बालेन सरकार गरिबको होइन, धनीको सरकार !
- श्रावण २५, २०८३
(अमेरिकाको लागि सबैभन्दा कम खराब विकल्प भनेको इस्लामावाद सम्झौतापत्रको धारा ५ कार्यान्वयन हुन दिनु हो ।)
अब स्पष्ट भएको छ कि संयुक्त राज्य अमेरिका इरानसँगको युद्धमा दलदलमा फसेको छ, जसबाट कसरी बाहिर निस्कने भन्ने स्पष्ट योजना उसँग छैन । पाँच महिनाभन्दा बढी समयदेखि छिटपुट रूपमा गरिएको इरानमाथिको बमबारीले तेहरानलाई आत्मसमर्पण गर्न अलिकति पनि नजिक ल्याएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार ठुलो सैन्य अभियान सुरु गर्ने धम्की दिए पनि इरान अमेरिकी मागहरू मान्न तयार छैन ।
यसैबिच अमेरिकी महत्वपूर्ण हतियारहरूको भण्डार घट्दै गएको, मध्यावधि चुनावतर्फ जाँदै गर्दा नागरिकमा लोकप्रियता तीव्र रूपमा घटिरहेको र हर्मुज जलडमरू बन्द हँुदा उत्पन्न भएको वस्तु अभावले बढ्दै गएको विश्वव्यापी आर्थिक सङ्कट; यी सबै कारणहरूले अमेरिकामाथि युद्ध अन्त्य गर्न राजनीतिक दबाब बढाइरहेको छ ।
यो परिस्थितिलाई ध्यानमा राख्दा, युद्ध अन्त्य गर्न राष्ट्रपति ट्रम्पसँग के विकल्पहरू छन् त ?
‘इरान युद्ध’ देखि ‘हर्मुज युद्ध’ सम्म
जब ट्रम्प प्रशासनले फेब्रुअरीको अन्त्यमा इरानमाथि युद्ध सुरु गरे, त्यसबेलादेखि नै उसका घोषित कारणहरू बारम्बार बदलिँदै गए । तर, कम्तिमा केही तर्क इरानको आणविक कार्यक्रमको खतरासम्बन्धी थियो । अघिल्ला वार्ताहरूमा अमेरिकाले इरानलाई स्वदेशी युरेनियम प्रशोधन नगर्न र आफ्नो ४४० किलो उच्च प्रशोधित युरेनियम आत्मसमर्पण गर्न दबाब दिएको थियो । इरानले अस्वीकार ग¥यो र अन्ततः ट्रम्पले युद्धमा जाने निर्णय गरे ।
अमेरिका र इजरायलद्वारा आक्रमण भएपछि, इरानले तुरुन्तै हर्मुज जलडमरू बन्द गर्न छिटोछिटो कदम चाल्यो र त्यहाँबाट गुज्रने समुद्री यातायातलाई धम्की दियो । यद्यपि, यस्तो प्रतिक्रिया अपेक्षित नै थियो । वास्तवमा युद्ध सुरु हुनुअघि नै इरानले बारम्बार यस्तो धम्की दिएको थियो† तर अमेरिकी प्रशासन अनजानमा अलमल प¥यो र कुनै प्रभावकारी जवाफ दिन सकेन ।
मध्यपूर्वको तेल र प्रशोधित उत्पादनहरूको लागि एक महत्वपूर्ण अवरोधबिन्दुका रूपमा हर्मुज जलडमरूको महत्वलाई ध्यानमा राख्दा, जलडमरू बन्द भएपछि उत्पन्न हुने विश्वव्यापी आर्थिक परिणामहरू पछिल्ला पाँच महिनादेखि क्रमशः बढ्दै गएका छन् ।
त्यसैले, अमेरिकी प्रशासनको प्राथमिकता अब इरानलाई उसको आणविक कार्यक्रममा आत्मसमर्पण गराउन होइन, बरु हर्मुज जलडमरूलाई सकेसम्म चाँडो खोल्नमा केन्द्रित भएको छ ।
यद्यपि, त्यसो गर्न खोज्दा अमेरिकाले समस्या सामना गरिरहेको छ । एकातिर इरानले जलमार्गको सञ्चालनलाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि आवश्यक र भविष्यमा सम्भावित अमेरिकी–इजरायली आक्रमण रोक्न रणनीतिक प्रतिरोधका रूपमा लिएको छ । अर्कोतिर अमेरिकी सेनाले जलमार्ग खोल्न र निरन्तर खुला राख्न सक्ने स्थिति छैन ।
आश्चर्यजनक रूपमा, इरानको भन्दा सय गुणा ठुलो सैन्य बजेट हुँदाहुँदै पनि अमेरिकी सेनाले इरानलाई पर्याप्त सैन्य शक्ति प्रदर्शन गर्नबाट रोक्न सकेको छैन, जसले जलडमरू हुँदै हुने समुद्री यातायातमा दीर्घकालीन खतरा उत्पन्न गरेको छ ।
ट्रम्पले बारम्बार इरानमाथि प्रलयकारी विनाश गर्ने धम्की दिएका छन्, जसको उद्देश्य इरानी समाजलाई पर्याप्त पीडा दिनु र त्यसका नेताहरूलाई अमेरिकी मागहरू स्वीकार गर्न बाध्य बनाउनु हो । हालै उनले अमेरिकी निशानाहरूलाई विस्तार गर्दै इरानी नागरिक ऊर्जा केन्द्रहरूलाई समेत समावेश गर्न चेतावनी दिए । जुलाई ३१ को मन्त्रिपरिषद् बैठकमा उनले सञ्चारमाध्यमलाई भने, “हामी उनीहरूलाई निकै कडा प्रहार गर्नेछौँ र कुनै बिन्दुमा उनीहरूले भन्नुपर्नेछ† हामी अब यो सहन सक्दैनौँ ।”
एक दिनपछि, उनले आफ्नो धम्कीबाट पछि हटे, सम्भवतः उनले ‘कडा प्रहार’ गर्दा पनि इरानलाई आत्मसमर्पण गराउन सकिँदैन भन्ने बुझेका कारण ।
किन ? किनभने इरानको नयाँ कठोरपन्थी इस्लामिक रिभोलुसनरी गार्डस् कोर (IRGC) नेतृत्वको विश्वास छ कि अमेरिका र इजरायल इस्लामिक गणतन्त्रलाई समाप्त गर्न खोजिरहेका छन् । उनीहरूको धारणा छ कि अमेरिकी दबाबको सामना गर्दा कुनै सम्झौता गर्नु भनेको अझ बढी दबाब निम्त्याउनु हो ।
त्यसैले, अमेरिकी आक्रमण बढ्दा इरान आत्मसमर्पण गर्ने सम्भावना छैन, बरु खाडीको पूर्वाधारमाथि ठुलो प्रतिआक्रमण गर्ने सम्भावना बढी छ । त्यसैले, यदि अमेरिका इरानी शासनलाई सैन्य रूपमा ‘ध्वस्त’ गर्न तयार छैन अर्थात् हालसम्मभन्दा धेरै व्यापक रूपमा नागरिक पूर्वाधारमाथि बमबारी गरेर इरानलाई ‘असफल राज्य’ बनाउने स्तरसम्म लान सक्दैन भने भविष्यमा पनि अमेरिकी सैन्य बल प्रयोगले लक्ष्य हासिल गर्न सक्ने छैन ।
सबैभन्दा कम खराब विकल्प
आगामी यथार्थपरक विकल्पहरूबारे सोच्दा ध्यान दिनुपर्ने सबैभन्दा महत्वपूर्ण तथ्य यो हो कि अमेरिकी प्रशासन इरानसँग कूटनीतिमा विश्वास गर्दैन† कहिल्यै गरेको पनि छैन । यसले बलमा विश्वास गर्छ, चाहे दण्डात्मक कर तथा प्रतिबन्ध होस् वा दण्डात्मक बमबारी । जब उसले इरानसँग ‘अर्थपूर्ण कूटनीति’ को कुरा गर्छ, यसको अर्थ हुन्छ, “इरानले अमेरिकी मागहरू स्वीकार गर्नु ।”
अमेरिकी प्रशासन गम्भीर र दीर्घकालीन कूटनीतिमा संलग्न हुन अनिच्छुक भएकाले, यदि उसले इरानसँग जलडमरूबारे कुनै सम्झौता गर्न पनि सके, त्यसपछि आणविक कार्यक्रममाथि प्रभावकारी नियन्त्रण लगाउने प्रकारको वार्ता–सम्झौता कायम राख्न सम्भावना न्यून हुन्छ ।
अघिल्लो आणविक वार्ता कुल पाँच वर्ष (सन् २०१० देखि २०१५ सम्म) चलेको थियो† जसमा दुई वर्ष (२०१३–२०१५) गम्भीर र गहन वार्ता भएको थियो । तर, यो अमेरिकी प्रशासन अहिले असफल युद्धबाट थाकिसकेको छ र अन्य प्राथमिकताहरूमा केन्द्रित छ, त्यसैले यस्ता प्रक्रियामा संलग्न हुन इच्छुक हुने सम्भावना न्यून छ ।
अमेरिकी प्रशासन कूटनीतिमा संलग्न हुन अनिच्छुक र असमर्थ भएकाले, ‘जलडमरू समस्या समाधान’ गर्न वास्तविक वार्ता सम्भव छैन । त्यसैले, जूनमा हस्ताक्षर गरिएको इस्लामाबाद समझदारीपत्रको धारा ५ अनुसारको प्रक्रिया अघि बढ्न दिनु उपयुक्त हुन्छ । “इस्लामिक गणतन्त्र इरानले ओमानी सुल्तानेतसँग संवाद गर्दैछ, जसमा हर्मुज जलडमरूको भविष्यको प्रशासन र समुद्री सेवाहरू परिभाषित गरिनेछ, अन्य फारसी खाडीका तटीय राष्ट्रहरूसँग छलफल गर्दै, अन्तर्राष्ट्रिय कानुन र तटीय राष्ट्रहरूको सार्वभौम अधिकार अनुरूप ।”
यी इरान–ओमान वार्ता जारी छन् र समस्याको सबैभन्दा कम खराब समाधान निकाल्ने उत्तम सम्भावना यही हो । यस परिदृश्यमा, अमेरिकी प्रशासनले गर्नुपर्ने काम भनेको आवश्यक परे ओमानलाई सुझाव दिनु र अन्ततः दुबै पक्षले गरेको सम्झौतामा स्वीकृति दिनु मात्र हो । यस्ता कुनै पनि सम्झौतामा सम्भवतः अमेरिकाले इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउनुपर्नेछ, किनभने इरानले जलडमरू पुनः खोल्ने सर्तलाई यस नाकाबन्दी हटाइनेसँग जोडेको छ ।
यी इरान–ओमान वार्ताको परिणाम पूर्वानुमान गर्न सकिँदैन । तर, स्पष्ट कुरा यो हो कि ओमान र खाडी सहयोग परिषद् (IRGC) का अन्य सदस्यहरू इरानसँग वार्ता गर्न अमेरिकाभन्दा बढी सक्षम र प्रेरित छन् । दुबै पक्षबिच महत्वपूर्ण भिन्नता छन् । खाडी राष्ट्रहरू युद्धपूर्वको यथास्थितिमा फर्किन चाहन्छन्; इरान भने ‘नयाँ सामान्य अवस्था’ चाहन्छ, जहाँ उसले हर्मुज जलडमरू हुँदै हुने समुद्री यातायातलाई नियन्त्रण गर्छ, सम्भवतः ओमानसँगको सहकार्यमा ।
दुर्भाग्यवश, इरानको जलडमरूमाथि रहेको रणनीतिक प्रभावलाई ध्यानमा राख्दा, कम्तीमा छोटो अवधिमा भने इरानले आफ्नो चाहना पूरा गर्ने सम्भावना बढी छ । यसले सम्भवतः जलडमरू हुँदै हुने समुद्री यातायातमाथि ‘शुल्क’ असुल्ने व्यवस्थासमेत समावेश गर्न सक्छ ।
यदि जलडमरूबारे कुनै सम्झौता हुन्छ भने, त्यो नाजुक हुनेछ । युद्धपूर्वको समुद्री यातायात स्तर लामो समयसम्म वा कहिल्यै फर्किने छैन । अमेरिकी सैन्य अड्डाहरू सोही क्षेत्रमै रहनेछन्† इरानमाथि अमेरिकी प्रतिबन्धहरू पनि कायम रहनेछन् । इरानको पक्षमा भने, उसले आफ्नो रक्षा–औद्योगिक आधार पुनर्निर्माण गर्ने प्रयास गर्नेछ, आगामी अमेरिकी–इजरायली आक्रमणको तयारीका लागि । अनि यही नै सम्भावित ‘सबैभन्दा राम्रो परिदृश्य’ हो ।
यस मूखतापूर्र्ण युद्धको सम्भावित विरासत शान्ति र स्थिरता होइन तर आर्थिक पीडा, क्षेत्रीय अस्थिरता र अमेरिकी प्रतिष्ठा र शक्तिको ठुलो ¥हास हो ।
Leave a Reply