शिक्षक तथा कर्मचारीहरूलाई बधाई ज्ञापन
- श्रावण २९, २०८३
भक्तपुर, १९ जेठ । नेपालको समसामयिक राजनीति र नागरिकता अध्यादेशबारे नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिले बुधबार अनलाइन प्रवचन कार्यक्रम ग¥यो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सरकारले अर्थमन्त्रीमार्फत सार्वजनिक गरेको आव २०७८/७९ को बजेटमा खानीजन्य ढुङ्गा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने व्यवस्था भारतीय एकाधिकार पुँजीको दबाबमा राखिएको उल्लेख गर्दै पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ जिल्लामा फैलिएको चुरे शिवालिक पर्वतको ढुङ्गा, गिटी, बालुवालगायत प्राकृतिक स्रोत दोहन गरिए तराई मरूभूमिमा परिणत हुने बताउनुभयो ।
भारतीय एकाधिकार पुँजीले चुरेको ढुङ्गा, गिट्टी, बालुवा प्रयोग गरी नेपालको सीमा नजिक अन्तर्राष्ट्रिय कानुनविपरीत सप्तरीदेखि बाँकेसम्म पूर्व–पश्चिम १५ सय किमि लामो सडक बाँध बनाएको र सो सडक बाँधको कारण नेपालको तराई भूभाग बर्सेनि डुवानमा परेको र जनधनको क्षति भएको हुँदा उक्त सडक बाँध भत्काउन नेपाली जनताले सङ्घर्ष गरिरहेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य सरोजराज गोसाईले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणको निम्ति सरकारले समयमै खोप ल्याउन नसक्दा लाखौँ नेपाली प्रभावित भएको भन्दै खोपको निम्ति चीनसँगै अनुरोध गर्नुपर्ने विचार राख्नुभयो ।
उहाँले हालको महामारीको तेस्रो वेभको निम्ति आजैदेखि तयारी थाल्नुपर्ने भन्दै समुदायस्तरमै काम गर्ने राजनीतिक तथा सामाजिक कार्यकर्तालाई स्वास्थ्य तालिम दिनुपर्ने धारणा राख्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाले २००९ साल, २०२० साल र २०६३ सालको नागरिकता ऐनले नेपालमाथि थोपरेको सङ्कटको बारेमा चर्चा गर्दै खुला सीमालाई नियन्त्रण नगरी ओली सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रस्तुत अध्यादेशले नेपाल भारतीय आप्रवासीद्वारा भरिन सक्ने सम्भावना रहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष सूर्यभक्त त्वातीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महेन्द्र बखुन्छेँले पनि बोल्नुभएको थियो ।
तस्बिर :अनलाइन खबर
Leave a Reply