स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
सञ्चारकर्मी रूपा सुनारले दलित भन्ने थाहा पाएर कोठा नदिएको भनेर हालैमात्र दिएको उजुरीको आधारमा घरधनी सरस्वती प्रधानलाई पक्राउ गरिएको छ । नेपालको संविधानमा कसैलाई जातभातको आधारमा भेदभाव गर्न वा छुवाछूत गर्न नपाइने कुरा उल्लेख छ । तैपनि, समाजमा जातभात र छुवाछूतको धेरै घटनाहरू भइरहे पनि कोही पनि कानुनको शरण पर्न गएको पाइँदैन । यस्तो अवस्थामा रूपा सुनारको कदमले एउटा नयाँ जागरण आउने निश्चित छ ।
हुन त अहिलेका नयाँ पुस्ताका लागि यो जातभात र छुवाछूत लगभग दुर्लभजस्तै नै छ । हाम्रो पुस्तामा साथी बनाउँदा र कुनै काममा सहकार्य गर्दा कसैको जात सोध्दैनौँ । न भेदभाव गर्छौं, न छुवाछुत गर्छौं । सँगै हिँड्छौँ , सँगै खान्छौँ । हामीलाई त केही फरक पर्दैन । तर, अघिल्लो पुस्ताका सदस्यहरूमा सदियौंदेखि जकडिएको जातभात र छुवाछूतको जालो तोड्न पक्कै पनि कठिन छ । त्यो पुस्ताका सदस्यहरूलाई यस कुरीतिको विरुद्ध जगाउन निकै नै कठिन हुने भएकाले जहाँसम्म मलाई लाग्छ, सरस्वती प्रधान (उमेर ५८ वर्ष) लाई पनि आफ्नो आमालाई यो कुरामा मनाउन पक्कै पनि अप्ठ्यारो हुने नै थियो । दलितलाई कोठामा राख्दा आमासँग ठाकठुक पर्ने वा सम्बन्ध नै चिसिनेजस्ता धेरै समस्या हुने नै भयो । त्यसैले रूपा सुनारले यस मुद्दामा सरस्वती प्रधानप्रति अलिकति नरम भइदिनुपर्छ भन्ने मलाई लाग्छ ।
समाजमा जकडिएको कुनै पनि कुरीति एकाढ वर्षमा तोडिन सक्दैन । सतीप्रथा पनि एकै पुस्तामा निर्मूल भएको होइन । समाजमा जकडिएर बसेको कुनै पनि प्रथा हट्न दुई–चार पुस्ता त लाग्छ नै । यसर्थ, यस जातभात र छुवाछूतको प्रथा पनि हाम्रो पुस्तामा आएर धेरै नै कम भइसकेको अवस्थामा अबको केही पुस्तापछि नै यो प्रथा निर्मूल हुने निश्चित प्रायः छ । यसतर्फ हामी सबैले आ–आफ्नो तर्फबाट कदम चलाइराख्नु जरुरी छ । ता कि हाम्रा छोराछोरीको युगमा नै यो कुरीति पूर्णरूपमा निर्मूल होस् ।
Leave a Reply