४६ औँ नेपालभाषा साहित्य तःमुंज्याको अपिल !
- भाद्र २५, २०८३
–एम. वेल्स
जसै पूँजीवादी व्यवस्थाले बिस्तारै–बिस्तारै कष्टसाध्य मृत्यु वरण गर्दै जान्छ, संसारका धेरैभन्दा धेरै कामदार जनतासामू दुई वटा बाटा अगाडि देखापर्दछन्ः साम्यवाद वा फासीवाद । उनीहरुले या त विश्वव्यापी शान्ति र भातृत्वमा आधारित सबै समृद्ध बन्ने योजनाबद्ध अर्थतन्त्रअन्तर्गत उत्पादनको असीमित विस्तार हुने बन्दोबस्त छान्नु पर्ने हुन्छ अथवा सामाजिक स्खलनमा आधारित दबाइएको उत्पादन भएको बन्दोबस्ततर्फ अघि बढ्नु पर्ने हुन्छ । दोस्रो बन्दोबस्तले मानव जातिलाई सामन्ती तरिकाको व्यवस्था, एकाङ्गी र स्थायी युद्धतर्फको प्रतिगमनमा दोहो¥याउँछ । यो लेखमा हामीले फासीवाद के हो र त्यसलाई कसरी पराजीत गर्न सकिन्छ भन्ने विषयमा विचार गर्नेछौं ।
के हो फासीवाद ?
ऐतिहासिक रुपमा फासीवादको उदय कुनै सैद्धान्तिक आधार नभएको व्यवहारजन्य विषय थियो । फासीवादका एक जना प्रमुख नेता इटालीका मुस्सिोलिनीले आफ्नो ‘विश्वकोष’ नामको किताबमा लेखेका छन्,‘सन् १९१५ को जनवरीमा फासीवादी क्रान्तिकारी पार्टी स्थापना भएयता मेरो दिमागमा कुनै विशेष सैद्धान्तिक झुकाव थिएन ।’(मुस्सोलिनी, इन्साइक्लोपेडिया इटालियानामा प्रकाशित फासीवादबारे लेख)
फासीवादी पार्टी स्थापना भएको ६ वर्षपश्चात सन् १९२१ मा भएको इटालीका फासीवादीहरुको महाधिवेशनको तयारीको क्रममा एउटा निर्णय भयो,‘मृत्युको पीडा सहेर पनि…आजदेखि राष्ट्रिय महाधिवेशनसम्मको अवधि अर्थात आगामी दुई महिनाभित्र फासीवादको सैद्धान्तिक आधार बनाउने ।’(मुस्सोलिनी, बायन्चीलाई पत्र)
त्यत्तिबेला आएर अन्तर्निहित सिद्धान्त, राजनीतिक दर्शन वा विचारधाराको खोजी गर्नु मुर्खता मात्र हो । तथापि साम्राज्यवादी पूँजीपति वर्गप्रति नतमस्तक ज्यालादारी बुद्धिजीवीहरुले भित्रै कतै लुकेर बसेको सिद्धान्त पत्ता लगाउन प्रयत्न गरे । उनीहरुले फासीवाद र मृत्युशय्यामा पुगिसकेको पूँजीवादबीचको भिन्नता पहिल्याउने सिद्धान्त खोजेर निकाले । तर उनीहरु वैकल्पिक ‘समाजवाद’, पूँजीवाद, व्यापारिक घरानाहरुको प्रभाव, बलियो व्यक्तिको पूजा…‘एकता’को लागि आह्वान, युद्धको महिमागान, यातनालाई महानता ठान्ने, आदिबासीहरुको बद्ख्वाइँ गर्ने, ठूलो व्यापारको भत्र्सना गर्ने, उद्योगहरुका कप्तानहरुलाई आदर्शकरण…व्यापारवाद, निरङ्कुशता… जातीय सिद्धान्त…यहुदीविरोधी, नोर्डिकवाद र अरु सबैको सर्वोनियन भुलभुलैया(हेर्दा भूमि जस्तो देखिने धराप)मा आफै बेपत्तँसंग हराएका छन् ।(दत्त, फासीवाद र सामाजिक क्रान्ति) फासीवादको ‘सिद्धान्त’ मा यिनै कुराहरु छन् र ती सिद्धान्तहरु मानिसहरुलाई देखाउन मात्र तयार पारिएको हो ।
प्रथम विश्वयुद्धपश्चात पश्चिम युरोपमा उठेको क्रान्तिकारी उभारले मजदुर वर्गलाई एकाकार बनाउनु, महान अक्टोबर क्रान्तिसंगै लामो समयदेखि युरोपेली प्रतिक्रियावादको प्रतिनिधित्व गर्दै आएको पुरानो रुसी साम्राज्य ध्वस्त हुनु र सोभियत समाजवादी राज्यहरुको स्थापना हुनुले आत्तिएका साम्राज्यवादी पूँजीपतिहरुको प्रतिक्रियास्वरुप फासीवादी अभ्यासको विकास भएको हो । तसर्थ फासीवाद बुझ्न वास्तवमा हामीले सबभन्दा पहिले आफूलाई त्यसको विकाससंग जोडिएका ऐतिहासिक घटनाक्रमहरुलाई बुझ्न आवश्यक छ । सन् १९१४ देखि १९१८ सम्म युरोप, विशेषतः इटाली, जर्मनी र अस्ट्रियाको क्रान्तिकारी अवस्थाबारे बुझेपश्चात हामीलाई फासीवादबारे बुझ्न सजिलो हुनेछ ।
सन् १९१७ मा रुसमा वोल्शेविकहरुले सर्वहारा र गरीब किसानहरुको नेतृत्वमा जारमाथि विजय हासिल गरे । जसको परिणामस्वरुप दोहोरो शक्ति भएको सरकार गठन भयो । तथापि रुसमा लेनिनको जस्तो योग्य र दुरदर्शी नेतृत्व अरु कुनै पनि राष्ट्रमा देखिएन न त रुसका प्रमुख शहरहरुमा भेटिएजस्ता अगाडि बढेका सर्वहारा वर्ग नै अन्यत्र भेटिए ।
सन् १९१८ मा जर्मनीमा पनि सर्वहारा वर्गको क्रान्ति भयो । मजदुर र सेनाको परिषद्ले राजनीतिक सत्तँ हत्यायो र त्यसविरुद्ध सत्ताच्युत पूँजीपति वर्ग, राजा र सेनाका उच्च पदाधिकारीहरु लड्न विफल भए ।
सन् १९१८–१९ मा अस्ट्रियामा ‘व्यारेकमा रहेका सेनाभित्र ठूलो असन्तोष फैलिसकेको थियो । हातमा हतियार भिरेका सिपाहींहरुले सर्वहारा वर्गको क्रान्तिको आशा गरिरहेका थिए । …‘सर्वहारा वर्गको अधिनायकत्व ।’ ‘सबै अधिकार सोभियतलाई देऊ ।’, यस्ता नाराहरु शहरमा गुञ्जिन थालेका थिए ।’(अट्टो ब्राउर, सन् १९१८ को अस्ट्रियाली क्रान्ति)

क्रान्तिकारी भावनाले इटालियन जनताका सबै क्षेत्रमा प्रभाव पारिसकेको थियो । औद्योगिक तथा कृषि मजदुरहरु, गरीब किसानहरु र तल्लो तहमा सिपाहींहरु सबै क्रान्तिकारी भावनाले ओतप्रोत थिए । सन् १९१९ सेप्टेम्बर ३ सम्ममा ३५ लाख कामदार जनताले कलकारखाना आफ्नो नियन्त्रणमा लिइसकेका थिए । सबैतिर कामदार जनताका समितिहरु गठन भइसकेका थिए । हतियारधारी गार्डहरु ती स्थानहरुमा तैनाथ थिए । सेनाभित्रको अस्थीरताले पूँजीपति वर्गलाई पूर्णतः कमजोर बनाइसकेको थियो ।
तथापि ती सबै देशहरुमा क्रान्तिहरु असफल भए । सबै ठाउँमा आन्दोलनलाई छिन्नभिन्न बनाइयो, निशस्त्र तुलाइयो र कामदार वर्गभित्र घुसेका पूँजीपति वर्गका दलालहरुले क्रान्तिलाई विभाजित बनाइदियो । सामाजिक प्रजातन्त्रवादीहरु कामदार वर्गको आन्दोलनभित्र घुसेका पूँजीपति वर्गका दलालहरु हुन् । उनीहरुले मजदुर संगठन र अरु कामदार वर्गका संगठनहरुमा नेतृत्वदायी पदहरु आफ्नो पोल्टामा पारेर आन्दोलनमा उल्लेखनीय प्रभाव बसाउन सफल भए ।
क्रान्तिको वास्तविक विचारबाट आत्तिएका सबै देशका पूँजीपति वर्गले आफ्नो शक्ति एकत्रित गरे र असंगठित तथा अन्योलमा परेका मजदुरहरुमाथि चर्को दमन गर्न थाले । सामाजिक प्रजातन्त्रवादीहरुको विश्वासघाती नेतृत्वका कारण कामदार वर्गले पूँजीपति वर्गको दमनको प्रतिरोध गर्न सकेनन् । कामदार जनताका नेता तथा कम्युनिष्टहरुमाथि हमला गर्न, आतङ्कित बनाउन र हत्या गर्न हातहतियार बोकेका गुण्डाहरुको दफ्फा नै परिचालन गरियो । सरकारी निकायहरु पनि मजदुरहरुमाथि दमनकारी थिए । मजदुरहरुले आफ्नो आत्मसुरक्षाको लागि बोकेका हातहतियार खोसेर उनीहरुलाई निशस्त्र बनाएर उनीहरुमाथि दमनको शिकार बनाइएको थियो ।
सबै क्षेत्रमा त्यसको परिणाम खुला रुपमा फासीवादी तानाशाहीको स्थापना भयो । वित्तीय पूँजीको यो आतङ्कवादी नाङ्गो तानाशाहीले सबै ‘प्रजातान्त्रिक’को आवरण खोलिदियो । असंगठित र कमजोर बनेको कामदार वर्गलाई घुँडा टेक्ने बनाउन र राजनीतिक सङ्घर्षको अन्त्य गर्न फासीवाद आक्रामक रुपमा अघि बढ्यो । ‘फासीवादको प्रमुख लक्ष्य भनेको क्रान्तिकारी मजदुहरुको जुझारु दस्ता अन्त्य गर्नु हो अर्थात कम्युनिष्ट र सर्वहारा वर्गको नेतृत्वदायी दस्ताहरुलाई खत्तम गर्नु नै त्यसको मुख्य लक्ष्य हो ।’(कम्युनिष्ट अन्तर्राष्ट्रियका कार्यक्रम, १९२८)
यो पृष्ठभूमिमा फासीवादको विशिष्ट र पारिभाषिक विशेषताहरु बुझ्न सक्दछौं । फासीवादको प्रमुख विशेषताहरु ‘फासीवादले अवलम्बन गरेको नयाँ सामाजिक तथा राजनीतिक संयन्त्र निर्माणका लागि उसले अपनाएका माध्यमहरुमा निहीत छ ।’(दत्त, फासीवाद र सामाजिक क्रान्ति) । ती माध्यम भन्नाले संसदको पूर्ण विघटन, बर्बर शक्तिको माध्यमबाट दमन, गैरकानुनी लडाकु दलहरुलाई सशस्त्र तालिम दिनु, मजदुर संगठनहरुको चर्को दमन, ‘धनी र शक्तिशालीको हितको लागि गरीब तथा पीडितहरुको आशा, भय, भावना र अज्ञानतामा खेल्ने कला’ वैज्ञानिक तहमा अभ्यास गर्ने काम हुने गर्दछ ।
फासीवादको वर्गआधार
फासीवादको वर्गआधारबारे सबभन्दा भ्रँमक अवधारणा भनेको फासीवादले स्वतन्त्र आन्दोलनको प्रतिनिधित्व गर्छ भन्ने धारणा हो । फासीवाद मध्यम वर्गीय पूँजीपति वर्गले ठूला पूँजीपति वर्ग र संगठित कामदार वर्गविरुद्ध चालिएको ‘क्रान्ति’ भन्ने धारणा पनि उत्तिकै भ्रमपूर्ण छ । त्यही कारण देखाएर फासीवाद साम्यवाद र पूँजीवादभन्दा भिन्न छ भन्ने धारणा पूर्णतः अनावश्यक गल्फतीमात्र हो ।
मध्यम वर्ग भन्नाले पूँजीपति वर्ग र सर्वहारा वर्गबीचको वर्ग हो । यो वर्ग राजीतिक रुपमा अस्थीर हुने गर्दछ र विशेषतः संकटको समयमा उनीहरु आफूलाई अनुकूल हुने गरी क्रान्तिकारी र अतिप्रतिक्रियावादी शिविरबीच धुलमुल हुने गर्दछ । एकाधिकार पूँजीले स–साना पूँजीलाई निलिदिने अवस्थामा निरन्तरको विखण्डनले यो वर्ग सर्वहाराको पङ्क्तिमा झर्ने गर्दछ । यस्तो वर्गले कहिल्यै सामाजिक क्रान्ति गर्न सक्दैन ।
सबभन्दा अज्ञँनी, अनैतिक र पछाडि परेका मानिएका कामदार वर्गले लतारेको, संकट र विघटनको शिकार बनेको शहरी मध्यम पूँजीपति वर्ग नै फासीवादी ‘जन’आन्दोलनको प्रमुख हिस्सा हुने गरेको कुरा सत्य हो । तर फासीवाद कुनै जरा तहबाट उठेको आन्दोलन होइन । मध्यम वर्ग फासीवादको कहिल्यै नेतृत्वकर्ता पनि होइन ।
फासीवादको प्रमुख स्थानमा पूँजीवादी समाजमा प्रभावशाली र परिचित वित्तीय पूँजीपतिहरु नै हुने गर्दछन् । उदाहरणको लागि नाजी सरकारले नियुक्ति गरेको अन्तरिम सर्वोच्च आर्थिक परिषद्मा औद्यँेगिक क्षेत्रका राजाहरु जस्तै फ्रिट्ज थाएसिन(१४ करोडको स्पात उद्योगका मालिक), क्रप्प भोन बोहलेन(१ करोड ५० लाखको हातहतियार मालिक), एफ.सी. भोन सिमेन्स(१२ करोड ५० लाखको विद्युत्तीय सामग्रीको मालिक) लगायत बर्लिनका एक–सय–एक बैङ्कमालिकहरुलाई नियुक्ति गरिएको थियो ।
फासीवाद पूँजीवादको चरम विश्रृङ्खलताको समयमा आएको निश्चित अभिव्यक्तिमात्र हो । यसलाई साम्राज्यवादी नीतिसंग अलग बनाउन सकिन्न । किनभने एउटा निश्चित अवस्थामा फासीवादका नीतिहरु बन्ने गरेको हुन्छ । त्यो निश्चित अवस्था भनेको जब क्रान्ति ढोकैअघि आइसकेको हुन्छ र अरु कसैगरी पनि त्यसलाई फर्काउन सकिन्न, फासीवादको निर्मम शक्ति र जनतालाई भ्रममा पार्ने कायदाले मात्र ढँेकैमा पुगिसकेको क्रान्तिलाई रोक्न सक्दछ । तसर्थ ‘रहस्यमयी र खुला रुपमा अतार्किक फासीवादी सिद्धान्त र प्रचारबाजी भनेको असफलसिद्ध र कुहिंदो पूँजीवादी वर्गको आफ्नो नियन्त्रणलाई जोगाइराख्ने स्वाभाविक अभिव्यक्ति मात्र हो ।’(दत्त, फासीवाद र सामाजिक क्रान्ति)
हामीले पूँजीपति वर्गका गोप्य पत्राचारहरु हेर्ने हो भने हामी लेनिनवादी विश्लेषणसंग मिलेको पाउँछौं । ती लेखाइहरु गहिराई नभएका र पूँजीपति वर्गको हितमा लेखिएका हुन्छन् । जर्मनीको वित्तीय पूँजीपतिहरुको नेतृत्वदायी संगठन जर्मनी उद्योग महासंघको सन् १९३२ मा प्रकाशित एउटा गोप्य खबरपत्र ‘जर्मनी नेताहरुका पत्राचार’ मा लेखिएको थियो,‘युद्धपश्चात जर्मनीमा पूँजीपति वर्गको कुनै पनि खाले सामाजिक मेलमिलापको लागि आवश्यक अवस्था भनेको कामदार वर्गबीच विभाजन नै हो ।’ कामदार वर्गको आन्दोलनमा विभाजन ल्याउने सबभन्दा उपयुक्त हतियार कुन हुन सक्दछ ? हामी सबैलाई थाहा भएको कुरा हो– त्यो हतियार भनेको सामाजिक प्रजातन्त्रवादीहरु हुन् ।
सामाजिक प्रजातन्त्र र प्रजातन्त्र
पहिलो खण्डमा हामीले सामाजिक प्रजातन्त्रको हातमा रहेको कमजोर नेतृत्वले कसरी क्रान्तिकारी धार भुत्ते बनाउने गर्दछ भन्ने कुराको चर्चा ग¥यौं । फासीवादको उदयको लागि सामाजिक प्रजातन्त्रवादीहरुले खेल्ने भूमिकाबारे पूर्ण जानकारीको लागि यो विषयलाई अझ नजिकबाट नियाल्न जरुरी छ ।

सामाजिक प्रजातन्त्र कामदार वर्गभित्रकै अवसरवादी धार हो । यसले माक्र्सवाद र लेनिनवाद अस्वीकार गर्दछ । यसले पूँजीवादी विचारधाराको प्रतिनिधित्व गर्दछ । सामाजिक प्रजातन्त्रले वर्गसमन्वय(वर्ग संघर्षको सिद्धान्तको अस्वीकार), संसदीय बाटोको कडा पालना र समाजवादतर्फ ‘शान्तिपूर्ण’ संक्रमणको सिद्धान्तलाई अवम्बन गरेको हुन्छ । यो विचारले शासक पूँजीपति र जमिन्दार वर्गलाई बलको प्रयोगबाट फाल्ने कुरा अस्वीकार गर्दछ । ती सिद्धान्तहरु उनीहरु आफैले पूँजीवादी राज्यसत्तँसंग खुला एकता र एकीकरणको रुपमा व्यवहारमा ल्याउने गर्दछन् । उनीहरु यो कुरा आफ्ना पार्टी कार्यकर्ताहरुको हकमा र कालान्तरमा आफ्नो प्रभावमा रहेका मजदुरहरुको हकमा लागु गर्ने गर्दछन् ।
दसकौं अघिदेखि नै विकास हुँदै गरेको यो संशोधनवादी आन्दोलन सन् १९१४ देखि देखिने गरी पूर्णगतिमा काम गर्न थाल्यो । त्यो साल सामाजिक प्रजातन्त्रवादी नेताहरुले युद्धको पक्ष्ँमा मत व्यक्त गरेका थिए । अर्थात सरकारी र निजी कोषबाट ठूलो मात्रामा पैसा लगानी लगाएर आफैलाई सशस्त्र बनाई कामदार वर्गका बलिया युवकहरुलाई तोपको रुपमा प्रयोग गरी विपक्षी देशहरुविरुद्ध युद्ध गर्न उनीहरुले पक्षमा मत व्यक्त गरे । यो मतले उनीहरु पूर्णतः साम्राज्यवादी पूँजीपति वर्गसंग मिल्न गएको कुरा घाम जत्तिकै छर्लङ्गै भयो ।
कामदार जनतामाथिको यो गम्भीर धोखेबाजी पश्चात सामाजिक प्रजातन्त्रवादीहरुले युद्धपछिको क्रान्तिकारी सामथ्र्य समेतलाई दबाउनमा लागे । अस्ट्रियाली सामाजिक प्रजातन्त्रवादी अट्टो ब्राउरको प्रष्ट कुराले त्यो कार्यमा उनीहरुको संलग्नता बुझ्न अझ सहज हुनेछः‘कुनै पनि पूँजीवादी सरकारले यसरी यसको समाधान गर्न सक्दैन्थ्यो ।… सामाजिक प्रजातन्त्रवादीहरुले मात्र शान्तिपूर्वक यो आँधीहुरी जस्ता प्रदर्शनलाई रोक्न सक्थ्यो ।… सामाजिक प्रजातन्त्रवादीहरुले मात्र जनताका सेनालाई निर्देशित गर्न सक्दथ्यो र कामदार जनताको क्रान्तिकारी उभारलाई अर्को बाटोमा मोड्न सक्दन्थ्यो ।’(अट्टो ब्राउर, सन् १९१८ को अस्टि׫याली क्रान्ति) शब्दमा जतिसुकै क्रान्तिकारी किन नहोउन्, सामाजिक प्रजातन्त्रवादीहरु पूँजीपति वर्गको सेवा गर्न सधैं तत्पर हुने गर्दछ भन्ने कुराको यो ज्वलन्त प्रमाण हो ।
