भर्खरै :

अशोभनीय र अराजक अभिव्यक्ति

  • जेष्ठ ३०, २०७८
  • कुमार काभ्रेली
  • विचार

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि जेठ २८ गते शुक्रबार बाग्मती प्रदेशको बैठकको क्रममा छलफलमा भाग लिएका नेपाली काङ्ग्रेसका सांसद नरोत्तम वैद्यले ‘अहिले सत्ता चलाइरहेका ओलीलाई छोड्न नहुने र कोही नाथुराम गोड्से बन्न तयार छैन भने आपूm बन्न तयार रहेको’ अभिव्यक्ति दिए ।
प्रदेशसभाको छलफलमा उनले व्यक्त गरेका अभिव्यक्तिप्रति अहिले सर्वत्र आलोचना भइरहेको छ । राजनीतिक दलका सांसद जस्तो व्यक्तिले व्यक्तिहत्याजस्ता जघन्य आपराधिक अभिव्यक्ति दिनु अशोभनीय र अराजक भएको चर्चा व्याप्त भएको छ । राजनीतिक दलका सांसदले बोलेको कुरा उनको व्यक्तिगत कुण्ठामात्र हुन् वा नेपाली काङ्ग्रेसभित्रको रहस्य हुन् भन्ने तर्क पनि बाहिरिएको देखिन्छ । ‘केही दिन अघिबाट देउवा निवास बुढानीलकण्ठमा पाँच गुटको गठबन्धनको पटक पटक गोप्य बैठक हुनुले पनि प्रधानमन्त्री ओलीमाथि ठुलो षड्यन्त्र भएको प्रस्ट बुभ्mन सकिने एक नेता बताउनुहुन्छ । वैद्यले त्यो षड्यन्त्रको कुरा बोलेको हुनुपर्ने प्रस्ट हुन्छ । राजेन्द्र महतोसहितका नेतालाई मन्त्रीपरिषद्मा समेटेकोमा आपत्ति जनाउँदै मुनुचिया भन्ने देशको उदाहरण प्रस्तुत गरेर नाथुराम गोड्से बन्ने बताउनुभयो’ भनी जेठ २९ गतेको जनता टाइम डट कमले उल्लेख गरेको छ ।
शासक दलहरू सत्ता नपाउँदा पानीविनाका माछाजस्तै छटपटी हुन्छन् । बाग्मती प्रदेशसभाको बैठकमा सत्तापक्षका सांसदहरूले नेपाली काङ्ग्रेसका एक सांसदले प्रम ओलीको हत्यासम्मको अभिव्यक्ति दिँदा कुनै प्रतिक्रियासमेत नदिई मूकदर्शक बनेको अर्को टीठलाग्दो विषय बन्यो । सत्तापक्षभित्र पनि आप्mना नेताप्रति सद्भावसम्म छैन कि भन्ने सोच्ने बेला आएको स्पष्ट देखिन्छ । पद र पैसाको निम्ति मरिहत्ते गर्ने शासक दलका नेता कार्यकर्ताहरू यतिसम्म व्यक्तिवादी भइसकेको यो ज्वलन्त उदाहरण भएको छ । कम्तीमा पनि आप्mना नेताको हत्या गर्ने अभिव्यक्ति सार्वजनिकरूपमै बोलिरहँदा नियमापत्ति जनाउनुपथ्र्यो । सत्तापक्षका त्यतिका सांसदहरू मुखमा बुजो लगाएर बस्नुको तात्पर्य पनि बुझिनसक्नुछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *