प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
भक्तपुर, ७ असार । नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको दसौँ नगरसभाको सोमबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जनताको अमूल्य मतबाट विजयी जनप्रतिनिधिहरूले जनअपेक्षाअनुरूप कार्य सम्पादन गर्नुपर्ने र समाजको हितको निम्ति काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपाको नीति तथा कार्यक्रममा आदर निकेतन सञ्चालन गर्ने विषयमाथि टिप्पणी गर्दै उहाँले भन्नुभयो, “आदर निकेतन बनाउने सोच निकै राम्रो हो, तर त्यसमा केही चुनौतीहरू पनि छन्, सो सञ्चालनको लागि जनस्तरबाट सुझाव र व्यापक छलफल आवश्यक छ ।”
अध्यक्ष बिजुक्छेँले व्यापारिक उद्देश्यले नेपालका विभिन्न ठाउँहरूमा निर्माण भएका नयाँ र आधुनिक मन्दिरले देशमा धार्मिक तथा जातीय साम्प्रदायिकता बढ्ने खतरातर्फ सचेत गराउनुभयो ।
नगरपालिकाको नीति कमजोर भए त्यसको दीर्घकालीन असर नगर र नगरवासीहरूमा पर्ने चर्चा गर्दै उहाँले भक्तपुरलाई सुन्दर, सुसंस्कृत र सुरक्षित नगरको रूपमा विकसित गर्न नपाका जनप्रतिनिधि र कर्मचारीहरू क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपालको चुरे क्षेत्रको बालुवा, ढुङ्गा, गिट्टी अधिकांश भारतमा निर्यात भइरहेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले भारतीय विस्तारवादले नेपालको चुरे क्षेत्रको दोहन गराई नेपाली भूमि डुबानमा पारिरहेको हुँदा नेपाल सरकारले भारतीय विस्तारवादलाई फाइदा पुग्ने काम गर्न नहुनेमा जोड दिनुभयो ।
अध्यक्ष बिजुक्छेँले नगरपालिकाको मापदण्डविपरीत बनाइने घर तथा भवनहरूको संरचना कमजोर हुनेतर्फ सचेत पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आ.व. २०७८÷७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले जनताको आर्थिक सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन विभिन्न रोगबाट पीडित भक्तपुर नगरवासीहरूको लागि २०७९ असार मसान्तसम्म निःशुल्क वितरण गर्ने घोषणा गर्नुभयो ।
उहाँले कार्यक्रममार्फत भक्तपुर नगरपालिकासित भगिनी सम्बन्ध कायम रहेको चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान सहरबाट स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएकोमा त्यहाँका मेयरलगायतका पदाधिकारीहरूप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।
योजना छनोट र कार्यान्वयनमा समेत स्थानीय तहको भूमिकालाई गौण बनाउँदै लगिएकोमा चिन्ता व्यक्त गर्दै प्रमुख प्रजापतिले सशर्त बजेटको नाउँमा योजना छनोट गर्ने स्थानीय तहको अधिकारमा समेत केन्द्र र प्रदेश सरकारले अङ्कुश लगाउँदै आइरहेको बताउनुभयो ।
बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँले भक्तपुर नपाको आ.व. २०७८।७९ को लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम जनमुखी भएको उल्लेख गर्दै यसको सफल कार्यान्वयनमा नगरपालिकाले जोड दिनुुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम सस्तो लोकप्रियताको लागि मात्र भएको धारणा राख्दै उहाँले शासक दलहरूका नेता तथा कार्यकर्ताहरूबीच पद, पैसा र कुर्सीको लागि भएको हानथापले प्रदेश सरकारलाई बेकाम साबित गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाभित्र सञ्चालित सार्वजनिक एवम् संस्थागत विद्यालयको अनुगमन र व्यवस्थापनमा नगरपालिकाले ध्यान पु¥याउनुपर्ने आवश्यकता औँल्याउँदै सांसद गोसाईंले सार्वजनिक यातायातको उचित व्यवस्थापनको विषयमा पनि ध्यान दिनु आवश्यक छ भन्नुभयो ।
समाजवादी देश क्युवाले आप्mनै विज्ञहरूमार्फत कोभिडविरूद्ध ५ थरीको खोप उत्पादन गरिसकेको उल्लेख गर्दै उहाँले नेपाल सरकारसँग महामारीविरूद्ध लड्ने पूर्वतयारी नभएकै कारण कयौँले अकालमा ज्यान गुमाउनुपरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरवासीहरू स्वस्थ भए समाजलाई अघि बढाउन सहज हुने यथार्थलाई मध्यनजर गरी नगरपालिकाले आधुनिक सुविधासहितको ख्वप अस्पताल निर्माणमा जोड दिइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कोरोना महामारीबीच पनि भक्तपुर नपाले सम्पदाको पुनः निर्माण र संरक्षण कार्यलाई निरन्तररूपमा अगाडि बढाइरहेको र कोभिड नियन्त्रणपश्चात् सांस्कृतिक कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गरी आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्नेतर्फ नगरपालिको जोड दिँदै जानेछ ।”
भक्तपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष शिव मानन्धरले नगरसभाको सफलताको कामना गर्दै भक्तपुर नपाको जनताकेन्द्रित गतिविधिले नगरको सन्तुलित विकासमा टेवा पुगेको बताउनुभयो । उहाँले ख्वप अस्पताल कोभिड युनिटमा स्थापना भएको अक्सिजन प्लान्ट तथा अन्य सामग्री व्यवस्थामा देखिएको जनताको सहभागिता निकै प्रशंसनीय भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । नगरसभाको उद्घाटन सत्रपश्चात् बसेको औपचारिक बैठकमा बोल्दै नगर प्रमुख प्रजापतिले जनप्रतिनिधिहरूले ४ वर्षको कार्यकालमा निर्वाचनको बेला घोषणापत्रमा उल्लेखित बुँदाहरू पूरा गर्न निरन्तर लागिपरेको उल्लेख गर्नुभयो ।
नगरसभाको पहिलो बैठकबाट भक्तपुर नगरपालिकाको आह्वानमा अक्सिजन प्लान्ट स्थापनाको लागि सहयोग गर्नुभएका नगरवासीहरू, चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि नपालगायत अन्य जिल्लाका दाताहरू तथा देश–विदेशबाट आर्थिक एवं भौतिक सहयोग गर्ने महानुभावहरूलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दै एक महिनाको छोटो समयमा ६ करोड ४ लाखभन्दा बढी नगद सङ्कलन भएकोमा खुसी व्यक्त गर्नुभयो ।
दसौँ नगर सभाको पहिलो बैठकले विश्वव्यापी महामारीको रूपमा पैmलिएको कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल मजदुर किसान पार्टीलाई मित्र पार्टी चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त स्वास्थ्य उपचार सामग्रीहरू भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई प्रदान गर्नुभएकोमा पार्टीप्रति हार्दिक कृतज्ञता गर्नुका साथै भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध कायम रहेको चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान सहरबाट भक्तपुर नगरपालिकालाई स्वास्थ्य उपचार सामग्री उपलब्ध गराउनुभएकोमा शान्नान सहरका मेयरलगायत पदाधिकारीहरूलाई नगर सभाले आभार व्यक्त गरेको छ । त्यस्तै सभाले कोरोना रोकथाम र नियन्त्रणको लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापनासँगै विभिन्न स्वास्थ्य उपकरणहरू खरिदको लागि नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा स्वतःस्पूmर्तरूपमा आर्थिक र भौतिक सहयोग गर्नुहुने सहृदयी महानुभावहरू, सहकारी सङ्घघसंस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी, दाफा भजन, गुठी, विदेशबाट सहयोग गर्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलगायतमा हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।
Leave a Reply