भर्खरै :

राजनीतिक भाँडभैलोको प्रतिविम्ब नीति तथा कार्यक्रममा

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम कोभिडसँग लडिरहेका स्वास्थ्यकर्मीहरूका निम्ति प्रेरणा भएर, उत्साह भएर आउनुपथ्र्यो । सर्वसाधारण जनताका निम्ति, कोभिडविरुद्धको खोप भएर आउनुपथ्र्यो । व्यापक जनताका निम्ति, प्रदेशवासीका निम्ति सुखद सन्देश भएर आउनुपथ्र्यो । तर, ती सामान्य उत्साहको विन्दु भएर पनि आउन नसक्दा यो अत्यन्त अस्पष्ट, अन्योलग्रस्त तथा कमजोर सरकारले ल्याएको त्योभन्दा पनि महाकमजोर नीति तथा कार्यक्रमको रूपमा देख्यौँ जुन दुःखद छ  । साथसाथै, यो ४५ पृष्ठको नीति तथा कार्यक्रम पढिरहँदा अत्यन्त अल्छी मान्छेको लामो हाइजस्तो देखियो ! त्यो आफैमा पनि दुर्भाग्यपूर्ण छ । यतिखेर विपत्को बेला जनताले ठूलो अपेक्षा राख्नु स्वाभाविक हो । तर, सरकारले जनताको त्यो अपेक्षाको सम्बोधन गर्न नसक्दा भोलि के दुर्घटना हुने हो त्यसको सम्पूर्ण दोष या जिम्मेवारी स्वयम् सरकारले लिनुपर्ने हुन्छ । जसरी हिजोका दिनमा ३ वटा कार्यक्रम टालटुले खालका आए यो पनि त्यस्तै टालटुले छ । सरकारले आफ्नो इज्जत जसोतसो धान्ने असफल प्रयास गरेको प्रतीत हुन्छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम पढिरहँदा सानो घटना या एउटा कथा याद आयो । एउटा सीसाको बट्टाभित्र काला र राता कमिलाहरू आनन्दले चिनी खाइरहेका थिए । अकस्मात् एकजना मान्छेले त्यो बट्टा बेस्सरी हल्लायो र टेबलमा खन्याइदियो । त्यतिखेर काला कमिलाहरूले राता कमिलाहरूलाई र राता कमिलाहरूले काला कमिलालाई ‘यिनीहरू त मेरा दुश्मन हुन्’ भन्दै एकले अर्कालाई मार्न थालेछन् ।
ठिक त्यही परिस्थिति अहिले प्रदेशसभामा र हाम्रो देशमा देखिन्छ । कसले हल्लायो बट्टा ? त्यतातिर होइन, अब एकले अर्कालाई सिध्याउनुपर्छ भन्ने कठोर प्रतिस्पर्धामा लागिरहेको हामी देख्दै छौँ । त्यही विम्ब प्रतिविम्ब यो नीति तथा कार्यक्रममा पनि देखिन्छ । देशको दुर्भाग्य यही नै हो । नीति तथा कार्यक्रमको प्राथमिकतामा हुनुपथ्र्यो एउटा, तर अर्कोतिर प्राथमिकता छ । ‘काम कुरो एकातिर कुम्लो बोकी कतातिर’ भनेझैँ स्थिति दुर्भाग्यपूर्ण छ । तीन वर्ष अगाडिको नीति तथा कार्यक्रम त खेर गयो लौ ! कमसेकम यो चौथो भएपनि खेर नजाने अपेक्षा सामान्यरूपमा हामीले लिएका थियौँ तर त्यो हुन सकेन । यो विडम्बना हो । त्यस आधारमा हामी यसको विरोध गर्दछौँ । साथसाथै, यसमा ‘सु–संस्कृत तथा सुखी जनता, समाजवादउन्मुख समृद्ध प्रदेश’ नारा दिइयो । नारा दिँदा अलिकति पछाडि हेरौँ ! अलिकति अगाडि हेरौँ ! आफूले आफैलाई ऐनामा हेरौँ !

यहाँ धेरै विडम्बनाका कुराहरू आए । एउटा सुखद खबर सुनाउँछु । यही प्रदेशभित्रको एउटा अस्पताल ख्वप अस्पतालले आजको दिनसम्ममा करिब ६ करोड रुपैयाँ जनसहयोगबाट जुटाइसकेको छ । त्यहीँकै स्थानीय वासिन्दा, केही विभिन्न जिल्लाका वासिन्दाले अक्सिजन प्लान्ट, भेन्टिलेटर तथा आईसीयूका लागि, भक्तपुर नगरपालिकालाई ख्वप अस्पताल सञ्चालन गर्नका निम्ति आर्थिक सहयोग गरे । केन्द्रीय सरकार र प्रदेश सरकारले नदिनाले जनताले दिए । फेरि पनि प्रदेश सरकारले ध्यान दिन नसकेको खण्डमा अर्को जवाफ नेपाली जनताले दिनेछन् । साथसाथै, म यहाँहरूसमक्ष भन्न चाहन्छु – आज यो दुर्घटना, यो बेथिति जुन हामी देखिरहेका छौँ त्यो सुखद जरुर होइन । नेपाली जनतालाई पनि राम्ररी थाहा छ, ख्वप अस्पतालमात्र होइन, ख्वप विश्वविद्यालयकै माग गरिएको थियो ।

अहिले हामीले संस्कार बिर्सिरहेका छौँ । सामान्य संस्कार समेत प्रदर्शन गर्न सकिराखेका छैनौँ । राजनीतिक संस्कार, सामाजिक जीवनको संस्कार सबैसबै बिर्सिरहेको परिस्थितिमा सु–संस्कृत र सुखी जनताको जुन हामीले नारा दिइरहेका छौँ यो आफैमा हाँसोउठ्दो खालको छ, हास्यास्पद खालको छ । त्यो हुनु हुन्थेन । कमसेकम अब समाजवादउन्मुख भन्न छोडौँ, प्रायश्चित गरौँ ¤ हामीले समाजवाद ढाँटको रूपमा, छलकपटको रूपमा प्रयोग ग¥यौँ ! समाजवादको बाटोमा जाने हो भने एउटा उदाहरण दिन्छु – क्युवा भन्ने सानो एउटा देशले कोभिडविरुद्धको पाँचवटा खोप विकास ग¥यो । सोबेराना र अबडाला गरी दुईवटा खोप त प्रयोगमा ल्याइसकेको छ । आजको दिनसम्म त्यहाँका ३० लाख जनतालाई खोप दिइसकिएको छ । हामी के गर्दै छौँ ? हामी खोप ल्याउन पनि असफलसिद्ध हुँदै छौँ । अनि, हामीले ठूल्ठूला कुरा गरेर हुन्छ ? त्यसकारण, समाजवादले के गर्छ ? त्यो क्युवाले उदाहरण देखाउँदै छ । प्रजग कोरियाले सिङ्गो देशलाई कोभिडमुक्त बनायो । चीनले के ग¥यो यहाँ उल्लेख गरिराख्नुपर्दैन । वास्तविक समाजवादको तागत के हो र नारामात्र दिनेहरूको अवस्था के हो भन्ने कुरा यो भाँडभैलो, यो गाईजात्राबाट प्रस्ट हुन्छ । होइन, प्रायश्चितवश मात्र समाजवाद भनिएको हो भने, भोलि तुरुन्त चुनाव आउँदै छ । त्यसकारण, समाजवाद नभनेको खण्डमा हालत खराब होला भनेर मात्र भनिरहेको हो भने प्रस्ट भन्नुप¥यो ! हिजो मनमोहन अधिकारीले फ्रान्सको पेरिसमा पुगेर भनेकै हुन्, “कम्युनिस्ट नाम ‘कोकाकोला’ जस्तै ब्रान्ड मात्र हो !” आज फेरि एकचोटि भन्नुप¥यो ! कसले भन्ने हो जिम्मेवारी बाँडफाँट तपाईँहरू आफै गर्नुहोला ! यहाँ जतिसुकै कम्युनिस्ट सरकार भनी दाबी गरिए पनि सरकारको यो नीति तथा कार्यक्रम स्वयम्ले त्यसको खण्डन गरेको छ । देशभक्तीको कुरा त हिजोको नागरिकता अध्यादेशले प्रस्ट पारेको छ । यो नीति तथा कार्यक्रमले पनि धेरै कुरा बताउँछ । साथै, यसमा जुन किसिमले शिक्षाको क्षेत्रमा राहत आउनुपथ्र्यो, शिक्षा क्षेत्रमा गतिलो पाइला चाल्ने गरी आउनुपथ्र्यो, शिक्षा क्षेत्रमा लागिरहेका शिक्षक–कर्मचारीहरूको विषयमा बोल्नुपथ्र्यो त्यो विषयमा उल्लेख्य केही आइरहेको छैन ।
यहाँ धेरै विडम्बनाका कुराहरू आए । एउटा सुखद खबर सुनाउँछु । यही प्रदेशभित्रको एउटा अस्पताल ख्वप अस्पतालले आजको दिनसम्ममा करिब ६ करोड रुपैयाँ जनसहयोगबाट जुटाइसकेको छ । त्यहीँकै स्थानीय वासिन्दा, केही विभिन्न जिल्लाका वासिन्दाले अक्सिजन प्लान्ट, भेन्टिलेटर तथा आईसीयूका लागि, भक्तपुर नगरपालिकालाई ख्वप अस्पताल सञ्चालन गर्नका निम्ति आर्थिक सहयोग गरे । केन्द्रीय सरकार र प्रदेश सरकारले नदिनाले जनताले दिए । फेरि पनि प्रदेश सरकारले ध्यान दिन नसकेको खण्डमा अर्को जवाफ नेपाली जनताले दिनेछन् । साथसाथै, म यहाँहरूसमक्ष भन्न चाहन्छु – आज यो दुर्घटना, यो बेथिति जुन हामी देखिरहेका छौँ त्यो सुखद जरुर होइन । नेपाली जनतालाई पनि राम्ररी थाहा छ, ख्वप अस्पतालमात्र होइन, ख्वप विश्वविद्यालयकै माग गरिएको थियो । पक्षपातकै कारण, जातीय दमनकै शैलीमा ख्वप विश्वविद्यालय दिइएन । ख्वप विश्वविद्यालय हिजो दिएको भए आजको यो चिकित्सा क्षेत्रमा अर्को ‘चमत्कार’ देख्न पाउने थियौँ, जसरी ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले प्राविधिक क्षेत्रमा ‘चमत्कार’ देखाए ! यो वास्तविकताबारे आज नेपाली जनता चर्चा गर्दै छन् । यो काम हाम्रै स्थानीय नगरपालिकाले गरेको हो । त्यस्ता उपलब्धिलाई हामीले किन अस्वीकार गर्ने ? फरक पार्टीले गर्दैमा दमन गर्नैपर्छ ? त्यो मानसिकता, त्यो सङ्कीर्णता, त्यो सङ्कुचित सोचबाट हामी पे्ररित नहोऔँ ! अबका दिनमा नेपाली जनतालाई मेडिकल क्षेत्रमा कसरी सुख–सुविधा दिने ? ख्वप विश्वविद्यालय, ख्वप अस्पताल लगायतका नमुना अस्पताल र नमुना शैक्षिक क्षेत्रलाई हामीले कसरी अगाडि बढाउने ? त्यो विराट सोचका साथ जान सकेको खण्डमा र ती नमुनालाई ठाउँ–ठाउँमा, जिल्ला – जिल्लामा प्रयोगको रूपमा अगाडि लान सकेको खण्डमा मात्र कोभिड र कोभिडपछि पनि जित्न सक्नेछौँ । यस नीति तथा कार्यक्रममा कोभिडको तयारी पनि छैन र कोभिडपछि मनोवैज्ञानिक, आर्थिकलगायत जेजस्ता घटना हामीले देख्नेछौँ, दुर्घटनाहरू देख्नेछौँ त्यसको तयारीबारे पनि यसमा उल्लेख छैन । यस आधारमा यो विडम्बनापूर्ण छ ।
(बागमती प्रदेश सरकारले पेश गरेको आव २०७८–७९ को नीति तथा कार्यक्रममाथि जेठ २८ गते भएको छलफलमा नेमकिपाका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले व्यक्त गर्नुभएको विचारको सारसङ्क्षेप ।–सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *