जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
कोलोम्बो, ५ जून (सिन्ह्वा) । श्रीलङ्कामा गए रातिदेखि आएको भारी वर्षा र हावाहुरीका कारण शनिबार बिहान सम्ममा कम्तीमा चार जनाको ज्यान गएको छ ।
साथै सो हुरीमा परी सात जना नागरिक हराइरहेका छन् । अहिले पनि वर्षा जारी छ भने हावाहुरी चलिरहेको छ ।
श्रीलङ्काको मौसम विभागले नागरिकहरूलाई सुरक्षित रहन सूचना जारी गरेको छ ।
वर्षा र हुरी अरु केही समय कायमै रहने हुनाले घरमै सुरक्षित भएर बस्न सो सूचनामा भनिएको छ ।
शनिबार यहाँको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार यहाँका कम्तीमा पाँच हजार जनालाई अन्यत्रै सुरक्षित स्थलमा लगिएको छ भने यहाँको सेनाले उद्धारको कामलाई निरन्तरता दिइरहेको छ ।
श्रीलङ्काका प्राय सबै जिल्ला वर्षा र हुरीबाट प्रभावित भएका छन् । शनिबार बिहानसम्ममा यहाँका १ लाख ७८ हजार जना नागरिक नराम्ररी प्रभावित भएका छन् । हुरी र वर्षाका कारण यहाँका कम्तीमा पनि ६५ ओटा घर भत्किएका छन् भने अरु भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको छ ।
यहाँका कैयौँ जिल्लामा बाढी आएको छ । बाढीले गर्दा उद्धारका लागि यातायातका साधनहरू लैजान पनि समस्या भएको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।
Leave a Reply