सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, १७ जेठ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको अनलाइन वार्षिक आधारभूत तह (कक्षा–८) को परीक्षा आइतबारदेखि सुरू भएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट दिनानुदिन बढ्दै गएर समुदायस्तरमा पनि तीव्ररूपमा बढेको र नेपाल सरकारबाट निषेधाज्ञा जारी गरेको वर्तमान अवस्थालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाले आधारभूत तहको परीक्षा अनलाइनमा सञ्चालन गरेको हो ।
वार्षिक अनलाइन परीक्षामा विद्यार्थीहरूको उपस्थिति उत्साहजनक देखिएको आधारभूत तह परीक्षा समितिका अध्यक्ष प्रेमगोपाल कर्माचार्यले बताउनुभयो ।
नगर शिक्षा समितिबाट पारित गरेको शै.स. २०७७ को वार्षिक मूल्याङ्कन कार्यढाँचाअनुसार लिइएको परीक्षाको पहिलो दिन आइतबार अङ्ग्रेजी विषयको परीक्षामा सामुदायिकतर्फ १७ र एउटा खुला विद्यालय गरी जम्मा ६ सय ८२ जना परीक्षार्थी रहेकोमा ६ सय ४९ जना परीक्षामा सहभागी थिए । सो सहभागी सङ्ख्यामा ९५ दशमलव १६ प्रतिशत रहेको छ ।
त्यस्तै संस्थागत विद्यालयतर्फ ४८ विद्यालयबाट जम्मा १ हजार ७ सय १४ जना परीक्षार्थी रहेकोमा १ हजार ६ सय ८६ जना परीक्षार्थी परीक्षामा सहभागी थिए । सो सहभागी ९८ दशमलव ३७ प्रतिशत रहेको छ ।
शै.व. २०७७ मा भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट २ हजार ३ सय ९६ जना परीक्षार्थीहरू भएकोमा पहिलो दिन २ हजार ३ सय ३५ जना परीक्षार्थीहरू अर्थात् ९६ दशमलव ७६ प्रतिशत परीक्षार्थी सहभागी रहेको आधारभूत तह परीक्षा समितिका अध्यक्ष प्रेमगोपाल कर्मचार्यले जानकारी दिनुभयो ।
Leave a Reply