भर्खरै :

चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त स्वास्थ्य सामग्री अस्पतालहरूलाई हस्तान्तरण

भक्तपुर, २३ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा जेठ २१ गते पार्टी केन्द्रीय सचिवालयको बैठक भयो ।
बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट ‘विकास र शान्तिको निम्ति चीनको संस्था’ (China Foundation for Peace and Development) मार्फत पार्टीलाई प्राप्त १ (एक) लाख थान N95 मेडिकल मास्क र ८ (आठ) थान हाइड्रोजन अक्सिजन मेसिन Hydrogen Oxygen Machine) व्यापक जनताको हितको निम्ति उपयोग गर्न विभिन्न जिल्लाका जिल्ला र नगर अस्पतालहरूलाई हस्तान्तरण गर्ने निर्णय ग¥यो ।
सो निर्णयअनुसार आइतबार (जेठ २३ गते) पार्टीका केन्द्रीय सचिव पे्रम सुवाल, पार्टी केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, पार्टी जिल्ला अध्यक्ष न्हुछेभक्त फोजूलगायतको टोलीले भक्तपुर जिल्लाका जिल्ला र नगर अस्पतालहरूमा सो मास्क हस्तान्तरण ग¥यो ।
भक्तपुर नगरपालिका वडा नं. १ स्थित भक्तपुर जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतममार्फत ५ हजार थान, भक्तपुर नगरपालिका वडा नं. १ स्थित सहिद धर्मभक्त अङ्ग प्रत्यारोपन केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पे्रमराज ज्ञवालीमार्फत ५ हजार थान, भक्तपुर नगरपालिका वडा नं. १ स्थित भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलमार्फत ५ हजार थान सम्बन्धित अस्पतालहरूलाई N95 मेडिकल मास्क हस्तान्तरण गरिएको थियो ।
चाँगुनारायण नगरपालिका वडा नं. ४ स्थित चाँगुनारायण नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक लोकेन्द्रबहादुर पौड्यालमार्फत २ हजार थान, मध्यपुर थिमि नगरपालिका वडा नं. ५ स्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्रकुमार रउशनमार्फत २ हजार थान र सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित सूर्यविनायक नगरपालिका अस्पतालका मेडिकल अधिकृत डा. अनन्तकुमार थापामार्फत २ हजार थान N95 मेडिकल मास्क हस्तान्तरण गरियो ।
बैठकले भक्तपुर नगरपालिकाको ख्वप अस्पताल, जुम्ला अस्पताल, दैलेख अस्पताल, कालीकोट अस्पताल, अछाम अस्पताल, कैलाली अस्पताल, बर्दिया अस्पताल, बाँकेको भेरी अस्पताल, सुर्खेत अस्पताल, बुटवल अस्पताल, भरतपुर अस्पताल, पर्साको नारायणी अस्पताल, बारा अस्पताल, रौतहट अस्पताल, सिराहा अस्पताल, जनकपुर अस्पताल, मोरङ अस्पताललाई पनि N95 मेडिकल मास्क हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एकसय वर्षको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले नेपाल मजदुर किसान पार्टीलगायत नेपालका ६ वटा राजनैतिक दल एमाले, नेका, माओवादी (दाहाल), जसपा (उपेन्द्र), राप्रपासँग कोभिड–१९ महामारी रोकथामको लागि सहकार्यसम्बन्धी जेठ १२ गते अनलाइन छलफल गरेको थियो । बैठकमा कोभिड–१९ सङ्क्रमण रोकथामको लागि चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका पार्टीहरूसँग सहकार्य गर्ने प्रतिबद्धताअनुसार उल्लेखित स्वास्थ्य सामग्री नेमकिपालाई प्राप्त भएको हो । पार्टीले पश्चिम र पूर्वका अस्पतालहरूमा स्वास्थ्य सामग्री पु¥याउन आवश्यक व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *