हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
हाल अमेरिकाका दुई जना सिनेटर एडवार्ड मार्की तथा मिट् रोम्नीले अमेरिका र थाइवानबीचको सम्बन्धलाई बलियो बनाउन थाइवानको सैनिक क्षेत्रका लागि खोप उपलब्ध गराउन अमेरिकी सरकारसमक्ष आग्रह गरेका छन् ।
अमेरिकाले सैन्य हतियारको व्यापार विकास गर्नका लागि थाइवानलाई मुखले कोभिड–१९ भाइरसविरूद्ध खोप उपलब्ध गराउने प्रतिज्ञा गरेको थियो । पहिला अमेरिकाले थाइवानलाई ७ लाख ५० हजार खोप योगदान गर्ने प्रतिज्ञा गरे तापनि थानवानको २ करोड ३० लाख जनसङ्ख्याका लागि अपुग देखिन्छ । वास्तवमा अमेरिकाले हालसम्म उक्त कुनै पनि खोप थाइवानलाई दिएको छैन । थाइवानीहरूको भनाइ छ, “थाइवानले अमेरिकाको पुरानो हतियार किनिसक्यो र राजनीतिका लागि अमरिकालाई पनि सहयोग दिइसक्यो तर हामीलाई ७ लाख ५० हजारमात्र खोप योगदान दिने रह्यो ।
यसको सट्टामा मे महिनामा थाइवानको महामारी गम्भीर भएदेखि यता चीनको मुख्त्र्ूमिले थाइवानलाई सक्दो सहयोग दिने कुरा व्यक्त गरेको थियो । तथ्याङ्कका अनुसार मे ३१ तारिखसम्म चिनियाँ मुख्त्र्ूमिमा खोप लगाएका थाइवानका बासिन्दाहरूको सङ्ख्या ६२ हजार पुगेको छ ।
थाइवानसँगको मामिला चीनको मुख्य हितसित सम्बन्धित भएको कारण धेरै महत्वपूर्ण मानिन्छ । यो मामिला चीन र अमेरिकाबीचको सम्बन्धको सबैभन्दा संवेदनशील समस्या देखिन्छ । यो मामिलामा कुनै शक्ति वा व्यक्तिले विभाजन ल्याउन खोजेमा चीनले सधैँ अडानका साथ प्रतिरोध गर्ने गरेको छ ।
खोप भेदभावबाट अमेरिकाको चिकित्सक प्रणालीमा जातीय भेदभाव उदाङ्गियो
अमेरिकी जोहन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार, पेइचिङ समयबमोजिम जून १४ तारिखमा बिहान पाँच बजेर २२ मिनेटसम्म अमेरिकामा देखिएको कोभिड–१९ सङ्क्रमित सङ्ख्या ३ करोड ३४ लाख ६० हजार नाघेको छ भने मृतकको सङ्ख्या लगभग ६ लाख पुगेको छ ।
कोभिड–१९ महामारीबाट अमेरिकालाई ठूलो प्रभाव परेको छ । तीमध्ये अल्पसङ्ख्यक जाति अत्यन्तै प्रकोपग्रस्त भएको छ । अमेरिकाका विभिन्न अध्ययनका अनुसार, महामारीबाट भएको अफ्रिकी मूलका अमेरिकीको मृत्यु दर समस्त अमेरिकाको औसत दरभन्दा निकै धेरै छ । यसबाट अमेरिकी चिकित्सक प्रणालीमा गहिरोरूपमा रहेको जातीय भेदभाव समस्या देखिएको छ । तथ्याङ्कअनुसार, अमेरिकामा दोस्रो खोप लगाइसकेकोमा ६५.८ प्रतिशत श्वेत मान्छे छन् भने ११ प्रतिशत ल्याटिन अमेरिकी मूल अमेरिकी रहेका छन् । त्यसैगरी ८.५ प्रतिशत अफ्रिकी मूलका र ५.३ प्रतिशत एशियाली मूलका अमेरिकी रहेका छन् ।
अमेरिकाका धेरै राज्यमा खोपको प्रभावकारिता र सुरक्षासम्बन्धी त्रुटि देखिरहेको छ जुन अफ्रिकी मूल र ल्याटिन अमेरिकी मूलका अमेरिकीले खोप नलगाएको कारणमध्ये एक बनेको हो ।
व्यक्तिगत चेतनाबाहेक अरू रचनात्मक असमानता पनि खोपको समान अवसरबीचको खाडल बनेको छ । खोप लगाउन मनपर्ने धेरै मानिसको लागि खोप लगाउने क्षेत्र आउने–जाने यातायात ठूलो समस्या बनेको छ । धेरै मानिससँग मोबाइल फोन छैन अथवा प्रयोग गर्न नजानेर पनि खोप लगाउने आरक्षण लिन सकेका छैनन् । – सीआरआई
यसबाहेक धेरैजसो विशेषगरी गैरश्वेत जातिका लागि कार्यालय वा घरको कामबाट समय मिलाएर खोप लगाउने अवसर छैन ।
अमेरिकी नागरिक अधिकार आन्दोलनका नेता मार्टिन लुथर किङका छोरा मार्टिन लुथर किङ तेस्रोको विचारमा ती समस्याको समाधन गर्न अमेरिकालाई धेरै समय लाग्छ ।
Leave a Reply