अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसलाई महाधिवेशनको चटारो छ । १४ औँ महाधिवेशनमा नेतृत्व पङ्क्तिमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने पक्षमा बलियो आवाज उठिरहेको देखिन्छ । नयाँ पुस्तामा गगन थापा बलियो हुँदै गएको चर्चा छ । ‘नेपाली काङ्ग्रेस भनेकै कोइराला परिवार, कोइराला परिवार भनेकै नेपाली काङ्ग्रेस’ भन्ने गरिन्छ । विगतमा नेपाली काङ्ग्रेसले कोइराला परिवारकै नेतृत्वमा सङ्गठनको विस्तार गरेको हुँदा अहिले पनि कोइराला परिवारकै हालीमुहाली भएको देखाउन शेखर कोइराला अग्रसर देखिन्छन् ।
जीपी फाउन्डेसनको एउटा कार्यक्रममा शेखर कोइराला, शशाङ्क कोइराला र सुजाता कोइराला तीन जनामध्ये एक जना सभापतिको उम्मेदवार बन्ने घोषणा गरेको चर्चा छ । सभापतिको उम्मेदवारी सम्बन्धमा तीनै जनामा कुनै विवाद नरहेको पनि बताइन्छ । कोइराला परिवारभित्र विवादरहित भए पनि नेपाली काङ्ग्रेसको नेतृत्वमा कोइरालालाई पछार्न शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्ण सिटौलालगायतका काङ्ग्रेसी नेताहरू जोड घटाउमा कम्मरकसेर लागेको देखिन्छ । हुन त शासक दलहरू बलियो हुने आधार भन्नु नै ‘डन, गन र धन’ भएको अवस्थामा नेतृत्वमा जान लालायित हुनु अस्वाभाविक होइन । जतिसुकै विवादित भए पनि नेपाली काङ्ग्रेसको नेतृत्व तहमा रहेका अर्जुननरसिंह केसीले पनि आप्mनै तयारी गरिरहेको बताइन्छ ।
नेपाली काङ्ग्रेसमा सिटौलालाई आपूmतिर तान्न पौडेल र देउवा दुवैले प्रयत्न गरिरहेको बताइन्छ । सिटौलाले भने पौडेललाई भन्दा देउवालाई नजिक बनाइरहेको देखिन्छ । नेपाली काङ्ग्रेसको महाधिवेशनमा ‘लेनदेन र सम्झौता’ हुने पनि बताइएको छ । ‘लेनदेन’ मा आपूmले सोचेजस्तो नभएको खण्डमा देउवालाई पनि सहयोग नगर्ने सिटौलाको मनसाय देखिन्छ । गिरिजाप्रसाद कोइराला हुँदा कोइराला परिवारसँग सिटौलाको नजिकको सम्बन्ध भए पनि सुजाता कोइरालालगायत अन्य कोइरालाहरूसँग त्यति राम्रो सम्बन्ध नभएको बताइन्छ ।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आगामी अधिवेशनमा सभापतिमा उठ्ने मनसायमा छन् । सभापतिमा विमलेन्द्र निधीले दाबी गरेको अवस्थामा आरजु राणालाई उपसभापति र संसदीय दलको नेता बनाउने समझदारीका साथ भदौमा नै महाधिवेशन गराउने रणनीतिमा रहेको बताइन्छ । नेपाली काङ्ग्रेसको महाधिवेशनको चर्चा भइरहँदा नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण भए तापनि कोइराला परिवारलाई सजिलै पाखा लगाउन नसकिने भुक्तभोगी काङ्ग्रेसी नेताहरूको मत रहेको छ ।
Leave a Reply