जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
भक्तपुर नगरपालिकाले आफ्ना नगरवासी तथा नेपालीलाई विश्वमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड– १९ को दोस्रो लहरबाट बचाउन विभिन्न कार्यहरू गर्दै आएको छ । विश्वमहामारीबाट बच्न र बचाउन नगरपालिका एक्लैको प्रयास अपुग भएको र जनस्वास्थप्रति जिम्मेवारीबोध गर्दै ख्वप अस्पतालमा अक्सिजन प्लान्ट तथा अन्य स्वास्थ्य उपकरण खरिद गरी जडान तथा सञ्चालनका लागि जनस्तरबाट नै आर्थिक तथा भौतिक सहयोग सङ्कलन गरी सफल परीक्षणसमेत गरिसकेको छ ।
यसै क्रममा भक्तपुर नगरको भगिनी सम्बन्ध भएको छिमेकी मित्र राष्ट्र चीनको तिब्बतस्थित शान्नान नगरपालिकाको सहयोगमा भेन्टिलेटर तथा स्वास्थ्य सामग्रीसहित १०० थान अक्सिजन सिलिन्डर सहयोग प्राप्त गर्न सफल भएकोमा भक्तपुर नगरपालिकालाई हार्दिक बधाई छ । महामारीसँग जुध्न आफ्ना सहयात्रीलाई सहयोग उपलब्ध गराउने चिनियाँनगरपालिका शान्नानलाई सहयोग र सद्भावका लागि आभार एवम् धन्यवाद छ । यस प्रकारको सहयोगको आदानप्रदानले दुई संस्थाबीचको सम्बन्ध जनस्तरसम्म प्रगाढ तथा दिगो बनाउन मद्दत पुग्दछ । भक्तपुर नगर र चीनको शान्नान नगरलाई पुनःबधाई तथा धन्यवाद !
सर्वसाधारणलाई कोरोना सङ्क्रमणबाट बच्न बराबर हात धुनलाई टोलटोलमा राखिएको बाल्टिन तथा ड्रममा पानी र साबुन नभएकोले पानी भर्ने र साबुन राख्ने कार्यलाई निरन्तरता दिनु आवश्यक छ । जनस्वास्थ सेवा केन्द्र र नगरपालिकाले प्रदान गर्ने सेवाको कर तथा शुल्कको रकम भुक्तानी गर्दा नगदसहित विद्युतीय माध्यम (कार्ड तथा मोबाइल) बाट तिर्ने सुविधाको प्रारम्भ गर्ने हो कि !
Leave a Reply