‘कम खतरनाक’ नीति भनेको कामदार जनतालाई संसदीय बाटो(मतदान) बाट सामाजिक प्रजातन्त्रवादी पार्टीलाई ‘कम खतरनाक’ भन्दै सत्ता पु¥याउने नीति हो । यसको अन्तिम अर्थ भनेको हिटलरलाई पनि स्वीकार्न लगाउनु हो किनभने उनी पनि त कानुनी रुपमा निर्वाचित भएका थिए ।(साँच्चै त्यो हाँस्यस्पद निर्वाचन थियो) यो हानिकारक नीतिले फासीवादविरुद्ध कम्युनिष्टहरुसंग संगठित कामदार वर्गको मोर्चा निर्माण गर्न रोक लगाउँछ । जबकि त्यस्तो कामदार जनताको संगठित मोर्चा बनाउनु फासीवादविरुद्ध सफल प्रतिरोध गर्न यो नै एउटा मात्र बाटो हो ।
दोस्रो विश्वयुद्ध पश्चात सामाजिक प्रजातन्त्रवादीहरुले मजदुरहरुबीच आफ्नो प्रभाव गुमाउन पुग्यो । कामदार वर्गलाई पछि लगाएर फासीवादीहरुलाई सहयोग गरेवापत पाएको दुःख र सोभियत संघमा असली कम्युनिष्ट पार्टीको नेतृत्वमा एकताबद्ध कामदार जनताले हासिल गरेको उदाहरणले कम्युनिष्ट आन्दोलन शक्तिशाली बन्न पुग्यो ।
तथापि स्तालीनको निधन र त्यसलगत्तै ख्रुश्चेभको उदयले संशोधनवादको विजयलाई संकेत गर्छ । यो घटना अन्तर्राष्ट्रिय पूँजीपति वर्गको लागि एउटा खुशीको समय बन्न पुग्यो । संशोधनवादी नेतृत्वमा सोभियत संघको कम्युनिष्ट पार्टीले माक्र्सवाद–लेनिनवादको विरोध गरी पूँजीपति वर्गलाई प्रोत्साहित ग¥यो भने कामदार वर्ग अन्योलमा फसे । कामदार जनता असंगठित र कुनै मालीबिनाको भए । सोभियत संघको विघटन र पूँजीवाद पुनस्र्थापनाको परिणाम नै त्यसको अन्तिम परिणति बन्न पुग्यो ।
लेनिनले सजग बनाएका थिए,‘संशोधनवादी नीति अवलम्बन गरेको कामदार वर्गीय आन्दोलनको पङ्क्तिभित्र जुझारु समूह पूँजीपति वर्गभन्दा पूँजीवादको हितको रक्षा गर्न तल्लीन हुने गर्दछ ।’(लेनिन, दोस्रो कम्युनिष्ट अन्तर्राष्ट्रिय कांग्रेस) तथापि यो कुरा पूँजीपति वर्गलाई थाहा छ । पूँजीपति वर्ग कामदार वर्गको संगठनभित्र विभाजन ल्याउन र उनीहरुको प्रतिरोध आन्दोलनलाई कमजोर बनाउन सामाजिक प्रजातन्त्रवादीले दिने सबै सुविधा लिन तयार हुने गर्दछ ।
तसर्थ सारमा ‘फासीवाद भनेको पूँजीवादले लडाई गर्न प्रयोग गर्नेे संगठन हो जोे सधैं सामाजिक प्रजातन्त्रको सक्रिय समर्थनमा भर पर्दछ । सामाजिक प्रजातन्त्र भनेको वस्तुतः मध्यम वा नरम स्तरको फासीवाद नै हो’ (स्तालीन,अन्तर्राष्ट्रिय अवस्थाबारे) भन्नुभन्दा हामीले ज्यादै सही तरिकाले ‘फासीवाद पूँजीवाद र सामाजिक प्रजातन्त्रबीचको अनौपचारिक राजनीतिक मोर्चा हो’ (ऐऐ) भन्न सक्दछौं ।
आजको फासीवाद
