भर्खरै :

तर, बुद्घ गलत थिएनन्

 
बुद्घको देश आज अशान्त छ भन्दैमा
बुद्घ कसरी गलत हुन सक्छन् ?
तसर्थ,
बुद्घ गलत थिएनन् ।
बुद्घको देशमा सत्ताका निम्ति काटामार चल्दै छ भन्दैमा
बुद्घ कसरी विगत हुन सक्छन् ?
तसर्थ,
बुद्घ वर्तमान हुन् ।
बुद्घको देशमा पाप, मोह, क्रोध व्याप्त छ भन्दैमा
बुद्घको पराजय त्यो कसरी हुन सक्छ ?
तसर्थ,
बुद्घ अजेय छन् ।
बुद्घको देशमा नक्कली भिक्षुहरूको बिगबिगी छ भन्दैमा
बुद्घ कसरी असामयिक हुन सक्छन् ?
तसर्थ,
बुद्घ दर्शन अमर छ ।
जेठ १२,०७८

Leave a Reply

Your email address will not be published. Required fields are marked *