शिक्षक तथा कर्मचारीहरूलाई बधाई ज्ञापन
- श्रावण २९, २०८३
काठमाडौँ, २० जेठ । नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिकबारे बुधबार अध्ययन गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले ओली सरकारले प्रस्तुत गरेको बजेट पुँजीवादी र नवउदारवादी विचारबाट प्रभावित भएको र बजेटले कामदार जनताको हित नगर्ने स्पष्ट गर्नुभयो ।
सरकारले पेश गरेको नागरिकता अध्यादेशबारे जानकारी दिँदै केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “कामचलाउ सरकारले देश सार्वभौमिकतासँग जोडिएको नागरिकता विधेयक ल्याउनु खतराको सङ्केत हो । विदेशी नागरिकलाई नेपाली नागरिकता दिने बदनियतका साथ ल्याइएको नागरिकता विधेयक र अध्यादेशको विरोधमा नेमकिपाले सदन र सडकमा सङ्घर्ष गर्दै आएको हो र गर्दै जानेछ ।”
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले भारतीय विस्तारवादी सरकारको आदेशमा ओली सरकारले नागरिकता अध्यादेश ल्याएको बताउनुभयो ।
नेपाल–भारतबीचको खुला सीमा नियमित नभएसम्म भारतीय विस्तारवादको थिचोमिचो बढिरहने धारणा राख्दै उहाँले खुला सीमा बन्द गर्नुपर्ने र सीमामा हुने आवतजावत बन्द गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा रवीन्द्र डंगोल, नारायणबहादुर दुवाल, करणबहादुर डंगोल, मदन श्रेष्ठ, सृजना डंगोल, गीता डंगोल, सौगात श्रेष्ठ, विशोक डंगोल, रमेश डंगोललगायतले पत्रिकाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply