भर्खरै :

कोभिड – १९ र देशहरूको कहर

१) ब्राजिल
२१ करोड जनसङ्ख्या भएको ब्राजिल दक्षिण अमेरिकाको सबभन्दा ठूलो र आर्थिकरूपले सम्पन्न देश हो । त्यहाँका राष्ट्रपति जायर बोल्सोनारो युरोपमा ज्यान मार्ने अभियोग लागेका अपराधीका छोरा हुन् । बोल्सेनारोका बुबा अमेरिकाकै सहयोगमा दोस्रो विश्वयुद्धपछि ब्राजिल भाग्न सफल भएका थिए । २० जेठ २०७८ (३ जून २०२१) सम्ममा ब्राजिलमा ४ लाख ६७ हजार ७ सय ६ जना कोरोनाबाट मरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनायो । सरकारले उपचारको राम्रो बन्दोवस्त गर्न नसकेको स्वीका¥यो ।
२१ जेठ अर्थात् (४ जून २०२१) सम्ममा १ करोड ६९ लाख ४७ हजारभन्दा बढी सङ्क्रमित भए ।
१९ जेठ २०७८ अर्थात् २ जून २०२१ को दिन ९५ हजारभन्दा बढी सङ्क्रमित थपिएको त्यहाँको स्वास्थ्य अधिकारीहरूले बताएका थिए ।
२० जेठ २०७८ अर्थात् ३ जून २०२१ को दिनमात्र २५ सय ७ जना कोभिड सङ्क्रमणबाट मारिए ।
२) भारत
संसारमा दोस्रो सबभन्दा ठूलो जनसङ्ख्या भएको र संसारको सबभन्दा ठूलो पुँजीवादी प्रजातान्त्रिक देश भारतमा ३ लाख ४९ हजार २ सय २९ कोरोनाबाट मारिए भने सङ्क्रमित सङ्ख्या २ करोड ८९ लाख ९० हजारभन्दा बढी छ ।
भारतको २०२०÷२१ को कुल गार्हस्थ उत्पादन ७.३ प्रतिशतको अनुमान गरिएकोमा जनवरीदेखि मार्चसम्म अर्थात् तीन महिनाको वृद्धिदर हिसाब गर्दा १.६ प्रतिशतमात्र थियो ।
सालाखाला एक दिनमा १ लाखभन्दा बढी सङ्क्रमित हुने भारतमा औद्योगिक क्षेत्र बन्द भएको र परिवारको आम्दानी घटेको तथा बेरोजगारी बढेको हुँदा गत सालको तुलनामा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनमा १ लाख भारुभन्दा कम भयो । गत सालको तुलनामा यो ८.२ प्रतिशतले कम हो ।
यी तथ्याङ्क भारतीय काङ्ग्रेस नेता पी. चिदम्बरमको हो । उनको भनाइमा भारतको स्थिति निराशाजनक छ र गाउँमा समेत कोरोना फैलिएपछि स्थिति झन् चिन्ताजनक छ । केन्द्रीय तथ्याङ्कअनुसार बितेका १२ महिनाका पछिल्लो महिनामा बेरोजगार ११.९ प्रतिशतले बढेको छ ।
भारतको उद्योग वाणिज्य सङ्घका अनुसार व्यापारीहरूको उत्साह दर ७४.२ प्रतिशतबाट ५१.५ प्रतिशतमा झरेको छ ।
अहिले भारतमा दक्षिणपन्थी राजनैतिक दल भारतीय जनता पार्टी (भाजपा) को शासन छ । भाजपा देशका ठूल्ठूला सामन्त, पुँजीपति, व्यापारी, कालाबजारिया, कट्टर हिन्दूवादी तथा अन्य जातजाति, भाषा र धर्मको विरोधी एवम् मुसलमान र दलितविरोधी दल हो । अर्काे अर्थमा भाजपा एक प्रजातन्त्रविरोधी, काम गरी खाने मजदुर, किसान र गरिब जनताको विरोधी पार्टी हो । यसकारण, यस फासीवादी दलको विरोधमा अन्य दलहरू पनि छन् ।
३) संरा अमेरिका
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प एक फासीवादी हुन् । उनी प्रजातन्त्र र अन्य जात–जाति, भाषाभाषी एवम् गरिब जनताका विरोधी हुन् । अमेरिकामा आदिवासी ताम्रवर्णका जनता, सयौँ वर्षदेखि अमेरिकालाई सम्पन्न र स्वतन्त्र बनाउन रगत र पसिना बगाउने अफ्रिकी – अमेरिकी करोडौँ जनता, मेक्सिको र दक्षिण अमेरिकी हिस्पानियाली जनता एवम् अमेरिकी उपनिवेशका एसियाली र युरोपेली कामदार जनताको उनी खेदो खन्थे । उनी निर्वाचनमा हारे पनि खराब र दक्षिणपन्थी विचारका ‘मण्डलेहरू’ सक्रिय छन् । समयमै ट्रम्पले जनताको औषधी उपचारमा ध्यान दिएनन्, जनता मरे मरून् भन्ने उनको विचार थियो । यसकारण, अमेरिकामा ३ करोड ४२ लाख १० हजार ७८२ जना सङ्क्रमित भए भने ६ लाख १२ हजार ३६६ जना मारिए ।
कोभिड – १९
र देशहरूको कहर
युरोपमा पुँजीवादी देशहरूका रूपमा अगाडि बढेका मुख्य – मुख्य देशमा कोरोनाको स्थिति निम्न छ ः–
नाम                           सङ्क्रमित                              मृतक सङ्ख्या
बेलायत        ४५ लाख १६ हजार ८९२                        १ लाख २७ हजार ८४०
फ्रान्स        ५७ लाख १२ हजार ७५३                            १ लाख ९ हजार ९९८
जर्मनी       ३७ लाख ८ हजार ७७९                              ८ हजार ९८५
इटाली        ४२ लाख ३२ हजार ४२८                             १ लाख २६ हजार ५२३
स्पेन       ३६ लाख ९७ हजार ९८७                                    ८ हजार १९६
माथिका सबै तथ्यलाई कोभिड – १९ महामारीको प्रकाशमा हेर्दा पुँजीवादी व्यवस्थाले बहुमत जनताप्रति ध्यान नदिएको पुष्टि हुन्छ र समाजवादी व्यवस्था सारा जनताको दुःख–सुखमा ध्यान दिने व्यवस्था हो भन्ने प्रस्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *