भर्खरै :

जनताको अमूल्य सहयोग हामीले कहिल्यै बिर्सने छैनौँ : प्रमुख सुनिल प्रजापति

ख्वप अस्पतालमा आज हामी अक्सिजन प्लान्टको उद्घाटन गर्दै छौँ । जनताको आर्थिक सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबाट उद्घाटन गराउन पाउनु सम्पूर्ण भक्तपुरवासी जनताको निम्ति खुसीको कुरा हो । अक्सिजन प्लान्ट र अन्य स्वास्थ्य उपकरणहरूको निम्ति जनता आफै अग्रसर भएर स्रोतको बन्दोबस्त गर्नु जनप्रतिनिधि र जनताबीच एकताको प्रमाण हो र जनप्रतिनिधिहरूप्रति जनताको साथ, सहयोग र विश्वासको अभिव्यक्ति पनि हो । जनता र जनप्रतिनिधिबीचको यो एकता, विश्वास र समर्थन निरन्तर पाइरहने विश्वास गर्दछौँ ।
भक्तपुर नगरपालिकामा हामी जनप्रतिनिधिको रुपमा निर्वाचित भएको ४ वर्ष बित्यो । त्यस अवधिमध्ये एक वर्षभन्दा बढी समय कोरोना महामारीबीच नै बित्यो । कोरोनाको दोस्रो लहर नेपालमा पैmलिएसँगै जनताको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्दै हामी जनप्रतिनिधि र कर्मचारीहरू निरन्तर काम गर्दै छौँ । महामारीबीच आप्mनो जीवन खतरामा राख्दै निरन्तर सङ्क्रमितहरूको सेवामा समर्पित भएर धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले काम गर्नुभयो । उहाँहरूप्रति उच्च सम्मान प्रकट गर्दछौँ ।
भक्तपुर नगरपालिकाले हरेक काम पारदर्शी ढङ्गले गर्दै आएको छ । सङ्कटको बेला जनताले नगरपालिकाबाट बढी सहयोगको आशा गर्नु स्वाभाविक हो । हामीले त्यही कुरालाई ध्यानमा राखेर इमानदारीपूर्वक जनताको सेवा गर्ने भावनाले काम गर्दैछौँ । कोभिडको दोस्रो लहरको सङ्केत भक्तपुर नगरपालिकामा देखापर्नेबित्तिकै २०७८ वैशाख १७ गतेदेखि नै ख्वप अस्पताल कोभिड युनिट सञ्चालन ग¥यौँ । २ जना चिकित्सक, ६ जना नर्स र २ जना विशेषज्ञ तथा कर्मचारीहरू सम्मिलित टोलीको व्यवस्था गरी २५ शøयाको एचडीयू र ५० साधारण शøयाको सुविधासहित अस्पताल सञ्चालन ग¥यौँ । कोभिड युनिटबाट जेठ मसान्तसम्ममा २१० जनाले सेवा प्राप्त गरिसकेका छन् । तीमध्ये भनपाका १७९, सुर्यविनायक नपाका १०, चाँगुनारायणका नपा ६ र मध्यपुर नपामा २ रहेका छन् । त्यसैगरी काभ्रे, धादिङ, काठमाडाँै, ललितपुर,रामेछाप, पर्वत, कालिकोटलगायत १३ जिल्लाका सङ्क्रमितहरूले पनि सेवा पाइसकेका छन् ।
ख्वप अस्पताल कोभिड युनिट सञ्चालनको सुरुका दिनमा अक्सिजन दिनुपर्ने सङ्क्रमितहरूको सङ्ख्या निकै बढी थियो । त्यतिबेला अक्सिजनको अभाव हुनथाल्यो । कर्मचारी साथीहरूको रात दिनको मिहेनतले अक्सिजनको कारण कुनै अप्रिय घटना हुन दिएन । हामीसँग आईसीयू र भेन्टिलेटर थिएन । आईसीयू र भेन्टिलेटर चाहिने बिरामीहरूलाई विभिन्न अस्पतालमा रिफर गर्नुको विकल्प थिएन । अक्सिजन अभावमा छटपटिरहेका सङ्क्रमितहरूको आवाज, विभिन्न अस्पतालहरूमा समयमा अक्सिजन पु¥याउन नसक्दा भएका मृत्युका दृश्यहरू, अक्सिजन आपैm लिएर आउन सङ्क्रमितहरूलाई अस्पताल प्रशासनले दिएका निर्देशनहरू, ‘अक्सिजन नभई ज्यान गएमा हामी आपैm जिम्मेवार छौँ’ भनेर लेखिएको कागजमा हस्ताक्षर गर्न विवश ती परिवारका आफन्तजनको दुःख बवदना र आइसीयू तथा भेन्टिलेटरको अभावमा बिरामीहरूको निरन्तरको मृत्युले हामीलाई नयाँ ढङ्गले सोच्न बाध्य बनायो । हामी सङ्कटबाट अलिकति पनि विचलित हुने छैनौँ । जस्तोसुकै प्रतिकूलतामा पनि अनुकूलता खोज्ने प्रयासले आजको स्थितिमा पु¥याएको हो ।
यसैबीच नगरपालिकाले जनताको जीवन बचाउन ख्वप अस्पतालमा अक्सिजन प्लान्ट राख्ने निर्णय ग¥यो तर त्यतिबेला प्रकोप व्यवस्थापन कोषमा रकम अत्यन्त न्यूनमात्रै बाँकी थियो । सयौँको सङ्ख्यामा घर – घरमा एकान्तवास बस्नेहरूको नामावली प्राप्त हुँदै थियो । हाम्रा स–साना कमी कमजोरीले पनि धेरै नगरवासीहरूको जीवन गुम्न सक्ने सम्भावना थियो । हामीले अत्यन्त सचेततापूर्वक पाइला चाल्दै गयौँ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जन स्वास्थ केन्द्रले यो आर्थिक वर्षको सुरु साउन १ गतेदेखि जेठ मसान्तसम्म ११ महिनाको अवधिमा १ लाख बिरामीहरूलाई उपचार सेवा प्रदान गरिसकेको छ । तर, जनताको सेवा गर्ने जन स्वास्थ्य केन्द्रप्रति सङ्घ र प्रदेश सरकारहरू कहिल्यै सकारात्मक भएनन् । एकातिर प्रकोप व्यवस्थापन कोषमा रकम नहुनु अर्कोतिर नेपाल सरकारले जनस्वास्थ्य केन्द्रलाई बिमाबापत दिनुपर्ने ५ करोड ५० लाखभन्दा बढी रकम बाँकी राख्नुले हामीले चाहेर पनि जनताको स्वास्थ्य सुरक्षाको लागि धेरै काम गर्नसक्ने अवस्थामा थिएनौँ । हामी विकास निर्माण कै रकमले भए पनि अक्सिजन प्लान्ट र स्वास्थ्य उपकरणहरू खरिद गर्ने र रोगीहरूको उपचार गर्ने निष्कर्षमा पुग्यौँ । यही वास्तविकता जनताको बीच राख्दै सहयोगको लागि आग्रह ग¥यौँ । त्यसको लगत्तै २०७८ जेठ ५ गतेबाट जनताको तर्पmबाट सहयोग प्राप्त हुनथाल्यो । यो क्रम बढ्दै गएर आज असार १ गतेसम्म ५ करोड ९३ लाख ९८ हजारभन्दा बढी रकम प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको छ । सङ्कटको बेला जनता आफै अग्रसर भएर सहयोग गर्दारहेछन् भन्ने यो राम्रो उदाहरण बनेको छ । अरुको मुख ताकेर कोही अगाडि बढ्न सक्दैन । जनतालाई विश्वास गर्नेहरूको लागि पैसा ठुलो कुरा होइन भन्ने भक्तपुरका जनताले राम्रो सन्देश दिए ।
ख्वप अस्पतालमा अक्सिजन प्लान्ट राख्न १ करोड ४१ लाख २५ हजार ल.ई. स्वीकृत भएकोमा हालसम्म रु. १ करोड २३ लाख ३६ हजार रुपैयाँ खर्च भएको ख्वप अस्पताल प्राविधिक शाखाले जनाएको छ । यी सम्पूर्ण खर्च प्रकोप व्यवस्थापन कोषले व्यहोर्ने निर्णय गरिसकेका छौं । साथै दुई वटा भेन्टिलेटर, पाँच वटा आइसीयूको टेन्डर भइसकेको छ भने अन्य आवश्यक स्वास्थ्य उपकरणहरू खरिदको लागि तयारी गरिरहेका छौँ ।
जनताले नगरपालिकाको आह्वानमा आर्थिक र भौतिक सहयोग गरेसँगै हामीहरूमा अझ चुनौती थपिएको छ । ख्वप अस्पताललाई जनताले अपनत्व स्वीकार गरेका छन् । जहाँ जनताले अपनत्व स्वीकार गर्छन् त्यहीँ राम्रो काम हुन्छ । यहाँ कार्यरत चिकित्सक, कर्मचारीहरूको व्यवहार अझ राम्रो बनाउने प्रयास गर्दैछौ । सकेसम्म हामीले सेवा सुविधामा सरल र सहज बनाउनेछौँ ।
