भर्खरै :

प्रजातन्त्र – आफ्नै खुट्टामा उभिऔँ !

कोभिड–१९ ले नेपाली जनतालाई जति चर्को झट्का दियो, त्यत्तिकै झट्का ‘गणतन्त्र’ र ‘सङ्घराज्य’ ले दियो । केन्द्रमा शासक दलहरू एमाले ं एमाओवादी (नेकपा) आपसमा गालीगलौज, भनाभन, पोलापोल एवम् हुर्मत लुट्दै ‘राजनीति’, ‘समृद्धि’ र ‘राष्ट्रिय एकता’ को ‘समूह गान’ गाइरहँदा प्रदेशमा शासक दलहरूबीच बोलचाल बन्द, ईष्र्या, द्वेष र क्रोधले आफैलाई खाइरहेको थियो ।
प्रजातन्त्रको जग भनिने ‘गाउँपालिका’ र ‘नगरपालिका’ हरू राज्यविहीन अवस्थामा पुगे र ‘दैवको भरमा’ कोरोनासँग जनता लड्दै थिए । नेपालमा कोरोना हवाइजहाजमा विदेशबाट यात्रा गरेर आएको थियो, भारतमा काम गर्ने नेपालीहरू भारतबाट पीडित भएर फर्केका थिए । तर, रोगको परीक्षण, उपचार र एकान्तवासको बन्दोवस्त नहुँदा मानिस तराईबाट पहाड पुग्दा कोरोना जनताबीच छरियो, त्यही रोग परिवार, गाउँ र जिल्लामा छरियो । नेपाल पनि कोरोना पीडितको नम्बरमा चुलियो ।
तब, गाउँका जनप्रतिनिधिहरू, समाजसेवी र जनताको सेवामा लाग्ने उद्देश्य लिएका राजनीतिक कार्यकर्ताहरूले आ–आफ्नो गच्छेअनुसार गाउँ र सहरमा अस्पताल, स्वास्थ्य केन्द्र र चिकित्सकहरूको सल्लाहअनुसार गाउँ र वडामा दोहो¥याए – आपसमा दुई मिटर टाढा रहनू, नाक र मुख छोपिने गरी मास्क लगाउनू, बारम्बार हात साबुन पानीले धुनू र स्यानिटाइजर (कीटाणु मार्ने औषधी) लगाउनू आदि ।
परिस्थितिले सबैलाई सजग बनायो, अब सरकारको भरमा भन्दा आफ्नै जनताको भरमा उभिनुपर्ने ज्ञान नेपाली जनतामा जाग्यो । प्रदेश र केन्द्रको मुख ताकेर बस्ने काम छोडियो ।
राजधानी, व्यापारिक नगर र सहरी बजारहरूका निजी एवम् सरकारी अस्पतालमा शøया खाली भएन, अक्सिजन समाप्त भयो, अन्य उपकरणको अभाव भयो, रोगी जाँच्न डाक्टर र स्वास्थ्यकर्मीहरूको कमी भयो । अनि, देशमा हाहाकार मच्चियो !
चिकित्सक र स्वास्थ्यकर्मी तथा बिरामीका अभिभावकबीच भारतमा जस्तै झडप र भिडन्त सुरु भयो । यस्ता समाचारहरू विदेशी सञ्चारमाध्यममा पनि छापिए, नेपाली राजदूतावासहरूका घण्टी बजे, मित्र राष्ट्रका जनताले चासो राख्न थाले, सरकारलाई पनि मित्रहरू गुहार्न बाध्य पारियो । आ–आफ्ना पालिकाहरूले रोगी र जनतालाई सक्दो सहयोग गरे । चन्दा उठाए, एकान्तवासको प्रचार बढ्यो, सङ्कटमा परेका जनताको घर – घरमा खाद्य सामग्री, साबुन, मास्क र स्यानिटाइजर पुग्यो ।
भक्तपुर नगरपालिकाले आफ्ना रोगीको निम्ति अक्सिजनको कमी हुने सम्भावना देख्नासाथ जनता गुहा¥यो । सहकारी संस्था, विद्यालय, कलेज, सङ्घ–संस्था र समूह एवम् व्यक्तिगतरूपमा पनि आर्थिक सहयोग र भौतिक सहयोग जम्मा भयो । मित्र देशका राजनीतिक पार्टी र भगिनी नगरपालिकाबाट पनि अक्सिजन उत्पादन यन्त्र, अन्य उपचारका सामान, एक लाख मास्क हवाईजहाजबाट आइपुग्यो । जनतामा ठूलो राहतको भावना जाग्यो र मित्र पार्टीका सामानलाई नेमकिपाका कार्यकर्ताहरूले जिल्ला–जिल्लाका अस्पतालहरूमा पु¥याउने काम गरे । अन्य जिल्लाका नगरपालिका र गाउँपालिकाका जनता एवम् जनप्रतिनिधिहरू पनि सक्रिय देखिए ।
तर, ठूला पत्रिकाहरूले लेखे, ‘ओलीमाथि नेपाल पक्षको दबाब, एकताका लागि तीन प्रदेशमा निःसर्त समर्थन’, ‘आयोगको निर्णयले ठाकुरलाई राहत, उपेन्द्र आक्रोशित’ (नागरिक दैनिक, ३१ जेठ, २०७८) । ‘रामेछापमा दोहोरो सुविधा बुझ्दै जनप्रतिनिधिहरू’, ‘कैलालीमा लुकीछिपी भित्रिनेले बढाए जोखिम’ (नेपाल समाचारपत्र, ३१ जेठ, २०७८) । ‘एक रुपैयाँको पारासिटामोलको मूल्य तीन रुपैयाँ पु¥याउन दबाब’ (नयाँ पत्रिका, ३१ जेठ, २०७८) ।
यसैले जनता सचेत हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *