भर्खरै :

भक्तपुर नपा प्रकोप व्यवस्थापन कोषमा रु. ५ करोड ९३ लाख ९८ हजार १ सय ७६.७१

भक्तपुर, १ असार । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्नको लागि नगरपालिकाको आग्रहलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, सङ्घ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम मङ्गलबार पनि चालू रह्यो ।
ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि असार १ गतेसम्ममा रु. ५ करोड ९३ लाख ९८ हजार १ सय ७६।७१ पैसा बराबरको आर्थिक सहयोग जम्मा भएको छ । यसै क्रममा असार १ गते मङ्गलबारमात्र रु. १२ लाख ६६ हजार ३ सय ४३ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा सङ्घ संस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैङ्क लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं। ०१९०३०००००७००२०००००३ खाताको नाम BHAKTAPUR NA.PA. PRAKOP BYABAS मा जम्मा गर्नुहुन अथवा भक्तपुर नपामा उपलब्ध गराउन भनपाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *