नेता किमद्वारा विदेशी मोर्चाका सैनिकको प्रशंसा
- भाद्र २५, २०८३
काठमाडौं, १८ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अब रोड टेष्ट पास गर्नुपर्ने भएको छ । यसअघि लिखित र ट्रायल पास भएकोले लाइसेन्स लिंदै आएका थिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागको सहमतिमा यस्तो नियम लागू गर्न लागेको महाशाखाका प्रमुख डिआइजी मिङमार लामाले जानकारी दिए ।
आइतबार पत्रकार सम्मेलनमा गर्दै लामाले भने, ‘लाइसेन्स प्राप्त चालकलाई अनुभवी र दक्ष बनाउनका लागि यस्तो नियम ल्याउन लागेका हौं ।’
रोड पास भएपछि चालकले पुनः एक घण्डा ट्राफिक नियमसम्बन्धी कक्षासमेत लिनुपर्नेछ । परिवर्तन गर्न लागेको नियम कहिलेबाट लागू हुने भन्ने विषयमा गृहकार्य भइरहेको लामाले बताए ।
Leave a Reply