भर्खरै :

‘साउथ चाइना सी’ मा प्रवेश गरेको अमेरिकी पानीजहाज चिनियाँ नियन्त्रण

वासिङ्टन (संयुक्त राज्य अमेरिका), १८ असार । चीनको नियन्त्रणमा रहेको साउथ चाइना सी क्षेत्रमा अमेरिकी युद्धपोत प्रवेश गरेको भन्दै चीनले आइतबार सो पानीजहाजलाई नियन्त्रणमा लिएको एक अमेरिकी अधिकारीले बताएका छन् ।
चीनद्वारा आफ्नो भनी दावी गर्दै आएको उक्त जल क्षेत्रमा आवतजावतमा स्वतन्त्रता भएका देखाउने उद्देश्यका साथ त्यहाँ पुगेको जहाजलाई चीनले आफ्नो क्षेत्रमा प्रवेश गरेको दावी गर्दै नियन्त्रणमा लिएको हो ।
उक्त जहाज चीनद्वारा आफ्नो भएको दावी गर्दै आएको प्यारासेल टापूहरूको समूहमा रहेको ट्रिटन टापूबाट करिब २२ किलोमिटरभित्रबाट नियन्त्रणमा लिइएको हो । सो क्षेत्रलाई ताइवान र भीयतनामले समेत आफ्नो बताउदै आएका अमेरिकी अधिकारीले एएफ्पीलाई बताए । रासस-एएफ्पी

Leave a Reply

Your email address will not be published. Required fields are marked *