प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
भक्तपुर, असार २ । चिनियाँ कम्युनिस्ट पार्टीको सयौँ वर्षगाँठको अवसरमा काठमाडौँस्थित चिनियाँ दूतावासको आयोजनामा बुधबार अनलाइन प्रवचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा साङ्गहाई नगरपालिकाको आर्थिक केन्द्र फुतोङ्ग क्षेत्रमा रहेको कार्यकारी नेतृत्व प्रतिष्ठान (कार्यकर्ता प्रशिक्षण प्रतिष्ठान) को अन्तर्राष्ट्रिय आदानप्रदान तथा कार्यक्रम विकास विभागका उपनिर्देशक तथा पार्टी सचिव प्राध्यापक लिउ कनफाले चिकपाको इतिहास र कोरानाविरुद्धको लडाइँमा चीनको अनुभवबारे प्रवचन दिनुभएको थियो ।
प्राध्यापक लिउले “इतिहास सबभन्दा राम्रो शिक्षक हो” भन्ने राष्ट्रपति सि चिनफीङ्गको भनाइ उद्धृत गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास पार्टी कार्यकर्ताहरूको निम्ति अनिवार्य पाठ्यपुस्तक रहेको बताउनुभयो । सय वर्षको इतिहासमा चिकपाले क्रान्तिकारी सिद्धान्तको खोज, पार्टी निर्माण र सङ्घर्षको नागबेली बाटो छिचोलेको बताउँदै हाल चिकपामा ९ करोड १० लाख पार्टी सदस्य र ४७ लाख एकाइ समितिहरू रहेको बताउनुभयो । जनताको जीवनस्तर उठाउने र चिनियाँ राष्ट्रको पुनरुदोय नै चिनियाँ सपना भएको बताउँदै उहाँले सन् १९२१ मा चिकपाको स्थापना, १९४९ मा चिनियाँ क्रान्तिको विजय र १९७८ मा सुधार र खुलापनको सुरुवात चिनियाँ सपना साकार पार्नेतर्फ महत्वपूर्ण तीन घटना भएको बताउनुभयो । सुधार र खुलापनले चीनलाई समयको गति समात्न, चिनियाँ शैलीको समाजवाद विकास गर्न, विकासमा नयाँ अवधारणा अँगाल्न र उच्च गुणस्तरको विकास पछ्याउन समर्थ बनाएको तर्क उहाँले गर्नुभयो ।
चिनियाँ जनताको जीवनस्तर सुधार्नमा निरन्तर मिहिनेत गरिरहेको हुँदा चिकपाप्रति जनताको समर्थन र सहयोग रहेको उहाँले बताउनुभयो । स्वाभिमानी र उच्चस्तरको जीवनको निम्ति जनताको आशा र आकाङ्क्षा पूरा गर्न स्थापनाकालदेखि नै चिकपाले सही दिशा निर्धारण, सङ्गठन निर्माण र सङ्गठन परिचालन क्षमता विकासमा गर्न जोड दिँदै आएको र नयाँ युगमा आर्थिक, राजनैतिक, सांस्कृतिक, सामाजिक र पर्यावरणीय विकास गरी चीनको समग्र विकासमा चिकपाको जोड रहेको बताउनुभयो । “विकास, सुधार र स्थायित्व चिकपाका महत्वपूर्ण उपलब्धिहरू हुन्”, उहाँले थप्नुभयो ।
कोरोना महामारीको क्रममा गत साल साङ्गहाईस्थित आफू बसेको आवास क्षेत्रमा स्थानीय पार्टी समितिसँगको समन्वयमा महामारी रोकथाम र नियन्त्रणमा खटिएको प्रत्यक्ष अनुभव सुनाउँदै उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व, महामारीको रोकथाम र नियन्त्रणमा वैज्ञानिक तरिकामा जोड र सङ्गठन परिचालन उच्च क्षमताका कारण चीनले कोरोना महामारीमाथि विजय पाउन सकेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीसहित नेपालका ६ वटा राजनैतिक पार्टीका प्रतिनिधिहरू सहभागी रहेको प्रवचन कार्यक्रम नेपालस्थित चिनियाँ राजदूत हऊ यानछीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा उहाँले चीन – नेपाल सम्बन्ध चिकपा र नेपालका राजनैतिक पार्टीहरूको सम्बन्धमा सीमित नभएको बरु दुई देशका जनता तहसम्मै बलियो रहेको बताउनुभयो । एक अर्काको सार्वभौमिकता, मूल्य मान्यता र संस्कृति सम्मान रहेको कारण चीन – नेपाल सम्बन्ध मैत्रीपूर्ण रहेको उहाँले बताउनुभयो । सहभागी सबै राजनैतिक पार्टीहरू जनगणतन्त्र चीनको एक चीन नीतिमा बलियो समर्थन र सद्भाव रहेकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
Leave a Reply