तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २४ जेठ । नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा सोमबार अनलाइन प्रवचन भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले चिनियाँ कम्युनिस्ट पार्टीको आयोजनामा माक्र्सवादी पार्टीहरूको अन्तर्राष्ट्रिय गोष्ठी जेठ १३ गते सम्पन्न भएको उल्लेख गर्दै सो गोष्ठीमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले शुभकामना सन्देश पठाउनुभएको बताउनुभयो ।
उहाँले चिनियाँ कम्युनिस्ट पार्टी १९२१ जुलाई १ मा स्थापना भई सन् १९४९ मा चीनमा क्रान्ति सम्पन्न भएको र चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष र सरकार सञ्चालन गरेको ७० वर्षमा चीनले अभूतपूर्व विकास गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा चीनको छविबारे अध्ययन गर्नु जरुरी रहेको बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको १०० वर्षको अवसरमा संसारका राजनीतिक पार्टीसँग सहकार्य गरिरहेको उल्लेख गर्दै उहाँले जेठ १२ गते चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल मजदुर किसान पार्टीलगायत ६ वटा राजनीतिक पार्टीसँग कोभिड–१९ रोकथाममा सहकार्य गर्नेबारे छलफल गरेको बताउनुभयो ।
चीनले कोभिड महामारीको लडाइँमा सफलता हासिल गरेर विश्वलाई सहयोग गरिरहेको बेला अमेरिकालगायत युरोपेली मुलुकले चीनलाई आधारहीन आरोप लगाउनु निन्दनीय रहेको अतिथि सुवालले बताउनुभयो ।
उहाँले माक्र्सवाद समाज विकासको नियम र चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशक सिद्धान्त भएको उल्लेख गर्दै क्रान्ति र परिवर्तनको निम्ति माक्र्सवाद अध्ययनमा जोड दिनु अपरिहार्य रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले कोभिड–१९ को सङ्कट नियन्त्रण गर्न अमेरिकालगायतका पुँजीवादी देशहरू असफल भएको उल्लेख गर्दै कम्युनिस्ट पार्टीले नेतृत्व गरेको चीनलगायतका समाजवादी देशले कोभिडलाई नियन्त्रण गरी जनताको सेवा गरेको बताउनुभयो ।
उहाँले महामारीको समयमा शारीरिक व्यायामलाई ध्यान दिई युवाहरू सामाजिक र राजनैतिक गतिविधिमा सक्रिय हुँदै जनसेवामा समर्पित हुनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले साम्राज्यवादी अमेरिकाले मध्यपूर्वलगायत विश्वका विभिन्न ठाउँमा रहेको आफ्नो सेना हिन्द प्रशान्तीय क्षेत्रमा केन्द्रित गर्दै अमेरिकाले चीनविरुद्ध नयाँ शीतयुद्ध सुरु गर्न खोजेको तर्फ सबै सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले महामारीको समयमा पनि शासक दलका नेता कार्यकर्ताले जनता ठग्न नछोडेको चर्चा गर्दै युवाहरूले जनतामा जागरण ल्याउन जरुरी रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक नगर समितिका अध्यक्ष रोशन मचामसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्रायुसङ्घ सूर्यविनायकका सचिव लक्ष्मीप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply