भर्खरै :

जापानी राजदुत भक्तपुरमा

भक्तपुर, १९ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपालस्थित जापानी राजदूत मासाशी ओगावाबीच सोमबार नगरपालिका कार्य कक्षमा भेटवार्ता भयो ।
भेटमा प्रमुख प्रजापतिले सांस्कृतिक नगर भक्तपुरमा महामहिम राजदूतलाई स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाले नेपाल र जापान दुवै देश भूकम्पीय दृष्टिकोणले जोखिमयुक्त मूलुकहरू भएको चर्चा गर्दै २०७२ को विनासकारी भूकम्पबाट पीडित नेपाली जनतालाई जापान सरकारको तर्फबाट सहयोग प्राप्त भएकोप्रति आभार व्यक्त गर्नुभयो ।

 नेपाल र जापान दुवै देश भूकम्पीय दृष्टिकोणले जोखिमयुक्त मूलुकहरू भएको चर्चा गर्दै २०७२ को विनासकारी भूकम्पबाट पीडित नेपाली जनतालाई जापान सरकारको तर्फबाट सहयोग प्राप्त भएकोप्रति आभार व्यक्त 

भक्तपुर नगरपालिकाको आप्mनै लगानीमा ६ वटा कलेजहरू सञ्चालन गरिरहेको जानकारी दिदै प्रमुख प्रजापतिले नगरपालिकाले फूटबल, कराते, टेबुलटेनिसलगायतका खेलहरूको नियमित प्रशिक्षणहरू दिइरहेको पनि बताउनुभयो । उहाले नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरि· कलेजले जापानका मेयी विश्वविद्यालय र योकोहामा विश्वविद्यालयबीच सहकार्य गरी भक्तपुरका सम्पदाहरू संरक्षणबारे अध्ययनहरू भइरहेको पनि अवगत गराउनुभयो । प्रमुख प्रजापतिले नेपाली र जापानी जनताबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
छलफलमा राजदूत ओगावाले गत वैशाख ३१ गतेको स्थानीय चुनावमा भक्तपुर नगरमा पर्यवेक्षण गर्न आएको र ७० प्रतिशतभन्दा बढी भक्तपुरबासीहरूले उत्साहपूर्वक मतदान गरेकोमा खुसी व्यक्तगर्दै नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्नुभयो । उहा“ले कोटेश्वरदेखि सूर्यविनायकसम्मको ६ लेन सडक निर्माणमा जापानी सरकारले सहयोग गरेको उल्लेख गर्दै धुलिखेलसम्मको सडक फराकिलो पार्ने योजना रहेको जानकारी दिनुभयो ।
भेटमा भक्तपुर नगरपालिकाको तर्फबाट उपप्रमुख रजनी जोशी तथा वडा अध्यक्ष रवीन्द्र ज्याख्वको उपस्थिति थियो भने जापानी दूतावासको तर्फबात राजनैतिक मामिलासम्बन्धी प्रथम सचिव तोसियो यादोमी र डा. सुभाना बज्राचार्यको उपस्थिति रहेको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *