नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
जेनेभा, १३ जून (एएफपी) । युरोपेली मुलुक स्वीट्जरल्यान्डमा सिन्थेटिक विषादीमाथि प्रतिबन्ध लगाउने एक प्रस्तावमा आइतबार मतदान हुँदैछ ।
स्वीट्जरल्यान्डमा योसहित आतङ्कवाद विरोधी उपाय र कोभिड–१९ का कानुनसमेत विभिन्न जल्दाबल्दा विषयमा मतदान हुँदै छ ।
अधिकांश व्यक्तिले हुलाकमार्फत पहिल्यै मतदान गरिसकेका छन् । आइतबार मतदान सकिएलगत्तै मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको छ ।
यस पटकको मतदानमा विषादीको प्रयोगमा प्रतिबन्ध लगाउने विषय सबैभन्दा पेचिलो बनेको छ । किसानहरूबीच नै यो विषयलाई लिएर तीव्र मतान्तर र बहस जारी छ ।
स्वीट्जरल्यान्डका किसानहरू विषादीको प्रयोगका विषयमा पक्ष र विपक्षमा बाँडिएको देखिएको छ । पश्चिमी भड क्षेत्रमा किसानहरूको खेतमै पुगेर एक पक्षले किसानका ट्रेलरमा आगो लगाइदिएका छन् भने हुन्छ भन्ने पक्षमा देखिएका अभियन्ताहरूले आफूहरूमाथि अपमान, धम्की र सन्त्रास फैलाएको बताएका छन् ।
‘सिन्थेटिक विषादीबाट मुक्त स्वीट्जरल्यान्ड’ भन्ने पक्षधरहरूले १० वर्षभित्र स्वीट्जरल्यान्डमा विषादीमाथि प्रतिबन्ध लगाउन आह्वान गरिरहेका छन् । उनीहरूले विषादी हालेका विदेशबाट आयातीत खाद्यवस्तुलाई पनि गैरकानुनी बनाउनुपर्ने माग गरिरहेका छन् ।
दोस्रो, ‘सफा खानेपानी र स्वस्थ खाद्य’ नारा लिएका पक्षधरहरूले विषादी प्रयोग नगर्ने फार्महरू तर बिरामी पशुको उपचारका लागि एन्टिबायोटिक प्रयोग गरेमा सरकारी अनुदान उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन् ।
खेतमा तरल मलखादको प्रयोगको मात्रा र त्यहाँबाट चुहिने तरल पदार्थ जल प्रणालीमा प्रवेश गर्ने सम्भावनालाई पनि सीमित गर्नुपर्ने हुन्छ ।
पर्यावरणविद् र दक्षिणपन्थी राजनीतिक पक्षधरहरूले दुबै मागमा समर्थन जनाएका छन् ।
स्वीस सरकारले आमजनताले विपक्षमा मतदान गर्ने विश्वास व्यक्त गरेको छ । सरकारको भनाइमा प्रतिबन्ध लगाउने प्रस्तावमा मतदान भए त्यसले राष्ट्रिय खाद्य सम्प्रभुतालाई नजरअन्दाज गर्नेछ ।
सहरी मतदाताहरूले प्रस्तावको पक्षमा मतदान गर्ने सम्भावना देखिएको छ र ग्रामीण क्षेत्रका मतदाताहरूले विपक्षमा मतदान गर्ने मत सर्वेक्षणले देखाएको छ । तर, सर्वेक्षणले दुबै प्रस्ताव अस्वीकृत हुनसक्ने अनुमान गरेको छ ।
Leave a Reply