो । सन् २०१६ र सन् २०१७ मा चीनबाट ६७ किसिमका वर्णशंकर धान आयात गर्यो । सन् २०१८ नेपालका ५ वटा प्रदेशमा ३०० हेक्टर चिनियाँ वर्णशङ्कर धान रोपिएर उत्पादन मात्रा ४० प्रतिशतदेखि १०० प्रतिशत वृद्धि भयो । माथिल्लो चर्चा गरिएको नेपाली किसान चिटलीको जग्गा यी ३०० हेक्टरमध्येको एक भाग हो । नेपाल हिमालयखबरमा यसरी रिपोर्ट गरिएको छःयुआन लौङ फिङले अध्ययन गरेको वर्णशङ्कर धान अरू धानसँग अतुलनीय रहेको छ । यसले अविकसित मुलुकका जनतालाई कल्याण पु¥याएको छ ।
नेपाललाई उत्कृष्ट चामल बोट पु¥याएका ‘वर्णशङ्कर धानका पिता’ मानिएका युआन लौङ फिङ मे २२ तारिख ९१ वर्षको उमेरमा देह त्याग गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उच्च ध्यान दिएर श्रद्धाञ्जली व्यक्त गरिएका छन् । अमेरिकी ब्लूमबर्ग समाचारको युआनलाई ‘चीनको खाद्य सुरक्षाको प्रत्याभूत गर्ने वैज्ञानिक’ भनेर उल्लेख गरेको छ । बेलायती स्वतन्त्र अखवारमाँ युआनको वर्णशंकर धानले सारा विश्वका जनतालाई खुवाएको भन्दै प्रशंसा गरिएको छ । नेपाली कृषि वैज्ञानिक अधिकारीले नेपाली पत्रकारलाई अन्तर्वार्ता दिंदै युआन चीनका वैज्ञानिकमात्र नभई विश्वका वैज्ञानिक हुन् भनेर युआनको योगदान विशाल भएर उनले अध्ययन गरेको वर्णशङ्कर धानले विश्वका अरू मुलुकको लागि महान् उपलब्धि पस्किएको बताउनुभयो ।
सानो चामल कान विश्वका करोडौँ मानिसको भोक समस्यासित सम्बन्धित छ । “वर्णशङ्कर धानको विकास गर्नु, विश्वका जनतालाई लाभ दिनु” युआन लुङ फिङको जीवनको आशा हो । सन् १९८० देखि हालसम्म युआन लुङ फिङ र टोलीले वर्णशङ्कर धान समस्त विश्वमा ढाकिने सपनालाई सधैं नै व्यवहारमा उतार्दै विश्वका लागि चिनियाँ बुद्धि दिइरहेका छन् । विगत चालीस वर्षयता युआन लुङ फिङले वर्णशङ्कर धान प्रविधिको तालिम कक्षा खोल्नुभयो, ८० वटाभन्दा बढी विकासोन्मुख मुलुकका लागि १२ हजार जनाभन्दा बढी वर्णशङ्कर धान प्राविधिज्ञलाई तालिम दिनुभयो । अफ्रिकाको मेडागास्करमा युआन लुङ फिङ टोलीले २० लाख जनाको भोक समस्याको समाधान गरेको थियो । फिलिपिन्समा युआन लुङ फिङ टोलीले फिलिपिन्सको अन्नबालीको आत्मनिर्भरता दरलाई माथि उकासेर ९५ प्रतिशतभन्दा बढी पुगेको थियो । युआन लुङ फिङको वर्णशङ्कर धान समग्र विश्वमा ढाकिने सपना विश्वको विभिन्न क्षेत्रमा साकार तुल्याइएको छ । सन् १९७९ देखि चीनले पहिलो पटक विदेशतर्फ वर्णशङ्कर धानको बिउ उपलब्ध गराएयता विश्वमा वर्णशङ्कर धानको रोपन क्षेत्रफल करीब ८० लाख हेक्टर पुगेको छ । चीनले विश्वको भोक समस्याको समाधान गर्नका लागि ठूलो योगदान दिएको छ । युआन लुङ फिङको अभ्यासबाट चिनियाँले अन्नबालीको उत्पादनमा आत्मनिर्भर हुनुका साथै विश्वलाई चिनियाँ बुद्धि बाँडेको र विश्वका जनतालाई खाना समस्याको समाधान गर्न मद्दत दिएको कुरा प्रमाणित गरिएको छ । चालू वर्षको शरद् ऋतुमा नेपाली किसान चिटलीले आफ्नो फसल धान देख्ने बेलामा उनलाई उत्कृष्ट बीउ ल्याउने महान् वैज्ञानिकको मृत्यु भएको थाहा नहोला । तर, युआन लुङ फिङका उत्तराधिकारीहरूले उहाँको आशाबमोजिम विश्वका लागि आफ्नो योगदान दिनेछन् ।
संसार सबैजनाको स्वामित्व हो । अन्नबालीको उत्पादन, जलवायु शासन, विश्वको महामारीविरुद्धको सहयोगदेखि विश्व शासनसम्म चीन मानव भाग्य समुदायको निर्माणमा अडिग छ । चीनले एकेक चिनियाँ बुद्धि र चिनियाँ योजनामार्फत विश्वका कठिन समस्याका लागि समाधान योजना ल्याएको छ । चीनले विश्वको विभिन्न मुलुकको साझेदार बन्ने र अझै राम्रो संसारको निर्माणका लागि चिनियाँ शक्ति दिने आशा लिएको छ ।
स्रोत : सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *