आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
तस्वीरः सेतोपाटी
काठमाडौँ, २ असार । यसपालि असारको पहिलो दिनमै देशका विभिन्न स्थानको बाढी–पहिरोले भौतिक र मानवीय क्षति पु¥याएको छ । मनसुन सुरू भएसँगै लगातार परेको पानीले सिन्धुपाल्चोकदेखि बाजुरासम्म बाढी–पहिरो आएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म बाजुरामा दुई जना बगेर बेपत्ता भएका छन्, गोरखामा एक जनालाई खोलाले बगाएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले दिएको जानकारीअनुसार हेलम्बु गाउँपालिकामा मङ्गलबार साँझ आएको बाढीमा परी ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यहाँ केही मानिसहरू बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बजारमा क्षति पु¥याएको छ । बाढीका कारण होटल छतमा फसेका दुई जनालाई बुधबार नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ । यसैगरी, लमजुङको दोर्दीखोलामा मङ्गलबार साँझ आएको बाढीले हिलेबजारको १३ घर बगाएको छ ।
स्थानीय क्षितिज लामाका अनुसार मङ्गलबार साँझ ६ बजेदेखि बजारमा खोला पसेको थियो । रातभरि खोलाले बजारका घरहरू बगाउन थालेको र अहिले पनि जारी रहेको उहाँले बताउनुभयो । “कोही त मेला गएका थिए, साँझ घर आउँदा बगाइसकेको थियो । राति घर बगाउँदा मान्छे भागेर ज्यान जोगाए, सामान निकाल्न पाएनन् । बाढीले भत्काउन लागेका घरका सामान निकाल्न आफूहरू लागिपरेका छौँ” लामाले भन्नुभयो ।
लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले हिलेबजारका स्थानीयको उद्धारमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली खटाएको बताउनुभयो । मनाङको ङावलमा पहिरोले मस्र्याङ्दी नदी थुनिएको छ । बुधबार बिहानै पहिरो झरेर नदी थुनिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । नदी थुनिएपछि चामे र ताल गाउँलगायत तल्लो तटीय क्षेत्रमा झन् जोखिम बढेको सिडिओ लामिछानेले बताउनुभयो ।
राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङका अनुसार बाढी पहिरोले मनाङको चामे र तालगाउँमा ५ सय जना मानिस विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको पहिरोले ठाउँ–ठाउँमा सडक अवरूद्ध भएको छ ।
केन्द्रका प्रमुख तामाङका अनुसार अहिले पर्वत–बाग्लुङ, बेँसीसहर–मनाङ, बुटवल–तानसेन, गोरुसिंङे–सन्धिखर्क सडक खण्डमा पहिरो खसेको छ । त्यस्तै सल्यानको कपुरकोटमा पहिरोले सडक अवरूद्ध भएको छ भने साँफे–मार्तडी सडकमा ठाउँ–ठाउँमा पहिरो खसेको छ, त्यस्तै जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीमा पहिरोले बाटो रोकेको छ ।
पूर्व–पश्चिम राजमार्गको देवदहमा डाइभर्सन बनाएर सडक खुलाउने प्रयास भइरहेको प्रमुख तामाङले जानकारी दिनुभयो । बाढी–पहिरोको बितन्डाले पीडित भएका नागरिकलाई सरकारले राहत दिने भएको छ । “अहिले हामी मनाङ र मेलम्चीमा गैरखाद्यान्न सामग्रीहरू पठाउँदै छौँ,” प्रमुख तामाङले भन्नुभयो । मनाङमा विस्थापित भएका पाँच सय बढीलाई सेनाको हेलिकप्टरबाट त्रिपाललगायत सामान पठाउन लागिएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच मौसमविद्हरूले अझै १÷२ दिन बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सचेतता अपनाउन आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका थोरै स्थानमा आज–भोलि धेरै भारी वर्षा हुने सम्भावना छ ।
पछिल्लो २४ घण्टामा देशभरि सबैभन्दा धेरै पानी पोखरामा ११० मिलिमिटर परेको छ भने भैरहवामा ८२, धनगढीमा ५२, घोराहीमा ५० मिलिमिटर वर्षा रेकर्ड भएको महाशाखाले जनाएको छ ।
Leave a Reply