प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
भक्तपुर, ६ असार । नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा शनिबार समसामयिक विषयमा अनलाइन प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना महामारीको कारण तुलनात्मकरूपमा धनीभन्दा गरिब जनताको निधन भएको बताउनुभयो ।
उहाँले अक्सिजन, आईसीयू र भेन्टिलेटरको अभावको कारण धेरै जनताले अकालमा मृत्युवरण गर्नुपरेकोले भक्तपुर नगरपालिकाले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्नुपरेको र त्यस कार्यमा जनताको अपार सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो ।
कोरोना नियन्त्रणमा समयमै सरकारको ध्यान नगएकोले धेरै जन–धनको क्षति व्यहोर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।
समाजवादी व्यवस्थामा जनताको सेवा गर्न सकिने धारणा राख्दै केन्द्रीय सदस्य प्रजापतिले चीन सरकारले १० दिनमा ठूला अस्पतालहरू बनाएर कोरोना नियन्त्रणमा उदाहरणीय कार्य गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ख्वप अस्पतालको लागि नेपाल सरकारले अनुदान उपलब्ध नगराए पनि भक्तपुरका जनताले उदाहरणीय आर्थिक सहयोग गरेका छन् । जनताको सहयोगप्रति भक्तपुर नगरपालिका सदा ऋणी रहनेछ । जनताको सहयोगबाट सुरु भएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन नगरवासीलाई निःशुल्करूपमा वितरण गरिने व्यवस्था गरिएको छ ।”
भनपाका जनप्रतिनिधिहरूले नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार काम गरिरहेको धारणा राख्दै उहाँले भन्नुभयो, “हामी जे भन्छौँ त्यो गरेर देखाउँछौँ । जनताको निःस्वार्थपूर्वक सेवा गर्नेबाहेक हाम्रो अरू कुनै स्वार्थ छैन ।”
पुँजीवादी व्यवस्थाको उद्देश्य नै नाफा कमाउने भएको स्पष्ट पार्दै केन्द्रीय सदस्य प्रजापतिले पुँजीवादी व्यवस्थाले कामदार जनताको सेवा नगर्ने भएकोले पुँजीवादी व्यवस्थालाई उल्ट्याउन समाजवादी क्रान्ति आवश्यक भएको बताउनुभयो ।
प्रम केपी ओलीले गरेको संसद् विघटनबारे पार्टीको धारणा राख्दै उहाँले भन्नुभयो, “बहुदलीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार हुन्छ । अहिलेको स्थितिमा ताजा जनादेशको लागि निर्वाचनमा जानु नै सबभन्दा उपयुक्त विकल्प हो । निर्वाचनबाट भाग्ने पार्टीहरू प्रजातान्त्रिक हुनसक्दैनन् ।”
नागरिकता निकै संवेदनशील विषय भएकोले अध्यादेशमार्फत नागरिकता विधेयक ल्याउनु देशघाती कदम भएको धारणा राख्दै उहाँले भन्नुभयो, “जन्मको आधारमा वंशजको नागरिकता दिनु नेपालको परिवेशमा देशघाती कदम हो । यसै अध्यादेशको आधारमा विदेशीलाई नागरिकता प्रदान गरेमा केही समयकै अन्तरालमा नेपालमा नेपालीभन्दा विदेशी मूलका नागरिक बढी हुनेछन् । देशको महत्वपूर्ण पदमा तिनीहरू पुग्नेछन् ।”
भारतीय विस्तारवादी नीति नै नेपालको प्रमुख समस्या भएको चर्चा गर्दै उहाँले नेपाल–भारतबीचको खुला सीमा नियमित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भारतीय शासक वर्गले नेपाललाई फिजीकरण गर्न शासक दलहरूलाई प्रयोग गरिरहेको स्पष्ट पार्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईंले कोरोना महामारी अहिले पनि बाँकी रहेकोले यसबाट बच्न जनतालाई निरन्तररूपमा सजग गराइराख्नुपर्छ भन्नुभयो ।
कोरानाबाट बच्ने उपाय भनेको खोप नै रहेको धारणा राख्दै उहाँले सबै नागरिकले दुई डोज खोप लिनुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “सङ्कटको बेलामा समाजवादी व्यवस्थाले मात्र जनता बचाउन सक्ने उदाहरण चीन र क्युवाले प्रमाणित गरेर देखाएका छन् । चीनले ९० करोड र क्युवाले ३० लाख जनतालाई कोरोनाको खोप दिइसकेको छ ।”
क्युवाविरुद्धको संरा अमेरिकी साम्राज्यवादले कायम गरेको नाकाबन्दी अन्त्य हुनुपर्नेमा जोड दिँदै केन्द्रीय सदस्य गोसाईले समाजवादको तागत र पुँजीवादको हालतबारे जनतालाई छर्लङ्ग गरेर बुझाउन सके समाजवादी आन्दोलन अगाडि बढाउन सहयोग पुग्ने बताउनुभयो ।
बाग्मती प्रदेशसभामा नेमकिपाका प्रतिनिधिहरूले खलिरहेको भूमिकाबारे उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष अनुराधा थापामगरले पनि बोल्नुभएको थियो ।
Leave a Reply