भर्खरै :

राजनीतिक पदले विज्ञानको भाषालाई नियन्त्रण गर्न सक्दैन

जून १ मा ७४ औँ विश्व स्वास्थ्य सभा सम्पन्न भएको छ । यो सभा अमेरिका विश्व स्वास्थ्य सङ्गठनमा पुनःफर्केपछि संलग्न भएको पहिलो सभा हो । खुला र सहयोगको अडान लिएर आउनुपर्ने अमेरिकाले फेरि कोभिड–१९ भाइरस उहान प्रयोगशालाबाट निस्किएको कुरालाई उठाएको छ । अमेरिका त अमेरिका नै हो । तर, चीनको इन्टरनेटमा एउटा लोकप्रिय भनाइ छ, नितम्बले टाउकोलाई नियन्त्रण गर्छ । यो भनेको कुनै मान्छेले आफ्नो फाइदालाई हेरेर निर्णय गर्छ, अरूमा ध्यान दिँदैन ।
महामारी नियन्त्रणको असफलताको दोष चीनलाई
महामारी फैलिएपछि अमेरिकी राजनीतिज्ञहरूले विज्ञानविरूद्धका कदमहरू चालेका छन् । हाल आर्थिक तथा विज्ञानको आधारमा बलियो मुलुकको रूपमा रहेको अमेरिका विश्व महामारी अवस्थाको अग्रस्थानमा रहेको छ । हाल अमेरिकामा कोभिड–१९ सङ्क्रमित सङ्ख्या ३.३ करोड नाघेको छ भने मृतकको सङ्ख्या लगभग ६ लाख पुगेको छ । जुन अङ्क विश्व कुल सङ्ख्याको क्रमशः २० प्रतिशत र १७ प्रतिशत पुगेको छ । असफल महामारी नियन्त्रणको तथ्य लुकाउन नपाउँदै उनीहरूले तत्काल रणनीति फेरेर भाइरस उहान प्रयोगशालाबाट निस्किएको कुरा गर्न थालेका छन् । उनीहरूले आफ्नो जिम्मेवारीबाट पन्छिँदै चीनलाई हस्तान्तरण गर्न खोजेका छन् ।
चोरले अरूको ध्यान हटाउन चोर समात्न कराउने
भाइरसको स्रोतको सर्वेक्षण गर्नु भाइरससम्बन्धी वैज्ञानिक बुझाइ बढाउने र विश्व सार्वजनिक स्वास्थ्य प्रणाली र प्रशासन क्षमतालाई प्रवद्र्धन गर्ने महत्वपूर्ण विषय हो । त्यसैले चीनले सबैभन्दा पहिला विश्व स्वास्थ्य सङ्गठनसँग संयुक्त अनुसन्धान गर्न थालेको छ । ३४ जना चिनियाँ तथा विदेशी वैज्ञानिकले २८ दिनसम्म गहिरो र चौतर्फी सर्वेक्षणबाट कोभिड–१९ भाइरस प्रयोगशालाबाट मानिससम्म सङ्क्रमण नभएको र यो असम्भव रहेको निष्कर्ष सार्वजनिक गरेका थिए । अन्तर्राष्ट्रिय विशेषज्ञले चीनको खुला, पारदर्शी, जिम्मेवार मनोवृत्तिको उच्च प्रशंसा गरेको छ । उदाहरणका लागि सर्वेक्षण टोलीले चाहेको ठाउँ पुग्न पाएको छ भने भेट्न खोजेका सबै मानिसलाई भेट्न पाएको छ । तर, वैज्ञानिक तथा आधिकारिक निष्कर्षसमक्ष अमेरिकाले बेवास्ता गरेको छ किनभने त्यस्तो निष्कर्ष र अमेरिकी राजनीतिज्ञको चाहनासँग अनुकूल छैन ।
सबैलाई थाहै होला, भाइरस स्रोतको सर्वेक्षणका लागि अमेरिकाले आफ्नो समस्यालाई कहिले उठाएको छैन । वास्तवमा सन् २०१९ को शरद् ऋतु अर्थात् कोभिड–१९ महामारी फैलिएको केही महिनाअघि न्युयोर्क टाइम्सलगायत विभिन्न अमेरिकी मिडियाले फोर्ट डेट्रिक सम्भावित खतराको कारण फेरि बन्द भएको रिपोर्ट गरेका थिए । फोर्ट डेट्रिकबाहेक विश्वभर २५ वटा मुलुक र क्षेत्रमा अमेरिकाले २ सत्न्दा बढी प्रयोगशाला राखेको छ । विभिन्न रिपोर्टका अनुसार, ती प्रयोगशालाको लोकेसन र केही वर्षयता देखिएका रोग र भाइरस फैलिएको लोकेसन बराबर देखिन्छ । अमेरिकाले एकातिर अरू मुलुकमाथि सर्वेक्षण गर्न आग्रह गरिरहन्छ तर अर्कोतिर राष्ट्रिय सुरक्षाको निहुँमा आफ्नो प्रयोगशालाको अवस्था देखाउँदैन । त्यसैले शङ्का गर्न मिल्छ कि अमेरिकाले उहान प्रयोगशालाबाट भाइरस निस्किएको कुरा चोरले अरूको ध्यान हटाउन चोर समात्नलाई कराएको जस्तो हो ।
भाइरसलाई राजनीतीकरण नगर्न जोड
वर्तमान अमेरिकी नीतिका कारण शत्रु धेरै छन्, समस्या थुप्रै छन्, विकास पनि अवरूद्ध छ । तर, चीनले बेल्ट एन्ड रोडलगायत नीतिको आधारमा खुला तथा उदार अडान लिएर विश्वसँग विकास गरेको छ र विश्वको प्रशंसा र समर्थन पाएको छ । जसबाट अमेरिकी राजनीतिज्ञलाई इष्र्या लागेको छ । उनीहरूको विचारमा महामारीले विश्व प्रभुत्वलाई कायम राख्ने सबैभन्दा लायक मौका प्रदान गरेको छ र भाइरसको स्रोत चीनमा राख्नु नै चीनको विकासमा अवरोध गर्ने सबैभन्दा सजिलो उपाय हो ।
अमेरिकाले उहान प्रयोगशालाबाट भाइरस निस्किएको बारे उठाइरहेको वास्तविक कारण सबैलाई स्पष्ट थाहा होला । रूस टुडे टीभीको वेबसाइटले हाल लेख प्रकाशित गरी व्यङ्ग्य गरेको छ कि पहिला इराकमा रासायनिक हतियार रहेको स्पष्ट प्रमाणसहितको आरोप लगाउने अमेरिकाले हाल चीनको प्रयोगशालाबाट भाइरस निस्किएको आरोप लगाएको छ । विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय विज्ञान क्षेत्रले पनि अमेरिकाको यो राजनीतिक हस्तक्षेपको विरोध गरेका छन् । मे २८ मा विश्व स्वास्थ्य सङ्गठनले भाइरस स्रोतको सर्वेक्षणलाई राजनीतीकरण नगर्न फेरि पनि आग्रह गर्दै अमेरिकी राजनीतिज्ञलाई कडा प्रहार गरेको छ ।
स्रोत : सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *