नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
प्रधानमन्त्री केपी शर्मा ओली पटक–पटक सत्तामा टाँसिरहेको भन्दै विभिन्न पक्षले अनेक अड्कल गरिरहेका छन् । अरूको ‘उक्साहतमा पदमा बसिरहेको’ भन्नेहरू पनि छन् । नेपालका पूर्वप्रधानमन्त्रीहरूले पनि यही आशयको आरोप लगाए । कतिलाई लाग्दो हो, प्रम ओलीले खुरुक्क राजीनामा दिएर गएका भए थोरै समय भए पनि आप्mनो पालो आउँदा हुन् । पद र पैसाको निम्ति फोहरी खेल खेल्ने शासकहरूलाई लडाइँको मैदान छोडेर भाग्ने सिपाही र राजनैतिक मैदानबाट भाग्ने नेता उस्तै हुन् भन्ने हेक्कासमेत नभएको देखियो । बाह्य शक्तिले के भन्छ भन्ने कुरामा उनीहरूको आप्mनो विश्लेषण र स्वार्थ होला । नेपालका शासक दलका नेताहरूले बाह्य शक्तिको आडमा सत्ताको दुरूपयोग गर्नु नेपाल र नेपालीको निम्ति विडम्बना हो ।
मधेसवादी दलहरू जसलाई भारत आप्mनो नजिक ठान्दछ तिनकै एक समूहलाई प्रम ओलीले आप्mनो सरकारमा सामेल गराउनुमा भारतको समर्थन भएको धारणा चर्चामा छ । महन्थ ठाकुर समूहको मागबमोजिम प्रम ओलीको सरकारले नागरिकता अध्यादेश जारी गरेको भनिन्छ । भारतीय कूटनीतिज्ञहरूका अनुसार ‘भारतीय आमाहरूबाट जन्मेका बालबच्चालाई नागरिकता दिन सजिलो गरी ल्याइएको अध्यादेश भारतका लागि रुचि र अनुकूलको विषय’ भनिएको छ । ‘माओवादीको कारण गृहयुद्ध भइरहेको बेला माओवादीहरूलाई मूलप्रवाहीकरण गर्ने मनसायसहित सन् २००५ मा भारतले नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा दलहरूबीच इमानदार मध्यस्थकर्ताको रूपमा भूमिका निर्वाह गरेको हो’ भन्ने भारतीय कूटनीतिज्ञको भनाइ सार्वजनिक भएको छ । नेपाली काङ्गे्रससँग परम्परागत सम्बन्ध रहेको पनि व्यक्त भएको छ ।
राजनीतिक, आर्थिक, सामाजिकलगायतका नेपालको आन्तरिक मामिलामा बाह्य शक्ति निम्त्याएर हस्तक्षेप गराउने काममा नेपालकै शासक दलहरू भएको प्रस्ट छ । एक अर्कालाई दोषारोपण गरेर शासक दलहरू मुक्त हुनसक्दैनन् । भारतीय शासकहरूले नेपालको अस्थिर राजनीतिबाट फाइदा लिन एक–एक गरी कमजोर घोडा फेरेजस्तै नेपालमा शासक दलहरू फेर्ने गरेको वास्तविकता हो । नेपाली काङ्ग्रेस, एमाले, माओवादी, मधेसवादी दल, राप्रपालगायतलाई दिल्ली दरबार र लैनचौरमा गोप्य भेटघाट हुने गरेको देखे भोगेकै हो । कतिपय अवस्थामा नेपालका शासक दलका नेताहरूको घर–घरमा खुलारूपमै स्वागत सत्कार गरिएको थियो । त्यसकारण दोष पन्छाएर होइन दोषमुक्त भएर अगाडि बढ्नु नै बुद्धिमानी हुनेछ ।
Leave a Reply