भर्खरै :

अन्तर्राष्ट्रिय तीन म्याराथुन सम्पन्न

मलेखु (धादिङ), १९ असार । धादिङको बैरनीबाट जोगिमारासम्म नेपाली सेनाले विभिन्न साहसिक खेलमध्ये अन्तर्राष्ट्रियस्तरको तीन वटा म्याराथुन दौड शनिबार सम्पन्न गरेको छ ।
गल्छी गाउँपालिकाको बैरनीबाट सुरु गरेको तीन वटा म्याराथुन ६ दशमलमव १ किलोमिटरको दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर जोगीमारासम्म जलयात्रा) पुगेर सम्पन्न भएको हो । यो नपाली सेनो आयोजना गर्ने साहसिक खेलमध्ये पर्छ ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, अमेरिका, बङ्गलादेश सेना, बृटिस गोरखा, सशस्त्र प्रहरी, हिमालयन गल्र्स र काठमाडौँका विभिन्न स्पोर्ट क्लबका ४८ जना खेलाडीले भाग लिएका थिए ।
प्रतियोगिता त्रिभुवन आर्मी क्लबका दैलेख निवासी हुँद्धा मानबहादुर थापाको समूहले बाजी मारेको थियो । आर्मीको थापा समूहले ४३ दशमलव १ किलोमिटर दुई घन्टा १८ मिनेट १ सेकेण्डमा तीनवटा म्याराथन पूरा गरेको थियो ।
काठमाडौँ बाइक स्टेसनको हिमाल टमाटाको समूहले उक्त दूरी दुई घन्टा २७ मिनेट ४७ सेकेन्डमा पार गरी दोस्रो स्थान हासिल गरेको थियो भने त्रिभुवन आर्मी क्लबकै राजेन्द्र चेम्जोङकामे समूहले दुई घन्टा २८ मिनेट २५ सेकेन्डमा उक्त दूरी पार गरी तेस्रो स्थान हासिल गरेको थियो ।
खेलको नियमअनुसार एउटै समूहले लगातार रुपमा म्याराथन, साइक्लिङ र जलयात्रा गरी उनीहरुले प्रतियोगिता जितेका हुन् । त्रिशुली किनारमा वर्षात्को भेलमा मात्रै गरिने यो साहसिक खेल विगतका तीन वर्षमा राष्ट्रिय स्तरका खेलाडीलाई मात्रै समावेश गरिएकोमा सहभागी हुनलाई यस वर्ष अन्तर्राष्ट्रिय रुपमै आह्वान गरेपछि आठ वटा नेपाली टिम र चार वटा विदेशी टिम सहभागी भएको सेनाले जानकारी दिएको छ ।
प्रतियोगितामा विजयी समूहलाई रु एक लाख ५० हजार नगद पुरस्कार र सिल्ड तथा प्रमाण, द्धितीय स्थान हासिल गर्ने समूहलाई रु एक लाख र प्रमाणपत्र र तेस्रो स्थान हासिल गर्ने समूहलाई रु ७५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *