कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
भारतले नेपालको राजधानीमा एयर मार्सल राख्न अनेक बहाना बनाइरहेको अहिलेमात्र होइन । दुई दशकअघि डिसेम्बर २४ मा काठमाडाँैबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरणमा परेदेखि भारतीय सञ्चारमाध्यममा नेपालको सुरक्षा मामिलाबारे निकै नकारात्मक टीकाटीप्पणी भएको थियो । उक्त विमान अपहरण हुँदा पहिले त भारतकै अमृतसरमा लगिएको हो । आप्mनै भूमिमा भारतले अपहरण भएको विमान नियन्त्रणमा लिन सकेन । भारतले आप्mनो असक्षमता नहेरी नेपालको सुरक्षा मामिला कमजोर भएको दोषारोपण थोपर्नतिर लाग्यो । के निहँु पाउँ भइरहेको भारतीय शासकहरूलाई नेपालमा सुरक्षा कमजोर रहेको बहाना भेटाउनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेना (एयर मार्सल) राख्न दबाब दिइयो ।
राजधानीमै अर्थात् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेना तैनाथ गर्ने उनको प्रयासलाई प्रत्यक्ष मूर्तरूप दिन नसके पनि परोक्षरुपमा कैयौँपटक बहाना बनाएर सेना उतारेकै हुन् । अहिले फेरि घुमाइफिराइ विमानस्थलमा आप्mनो सेना तैनाथ गर्न सौर्य ऊर्जा प्लान्ट स्थापना गर्न लागेका छन् । नेपालको राजधानीजस्तो महत्वपूर्ण र संवेदनशील स्थानमा नेपाल विद्युत् प्राधिकरणमार्फत सौर्य ऊर्जा प्लान्ट जडान गर्न लागेको बताइन्छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतीय नेसनल पावर कर्पाेरेसन लिमिटेड (एनटीपीसी) सँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिसकेको जनाइएको छ ।
गत १० र ११ डिसेम्बर २०२० मा बसेको सचिव र सहसचिवस्तरीय बैठकबाट निर्णय भएको आधारमा प्राधिकरणको बोर्डबाट विधिवत समझदारी पत्र हस्ताक्षर पारित गर्न लागिएको बताएका छन् । नेपाल—भारत ऊर्जा सचिवस्तरीय आठौँ संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकमा भारतले यो एजेन्डालाई पारित गराउन खोजेको तर तत्कालीन ऊर्जा सचिव दिनेशकुमार घिमिरेले यसलाई अस्वीकार गरी पछि छलफल गर्ने भनी पन्छाएका थिए ।
भारतले यो योजनाबाट (कम्युनिकेसन डिभाइस) सहितको सौर्य ऊर्जा प्लान्ट जडान गरी नेपालसति भारतका प्रतिद्वन्द्वी मुलुकहरूको सूचना लिने, भारतका लागि रणनीतिक महत्व रहेको मुस्ताङ जिल्लामा वायुऊर्जा र जलविद्युत् प्लान्ट स्थापना गरी चिनियाँ गतिविधि नजिकबाट नियाल्ने र नेपालको सबै जलविद्युत् र ऊर्जा क्षेत्रको परामर्शदातामा भारतीय एकाधिकार जमाउने देखिन्छ । त्रिभुवन विमानस्थलमा भारतीय सेना राख्ने उद्देश्यले ल्याइएको यो योजनाले ‘भारतीय खुफिया एजेन्सी, सुरक्षाकर्मीहरू नागरिकको भेष (सिभिलियन) मा आउने’ आशङ्का व्यक्त गरिएको छ ।
Leave a Reply