नेपाल मजदुर किसान पार्टीलाई चिनियाँ कम्युनिस्ट पार्टीको तर्पmबाट प्राप्त स्वास्थ्य सामग्रीहरूमध्ये भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई १५ हजार थान एन ९५ मास्क, ५ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएकोमा नगरवासीहरूको तर्पmबाट नेमकिपामार्पmत चिनियाँ कम्युनिस्ट पार्टीलाई धन्यवाद दिन चाहन्छौं ।
कोभिड महामारीको बेला भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित चीनको तिब्बत स्वशासित क्षेत्रको शान्नान सहरले भक्तपुर नगरपालिकालाई १ वटा भेन्टिलेटर, ३२ वटा अक्सिजन कन्सन्ट्रेटर, ५० वटा आइसीयू बेड र १०० वटा अक्सिजन सिलिन्डर सहयोग ग¥यो । कोरोना महामारीबाट भक्तपुरका जनता पीडित भइरहेको यस्तो जटिल कठिन अवस्थामा शान्नान सहरले स्वास्थ्य सामग्रीहरू सहयोग गरेर एक असल मित्रको परिचय प्रस्तुत गरेको छ । त्यहाँका मेयरलगायत सम्पूर्ण पदाधिकारीहरूलाई पनि हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ ।
यससँगै ख्वप अस्पतालअन्तर्गत अक्सिजन प्लान्ट र स्वास्थ्य सामग्रीको लागि नेपालमा बसेका मात्रै होइनन् जर्मनी, अमेरिका, अस्ट्रेलिया, बेलायत, बेल्जियमलगायत विश्वका विभिन्न देशमा बस्नुभएका दाजुभाइ, दिदीबहिनीहरूले पनि सहयोग गर्नुभएको छ । विभिन्न देशबाट सहयोग संकलन गरी पठाएको कुल रकम रु.२६ लाख ६९ हजारभन्दा बढी रहेको पनि यहाँ जानकारी गराउन चाहन्छौँ । देश र विदेशमा बसेर पनि नगरवासीहरूको स्वास्थ्यप्रति चिन्ता लिएर आर्थिक तथा भौतिक सहयोग गर्ने विभिन्न सङ्घ–संस्था, भक्तपुरवासी र विभिन्न जिल्लावासी नागरिकहरू तथा विदेशमा बसेर नेपाललाई माया गरी सहयोग गर्ने दाजुभाइ तथा दिदीबहिनीहरूलाई भक्तपुरका जनताको तर्पmबाट हार्दिक आभार व्यक्त गर्दछौँ । तपाईँहरूको यो अमूल्य सहयोग हामी जनप्रतिनिधिहरूले कहिल्यै बिर्सने छैनौँ । हामीले जनताबीच काम ग¥यौँ, हुक्र्यौँ र यहाँहरूको निरन्तरको सहयोगले अझ बढी जनताको सेवामा जीवन समर्पित भएर लाग्न हौसला मिलेको छ ।
आजको यस कार्यक्रममार्पmत सम्पूर्ण नगरवासीहरूलाई प्राविधिक समस्या आएमा बाहेक अन्य अवस्थामा अक्सिजन अभाव हुन दिनेछैनौँ । दमका रोगीहरू र अन्य कारण अक्सिजन चाहिने बिरामीहरूको लागि सिलिन्डर लिएर आउनुहोस्, हामी तपाईँहरूलाई अक्सिजन भरेर पठाउँछौं । तपाईँहरूकै सहयोगले बनेको अक्सिजन प्लान्ट यो तपाईँ हामी सबैको साझा सम्पत्ति हो । ख्वप अस्पताल जनताको अस्पताल हो । यहाँ भएका कमी कमजोरीहरूबारे रचनात्मक आलोचनाको अपेक्षा गर्दछौँ ।
भक्तपुर नगरपालिकाको आ.व. २०७८।७९ को बजेट निर्माणमा केन्द्रित भएर काम गर्दै छौँ । यसर्थ, नगरपालिकामा ख्वप अस्पतालको लागि सहयोग गर्न चाहने दाजुभाइ, दिदीबहिनीहरूले नगरपालिकाले सार्वजनिक गरेको प्रकोप व्यवस्थापन कोषको बैङ्क खातामा जम्मा गर्नुहुन पनि अनुरोध गर्दछौँ । धन्यवाद !
(२०७८ साल असार १ गते भक्तपुुर नपाबाट सञ्चालित जनताको सहयोगबाट निर्मित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट उद्घाटन समारोहमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *