विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
मित्र राष्ट्र चीनबाट भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरूको सहयोग प्राप्त भएको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट प्राप्त उपकरणहरूमा भेन्टिलेटर १ सेट, अक्सिजन कन्सन्ट्रेटर ३२ सेट, अक्सिजन सिलिन्डर (४० लिटर) एक सय वटा र आईसीयु बेड ५० वटा रहेको विवरणमा उल्लेख छ । तातोपानी नाकाबाट पठाइएका ती स्वास्थ्य सामग्री भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा राखिएको छ । उक्त सहयोग चिनियाँ युआन ५ लाख ९९ हजार चार सय अर्थात् एक करोड नौ लाख २१ हजार ६८ नेपाली रुपैँया बराबरको छ । विसं २०७३ साउन ३० गते भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान सहरबीच भगिनी सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई सहरबीच पटक–पटक अनुभव एवम् सहयोग आदानप्रदान हुँदै आएको छ । भक्तपुर नगरपालिकाका प्रतिनिधिहरूले एकपल्ट शान्नान सहरको भ्रमण पनि गरिसकेका छन् । त्यस्तै शान्नान सहरबाट पनि भक्तपुर नगरको भ्रमण भइसकेको छ । ती भ्रमणको क्रममा दुई नगरपालिकाबीच अनुभवको आदानप्रदान भइसकेको छ । भक्तपुर नगरपालिकाको भगिनी सहर शान्नानबाट वर्तमान विश्वव्यापी महामारीको समयमा फैलिएको कोभिड–१९ को दोस्रो लहरबाट नेपालमा तीव्रगतिमा सङ्क्रमण बढेकोमा चिन्ता व्यक्त गरिएको छ ।
सम्बन्ध होस् त यस्तो होस् !
स्थानीय तहमा फैलिने यस प्रकारका महामारीको प्रकोपलाई समय छँदै ध्यान केन्द्रित गर्न सके प्रभावकारीरूपमा नियन्त्रणमा लिन सकिँदो रहेछ । वास्तवमा भ्रातृ सम्बन्ध भनौँ वा भगिनी सम्बन्ध भनौँ, सुचारु गर्न सके परिणाम सकारात्मक आउने रहेछ । भक्तपुर नगरपालिकालाई चीनको शान्नान नगरपालिकाबाट पत्राचार भएको थियो । सोही क्रममा भक्तपुर नगरपालिकाले चासो राख्यो । उता शान्नान नगरपालिकाले पनि चासो राख्यो । चासो चासोको चासो मिल्यो । काम त भइहाल्यो । यस्ता कतिपय कामको परिणाम तत्कालै नदेखिन पनि सक्छ । यसो भनेर चुप लाग्ने हो, केही नगर्ने हो भने यो मौका हराएर हात बाँधेर पनि बस्न सकिन्छ । तर, त्यसरी चुप लागेर बस्दा केही नआउन सक्छ । परिणाम ल्याउने हो भने क्रियाशील त हुनैपर्छ । यी भक्तपुर नगरपालिका र शान्नान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको परिणाम कति सुखद देखाप¥यो । त्यत्ति धेरै टाढाको सम्बन्ध तर कति सुन्दर सुखद । सम्बन्ध होस् त यस्तो होस् ।
भगिनी सम्बन्ध
सहयोगको आफ्नै सुन्दर पक्ष हुन्छ । त्यो कहिले साह«ै उपयोगी सावित हुन्छ भने कहिले उपयोगी ठहरिँदैन । यसका लागि बुद्धि बासी राख्नु हुँदैन । बुद्धि जति घोट्यो, परिणाम त्यत्ति नै सुखद आउँदा यो तथ्यलाई एकथरीले अलि हलुका रूपमा लिने गरेका छन् । त्यसो भए परिणाम सोचेजस्तो आउँदैन । यी दुई नगरपालिकाबीचको भगिनी वा भ्रातृ सम्बन्ध भनेको सम्बन्ध नै हो । यस्तो सम्बन्ध साँच्चै कति मीठो र स्वादिलो पो हुन्छ । स्वाद अनेकन स्वभावका हुन्छन् । मान्छे हो यदाकदा स्वाद पनि भुल्छ । ज्ञान पूर्ण हुन्छ, हुँदैन । भए कुन बेला हुन्छ । यो अर्को सवाल हुन्छ । मान्छेको जिन्दगीमा हामी यी यस्ता कुरा गरेरमात्र पारङ्गत हुन्छौँ । आजको विश्वमा एउटा यस्तो अवस्था आयो, यस्तो व्यवस्था आयो । परपरसम्म पनि भ्रातृ वा भगिनी सम्बन्ध स्थापित हुनथाल्यो । कति राम्रो अवस्थामा सङ्क्रमण रोकिने, नफैलिने । एउटा संस्था असल भयो भने परिणामस्वरुप अरू धेरै संस्था असल हुँदारहेछन् । यो असल हुने लक्षण दिनदिनै व्यापक भइरहेको छ । कोभिड–१९ आयो आयो, घट्न खोज्यो खोज्यो जस्तो देखापर्छ एउटा पाटोमा । तर, अर्को पाटोमा अर्कै खालको पाटो देखापर्छ । आजको संसारलाई पूर्ण सुरक्षित राख्न कम चुनौतीपूर्ण छैन । तर, खोज्दै छ मान्छे सुन्दर भविष्य । यो सजिलै पाउँदैन । गतिलो कुरा खोज्नासाथ कहाँ पाइन्छ र ? यो तथ्य सहजै पाइने भए विश्व कति महँगो हुन्थ्यो होला ? मेरो यो प्रयास कोभिड–१९ सँग कति सहजताका साथ स्थापित हुन्छ ?
यो दृष्टिबाट हेरौँ
शान्नान सहरलाई नै चिन्न खोजौँ न त । यो सहर चीनको स्वशासित क्षेत्र तिब्बतको दक्षिणपूर्वमा अवस्थित छ । वास्तवमा शान्नान सहर प्रि–फ्याक्चर तहको सहर पर्दोरहेछ । भक्तपुरलाई नेपालभाषामा ख्वप भनिएजस्तै तिब्बत भाषामा यो सहरलाई ल्होका भनिंदो रहेछ । ल्होकाको शाब्दिक अर्थ ‘पहाडभन्दा दक्षिण’ हुँदोरहेछ । मल्लकालीन सभ्यताको आदिस्थल भक्तपुर भएजस्तै ल्होका क्षेत्रलाई तिब्बतको सभ्यताको आदिथलो मानिंदो रहेछ । वास्तवमा शान्नान सहरको उत्तरमा ल्हासा, पूर्वमा निङ्ची, पश्चिममा सिगात्से, दक्षिणमा भारत र भुटान पर्नेरहेछ । भक्तपुरमा धेरै पुराना मल्लकालीन मन्दिर रहेजस्तै शान्नानमा पहिलो दरबार र बौद्ध गुम्बा छन् । तिब्बतको पहिलो कृषिभूमि यही नगरमा पर्नेरहेछ । भक्तपुुरमा कुल जनसङ्ख्याको ९८ प्रतिशत नेवार आदिवासीको बसोबास भएजस्तै शान्नानमा ९८ प्रतिशत तिब्बती आदिवासीहरूको बसोबास रहेछ । बाँकी दुई प्रतिशत भने हान, हुई, मोन्पा, ल्होबालगायतका जातहरूको बसोबास रहेछ । वास्तवमा शान्नानको क्षेत्रफल ७९ हजार ७ सय वर्गकिलोमिटर रहेछ । भक्तपुर नगरको क्षेत्रफल भने ६.८८ वर्गकिलोमिटर पर्दोरहेछ । भारतमा ब्रह्मपुत्र नदी नामले प्रसिद्ध नदी शान्नान भएर बग्दोरहेछ । ब्रह्मपुत्र नदीलाई त्यहाँ युर्लुङ नदी भनिँदो रहेछ । बङ्गलादेशमा त्यसैलाई जमुना नदी भनिँदो रहेछ । कोरोनाले हाम्रा सम्बन्धहरू यसरी परिभाषित ग¥यो ।
Significant relation and the best cooperation between these responsible institutions of People.