स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
कुनै पनि दल या दलको सरकारले बाह्य हस्तक्षेप स्वीकार्नु हुँदैन । बाह्य हस्तक्षेप जसको पालामा भए पनि त्यो निन्दनीय छ । केपी ओलीको पालामा बाह्य मुलुकको हस्तक्षेप भएको छैन भन्न मिल्दैन । तर, ओलीको सरकार बनेदेखि बाह्य हस्तक्षेप र चलखेल बढेको भन्ने कुरा सही होइन । बाह्य हस्तक्षेप बढी त नेकाको पालामा भएको थियो । त्यस्तै अन्य सरकारको पालामा पनि बाह्य हस्तक्षेप भएको पाइन्छ । नेपालमा बाह्य हस्तक्षेप भारतबाट भइरहेकोमा शङ्का छैन । बेलाबखत संयुक्त राज्य अमेरिकाको पनि नेपालमा हस्तक्षेप भएको अर्को यथार्थ हो । आखिर नेपाललाई भारत र अमेरिका किन हस्तक्षेप र दबाब दिन्छन् ? के नेपाल सरकारको कमजोरीको फाइदा उठाउन विदेशी शक्ति राष्ट्रको हस्तक्षेप भएको हो ?
कम्युनिस्ट पार्टी र कम्युनिस्टको सरकार बाह्य हस्तक्षेप कदापि स्वीकार्दैनन् । उनीहरू विस्तारवाद, साम्राज्यवाद, सामन्तवाद र पुँजीवादको विरोध गर्छन् । कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् । उनीहरू स्वदेशी र विदेशी शक्तिसामु झुक्दैनन् । उनीहरू लोभलालचमा फस्दैनन् । विदेशी सहयोग पाउने नाउँमा असमान सन्धि र सम्झौता गर्दैनन् । कहीँ कतैबाट विदेशी हस्तक्षेप गर्न खोजिएमा, भएमा कडा प्रतिकार गर्छन् । यो प्रत्येक कम्युनिस्ट पार्टी र कम्युनिस्ट सरकारको जिम्मेवारी हो । यो जिम्मवारी पूरा गर्नुपर्छ ।
नेपालमा कम्युनिस्ट पार्टीको सरकार छ भनिन्छ । सत्तारुढ दलले नेपालमा कम्युनिस्ट पार्टी छ भन्ने कुरा विश्वका विभिन्न मुलुकमा फुक्यो । तर, देशमा कम्युनिस्टको सिद्धान्त र विचार कार्यान्वयन भइरहेको छैन । कुनै पनि सरकारको पहिलो जिम्मेवारी देश बचाउनु हो, देश बचाउन बाह्य हस्तक्षेपको विरोध गर्नु हो, त्यसबारे जनतालाई सुसूचित पार्नु हो । देशका सेना, सशस्त्र प्रहरी र सुरक्षाकर्मीलाई पनि सुसूचित पार्नुपर्छ । नेपालप्रति भारतले हेर्ने नजर ठीक छैन । भारतले नेपाललाई हेयको दृष्टिले हेरेको पाइन्छ, केही गर्न नसक्ने कमजोर देशको रूपमा हेरेको छ । भारतका पूर्वराजदूत मनजितसिंह पुरीले तराईको मागमा ओलीले ल्याएको नागरिकता अध्यादेश भारतका लागि रुचि र अनुकूल भएको बताए । नागरिकता अध्यादेश जसपाको दबाबमा ल्याइएको हो । यसले थाहा हुन्छ, भारतको स्वार्थ पूरा गर्न जसपा प्रयोग भइरहेको छ ।
विदेशी हस्तक्षेपमा दल र सरकार प्रयोग हुनु हुँदैन । विदेशी हस्तक्षेप एकचोटि स्वीकारेपछि फेरि फेरि विदेशी हस्तक्षेप गर्न शक्ति राष्ट्र पछि हट्दैन । नेपालमा भारतीय हस्तक्षेप बढ्नुको कारण नेपाल सरकार कमजोर भएकोले पनि हो । यसकारण देशका सबै दल, सङ्घसंस्था, सत्तारुढ दल र सरकार चनाखो हुनुपर्छ । विदेशी हस्तक्षेपको सङ्केत देखियो कि सबैले एकै स्वरमा एकढिक्का भएर विरोध गर्नुपर्छ, देशलाई बचाउनुपर्छ ।
Leave a Reply