ख्वप साकोसमा Ai Tools तालिम सम्पन्न
- जेष्ठ २, २०८३
दार्चुला, २३ जेठ । दार्चुलाको व्याँस गाउँपालिका—१ को उत्तरी नाका तिङ्करमा नेपाल प्रहरीको टोली खटिएको छ । गत मङ्सिरयता तिङ्करको छायाँलेकबाट तल झरेको प्रहरीलाई हेलिकप्टरमार्फत तिङ्कर पठाइएको हो ।
नेपालतिर भएर तिङ्कर पुग्न सकिने अवस्था नरहेपछि हेलिकप्टरमार्फत प्रहरी र खाद्य सामग्रीसहित तिङ्कर पठाइएको हो । तिङ्करको छायाँलेकमा प्रहरी सइ हर्क महताको नतृत्वमा १३ जनाको टोली खटाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।
नेपालको भूमि भएर तिङ्कर पुग्न पाँच दिन लाग्ने भएपछि सरकारले हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो । हेलिकप्टरमार्फत सुरक्षाकर्मी तिङ्कर पठाउन जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयलाई आग्रह गरेको थियो । पैदल जान निकै कठिनाइ छ । खाद्यान्न, हातहतियार र वन्दोवस्तीको समान लिएर जान सकिने अवस्था नभएपछि हेलिकप्टरमार्फत पठाइएको डिएसपी भट्टले बताउनुभयो ।
मङ्सिर महिनामा छागरु झरेको नेपाल प्रहरीको टोली माथि उक्लिन सकेको थिएन । स्थानीयवासी भने गत वैशाखमा तिङ्कर पुगेका थिए तर प्रहरीको राशन, हातहतियार र जनशक्ति पठाउन सम्भव थिएन्, डिएसपी भट्ट भन्नुहुन्छ, “स्थानीय भारतीय बाटोको प्रयोग गरेर गएका थिए तर प्रहरीलाई भारतको बाटो पठाउन सकिने अवस्था नभएपछि हेलिकप्टर माग गरिएको हो ।”
यस्तै सीमा प्रहरी चौकी सीतापूलमा असई प्रकाश सिंहको नेतृत्वमा टोली खटाइएको छ । सीतापूलमा यो वर्ष बाह्रै महिना प्रहरी बसेको छे । सीतापूलको लागि प्रमुख र थप पाँच जनाको टोली पठाइएको छ । हेलिकप्टरमार्फत प्रहरीको लागि छ महिना पुग्ने खाद्यान्न, बन्दोबस्तीको समान पठाइएको छ । तीन हजार ८०० मिटर उचाइमा रहेको छायाँलेक प्रहरी अब मङ्सिरमा मात्रै छाङ्गरु झर्ने बताइएको छ । छायाँलेकबाट चार घण्टाको पैदल बाटोमा नेपाल चीन सीमा स्तम्भ पिलर नम्बर १ रहेको छ । छायाँलेक प्रहरीले तिङ्कर गाउँको साथै चीनसँगको सीमा क्षेत्रसम्मको जिम्मेवारी पाएको छ । रासस
Leave a Reply