भर्खरै :

पुँजीवादी खोप नीति र समाजवाद

  • असार ७, २०७८
  • कुमार काभ्रेली
  • विचार

नेपालले पैसा तिरेर पनि भारतले कोभिसिल्ड खोप दिएको छैन । पछिल्लो समय भारत स्वयं कोभिड महामारीको चपेटामा परेको कारण नेपाललाई खोप दिन नसकेको भनियो । कुरो त्यतिमात्र हैन रहेछ, भारतलाई उपलब्ध गराउँदै आएको कच्चा पदार्थमा संरा अमेरिकाले रोक लगायो । कोभिसिल्ड खोप बेलायती अष्ट्राजेनेकाको भारतीय संस्करण भएकोले युरोपियन युनियन (ईयु) ले अनिच्छा देखाएकै कारण भारतलाई खोपको कच्चा पदार्थमा रोक लगाइएको बताइन्छ । बेलायती खोप विश्व बजारमा नपुगोस् भन्ने संरा अमेरिकाको नीति हो । चीनविरुद्धको नीतिमा पुँजीवादीहरूको एउटै मोर्चा छ । महामारीको अवस्थामा समेत नाफा र शोषणको निम्ति पुँजीवादीहरू होडबाजीमा छन् । अर्थतन्त्रमा एकाधिकार पुँजीवादको विशेषता हो ।
चीनले सुरुमा नेपाललाई आठ लाख खोप उपलब्ध गरायो । नेपाल मजदुर किसान पार्टीले चीनबाट पनि खोप लिनुपर्ने बताएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्तालाप हुँदा चीनले नेपाललाई थप खोप उपलब्ध गराउने बताएको थियो । सोहीअनुसार चीनले नेपाललाई थप दस लाख खोप प्रदान ग¥यो । चीनले नेपाललगायत विश्वका धेरै मुलुकमा खोप पठाएको छ । व्यापारिक दृष्टिले भन्दा पनि मानवीय सेवाको भावले समाजवादी चीनले विश्वलाई सहयोग गरिरहेको छ । महामारीको बेला विश्वका मानव जातिको हितमा हात मिलाउँदै अघि बढ्ने नीति चीनले अगाडि सारेको छ । मानव कल्याणको लागि समाजवाद नै सर्वश्रेष्ठ हो भन्ने यसले प्रमाणित गरेको छ ।
६० वर्षदेखि संरा अमेरिकी नाकाबन्दी खेपिरहेका समाजवादी क्युवाले आप्mनै मुलुकमा कोभिडको खोप उत्पादन ग¥यो । २०७२ सालको विनाशकारी भूकम्पको बेला क्युवाली स्वास्थ्यकर्मीहरूले नेपाल आएर सेवा गरेको स्मरण हामीमा ताजा नै छ । अफ्रिकामा फैलिएको इबोलाजस्तो खतरनाक भाइरसविरुद्ध लड्न क्युवाले नेतृत्व लियो । पुँजीवादी मुलुकहरूले पैसाले मात्र सहयोग गरे । तर, फिल्डमा स्वास्थ्य सेवा आवश्यक थियो । पुँजीवादी देशहरूले हिम्मत गर्न नसकेको काम समाजवादी क्युवाले स्वास्थ्यकर्मीहरू फिल्डमा पठाएर स्वास्थ्यसेवा प्रदान ग¥यो । समाजवाद मानव हितको निम्ति अपरिहार्य भएको यो ज्वलन्त उदाहरण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *