धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
एमाले कम्युनिस्ट पार्टी नभएकोमा शङ्का छैन । कम्युनिस्ट पार्टी नभएरै एमालेले पार्टी र सरकारलाई स्पष्ट मार्गनिर्देश गर्न नसकेको हो । यसकारण, एमालेका नेताहरू विवादमा परे र एमाले विभाजनको स्थितिमा पुग्यो एमालेका नेताहरूमात्र होइन केपी ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरू पनि विवादित देखिए । विवादकै कारण कति मन्त्रीहरूले राजीनामा दिए । मन्त्री भएपछि विवादित भएका मन्त्रीहरूमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, चक्रप्रसाद वास्तोला, भानुभक्त ढकाल, विष्णु पौडेल आदि देखिए । कुनै मन्त्री एमसीसी सम्झौतामा हस्ताक्षर गरेर, कुनै ओम्नी प्रकरण, कुनै ललिता निवास प्रकरण त कुनै स्वास्थ्य सेवा सामग्री र कुनै प्रेसको सामान खरिद प्रकरणमा फसेर विवादित बनेका थिए । कति मन्त्रीहरूले पहिले नै राजीनामा दिए भने कति मन्त्रीहरू प्रतिनिधिसभा विघटनपछि बनेको नयाँ सरकार गठन गर्ने क्रममा वञ्चित भए ।
विगतका मन्त्रीहरू यसरी अनेक प्रकरणमा फसेर विवादित पात्र बने भने अहिले बनेका मन्त्रीहरू पनि पहिले नै देशविरोधी अभिव्यक्ति या क्रियाकलापका कारण विवादित बनेका थिए । वर्तमान उपप्रधानमन्त्री राजेन्द्र महतो र मन्त्री शरदचन्द्र भण्डारी पनि विवादित व्यक्तिहरू हुन् । भण्डारी त तराईलाई अलग देश बनाउन धम्की दिने व्यक्ति हुन् । तराई टुक्राउन धम्की दिने, एक मधेस एक प्रदेश नभए नेपाल पनि नरहने चेतावनी दिने दलका महतोजस्ता नेताहरू मन्त्री भएको दुई दिन बित्न नपाउँदै विवादमा परे । देश र जनताको कुरा छोडेर जहिल्यै मधेसी समुदायको कुरा उठाउने साम्प्रदायिक नेताहरू आज सरकारमा छन् । नेपाल र नेपालीको राजनीतिलाई मधेस समुदायका केही जनजातिको पृष्ठपोषण गर्नमा केन्द्रित ती नेताहरू सरकारमा रहेर, बसेर देश कसरी उँभो लाग्छ ? देशको मुहार कसरी फेरिन्छ ? मन्त्री बन्नकै निम्ति होडबाजी गर्ने नेताहरू जनताका सच्चा प्रतिनिधि बन्दैनन् । उनीहरूको देशमा सुशासन कायम हुनेछैन । देश टुक्राउन चाहने, जातीय राजनीति गर्ने दलका नेता र मन्त्रीहरू पनि कहिल्यै सद्दे हुन्छन्, देश र जनताका सञ्चा प्रतिनिधि हुन्छन् ? राजपा महन्थ ठाकुरका मन्त्रीहरूको कारण सरकारको पनि बदनाम हुनेमा शङ्का छैन ।
ओली सरकारले एकातिर विवादित मन्त्रीहरू फाल्यो भने अर्कोतिर विवादित नेताहरू मन्त्रीमा नियुक्ति ग¥यो । सङ्कीर्ण, जातिवादी र साम्प्रदायिक विचारका सांसदहरू मन्त्री बनेपछि सच्चिन्छ भन्ने कुरा होइन । तराईमा पर्ने जिल्लाहरू अलग गर्न धम्की दिने नेताहरू मन्त्री भएपछि के सच्चिन्छ ? वास्तवमा दाग लागेका, खोटो र सङ्कीर्ण विचारका देशविरोधी कुरा उठाउने कुनै पनि नेताहरूलाई मन्त्रीमा नियुक्ति गर्नु उचित होइन । मन्त्री बनाउने नेताहरू नभएर जसपाका महन्थ ठाकुर पक्षले बदनामी नेताहरूको नाम त दिएको होइन ? कामचलाउ सरकारले जसपाको ठाकुर पक्षले १० जनालाई मन्त्री बनाउने अवसर पाएपछि बदनामी नेताहरू नपर्नु पनि कसरी ! तर, यसले देशमा मात्र होइन विदेशमा पनि राम्रो सन्देश जाँदैन । यो अर्को यथार्थ हो ।
Leave a Reply