भर्खरै :

नपा प्रकोप व्यवस्थापन कोषमा आइतबार रू. १८ लाख ४२ हजार ६८६ रुपैयाँ प्राप्त

भक्तपुर, २३ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न विभिन्न सहकारी, सङ्घ संस्था र दाताहरूबाट आइतबार पनि आर्थिक सहयोग प्राप्त हुने क्रम जारी रह्यो ।
भनपाको प्रकोप व्यवस्थापन कोषमा शुक्रबारसम्ममा रू. ४ करोड ७८ लाख ८७ हजार ७२८ रूपैयाँ ८७ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भइसकेको छ । आइतबारमात्र उक्त कोषमा थप १८ लाख ४२ हजार ६८६ रुपैयाँ जम्मा भएको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले सहायता रकम ग्रहण गर्दै विषम परिस्थितिमा जनतालाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण खरिद कार्यमा जनस्तरबाट स्वेच्छाले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्ने सङ्घ–संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा शुभचिन्तकहरूमा नगरपालिकाको तर्फबाट धन्यवादज्ञापन गर्दै नगरपालिकाका प्रकाशनहरू प्रदान गर्नुभयो ।
भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा सङ्घसंस्थाहरूले भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोष (नेपाल बैङ्क लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३) मा जम्मा गर्नुहुन अथवा भक्तपुर नपामा उपलब्ध गराउन नपाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *