रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
हवाना, ६ जून । विश्व वातावरण दिवसको अवसरमा समाजवादी देश क्युवाभरि शनिबार वृक्षरोपण कार्यक्रम आयोजना गरियो । हवानामा वातावरण अभियन्ताहरू सामाजिक दुरी र कोभिड–१९ को सुरक्षा नियम पालना गरी अल्टारेस कासलमा भेला भएका थिए । त्यही उभिएकी थिइन्–रोजाना कालजदा । उनी हवानाको नगर इतिहासकार कार्यालयमा काम गर्छिन् ।
उनले भनिनु, “वृक्षरोपणले वातावरणीय सुरक्षाबारे जनचेतना जोगाउन निकै सहयोग गर्नेमा मेरो बलियो विश्वास छ । रुखले पृथ्वीलाई श्वास फेर्न मद्दत गर्छ । म वृक्षरोपणमा सहभागी बन्न पाउँदा खुसी छु ।”
मुखमा एन ९५ मास्क लगाएकी उनीसँगै छोरा लिओनार्दो एरिस पनि छ । रुख रोप्नु लिओनार्दोको सपना हो । “मलाई क्युवाली रुख मनपर्छ । तिनीहरू निकै सुन्दर छन् । मेरो जीवनमा पहिलो रुख रोप्न आउँदा मेरो मन निकै चञ्चल भएको छ”, पाँच वर्षको लिओनार्दोले भने ।
हालैका दिनमा क्युवालीहरूले बोटबिरुवा भएको हरियो सार्वजनिक थलो बनाउने राष्ट्रिय अभियानको क्रममा क्युवालीहरूले देशभर आफ्नो वरपरका खुला क्षेत्रमा सयौँ रूख रोपेका छन् ।
अलेज्यान्द्रो पालमारोला क्युवाको जीव विज्ञान समाजका सभापति हुन् । सहरी क्षेत्रमा रुख रोप्दा जलवायु परिवर्तनले निम्त्याएका चुनौतीबीच सहर र नगरहरू भव्य देखिने उनले बताए । “हामीले रुख रोप्नुपर्छ । अनि रुख रोप्नलाई अभिप्रेरित गर्न हामीले सर्वसाधारणलाई आजभोलि सहरहरू कस्ता हुन्छन् भनी बताउने गरेका छौँ”, उनले भने ।
“एउटा रूख काटेबापत कम्तीमा पाँच वटा रुख रोप्नुपर्छ”, उनले थपे ।
संयुक्त राष्ट्र सङ्घको निर्देशिका पालना गर्न क्युवाले क्षयीकरण भएको र ध्वस्त भएको पर्या–पर्यावरणलाई पुनःस्थापना गर्नुका साथै जैविक विविधताको रक्षा गर्ने गतिविधि गरिरहेको छ ।
हाल क्युवाको औपचारिक तथ्याङ्कअनुसार कुल भूमिको ३३ प्रतिशत जङ्गलले भरिएको छ ।
बितेका केही वर्षमा तेल प्रदूषण, आँधीबेहरी र समुद्री चक्रवातको कारण क्षति भएका रुख जोगाउन राज्यका निकायहरूले संयुक्तरूपमा प्रयास गरिरहेका छन् । क्युवाका विद्यालय, कलेज र विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले सर्वसाधारणलाई वृक्षरोपणमा सहभागी बन्न आह्वान गरिरहेको छ ।
हवानाको नगर इतिहासकार कार्यालयको परियोजना निर्देशक ततियाना फर्नान्डेजले आगामी वर्षहरूमा पनि विश्व वातावरण दिवस मनाउन वृक्षरोपण कार्यक्रमलाई चालु राख्ने बताइन् ।
उनले भनिन्, “यस्ता गतिविधिको परिणाम ज्यादै सकारात्मक छ । हामीले जे गरिरहेका छौँ, हामी त्यसको पदचाप छोड्न चाहन्छौँ । सहरलाई थप अक्सिजन प्राप्त गर्न रुख रोप्न आवश्यक छ ।”
“यो देश, विश्व र सबैको लागि आवश्यक छ”, उनले थपिन् ।
Leave a Reply