सन् १९४१–४५ सम्म चलेको महान देशभक्तपूर्ण युद्धले नाजी आतंकको अन्त्य ग¥यो र उनीहरुको शक्ति छिन्नभिन्न बनाइदियो । तर फासीवाद सबै साम्राज्यवादी देशहरु र उनीहरुका प्रतिनिधिहरुको हृदयमा लुकेर बसेको थियो ।
फासीवादी धार दोस्रो विश्वयुद्धदेखि युरोप र संरा.अमेरिकामा अस्तित्वमा थियो । रुजवेल्टको शासनकालमा लागु भएको संकटकालमा राष्ट्रपतिलाई तानाशाही शक्ति प्रदान गर्ने कामले फासीवादलाई प्रोत्साहन ग¥यो । प्रहरी हिंसा र हत्या आतंकको व्यापक विस्तार, प्रदर्शनी र विरोधप्रति राज्यको आक्रामक प्रतिक्रिया, जातीयद्वेषभावबाट अभिप्रेरित व्यापक हत्या, संकटमा फसेका धनी पूँजीपति सम्भ्रान्तहरुलाई बाँकी जनताबाट उठाएको करबाट उन्मुक्ति आदिबाट फासीवाद प्रोत्साहित भएको स्पष्ट थियो ।
इराक, लिविया र सिरियामा युद्धपिपासु साम्राज्यवादी देशहरुले थोपरेको पूर्ण अस्थीरताका कारण निम्तिएको वर्तमान शरणार्थी संकटले मानवीय जीवनप्रतिका चुनौतिलाई उपेक्षा गरेको उजागर हुन्छ । सञ्चारकर्मीहरुले शरणार्थीहरुलाई गरेको नकारात्मक प्रस्तुति र शरणार्थीमाथि थोपरेको दोषले यहुदीविरुद्ध नाजी आक्रमणको स्मरण गराएको छ ।
युक्रेनका जनताले संरा.अमेरिकी साम्राज्यवादको लागि अनुपयुक्त राष्ट्रपति उम्मेद्वारलाई जिताउने हिम्मत गरे पछि अंगे्रजी–अमेरिकी साम्राज्यवादीहरुले रुसमाथि आक्रमणको हिस्साको रुपमा युक्रेनमा फासीवादी सरकार गठन गरिदियो । संसारलाई आफ्नो नियन्त्रणमा राख्ने संरा.अमेरिकाको चाहनालाई रोक्न सक्ने एउटै शक्तिशाली देश भनेको रुस हो । युक्रेनका तथाकथित ‘अतिराष्ट्रवादी’हरुलाई संगठित गर्ने, हातहतियारले सुसज्जित गर्ने र न्यूनतम प्रतिरोधसहित ती हातहतियारको परिचालन गर्ने रुसविरोधी काममा संरा.अमेरिकाले उक्साउने काम ग¥यो ।
फासीवाद हामीलाई विश्वास गर्न लगाए जस्तै इतिहासमात्र होइन । कामदार वर्गबीच सामाजिक प्रजातन्त्रवादीहरुको बलियो प्रभाव भएको र खु्रश्चेभपन्थीहरुले त्यो धारलाई बल पु¥याइरहेको सन्दर्भमा कामदार जनता आवश्यक समयमा प्रभावकारी ढङ्गले प्रतिरोधमा उत्र्न सक्षम हुने छैनन् ।
मानव जातिमाथि तेस्रो विश्वयुद्धको त्रासदी मडारिरहेको अवस्थामा खुला फासीवादी नीतिबाट साम्राज्यवादी देशहरु धेरै टाढा छैनन् ।
फासीवादलाई अन्ततः पूँजीवादी साम्राज्यवादलाई अन्त्य गरेजस्तै अन्त्य गर्नुपर्दछ । पूँजीवादी शासनलाई फाल्नु पर्दछ र पूँजीवादी उत्पादनलाई समाजवादी उत्पादनले विस्थापित गर्नुपर्दछ । वास्तविक माक्र्सवाद–लेनिनवाद विचारले निर्देशित गरेको एकताबद्ध कामदार वर्गको शक्तिले मात्र यो लक्ष्य हासिल गर्न सक्दछ र साम्यवादको उज्यालो बाटो छान्न सक्दछ ।

स्रोतःध्रुवतारा (NorthStar Compass)
अनुवादः नीरज
Leave a Reply