नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
नाइँ नाइँ भन्दाभन्दै चीनले आउँदो जुलाई १ तारेखदेखि एकसय औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै छ । एउटै पार्टीको एकसय औँ स्थापना दिवस सामान्यतः सामान्य घटना मानिँदैन, विशेष घटनावलीको रूपमा लिने गरिन्छ । यस्तै १ जुलाईलाई विशाल जनवादी चीनले पनि असाधारणरूपमा लिइरहेको छ । बडो गम्भीररूपमा लिनुपर्ने हो, त्यसरी नै लिइएको छ । यही एक सय वर्षलाई चीनले अध्यक्ष माओ त्सेतुङ्ग चिनियाँ कम्युनिस्ट पार्टीको विलक्षण नेतृत्वमात्र गर्नुभएन समयमै माओ त्सेतुङ्गले विचारधाराको प्रतिपादन गरेर एउटा सारै सुन्दर भविष्यको विशाल रूपरेखासमेत कोरी विश्व राजनीतिक रङ्गमञ्चमा प्रस्तुत गर्नु सामान्य कुरा पक्कै होइन । माक्र्सवाद–लेनिनवादको सार्वभौम सत्यलाई चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ विशेषतासहितको समाजवादी विचारधारालाई जन्म दियो । चिनियाँ विशेषतासहितको समाजवादको अथक विकासले सम्पूर्ण चिनियाँ जनताको लागि समृद्धि, खुसियाली उमार्ने भविष्य प्राप्त गर्न सम्भव भयो । चिनियाँ विशेषतासहितको समाजवादमार्फत चिनियाँ कम्युनिस्ट पार्टीले जनतालाई पहिलो प्राथमिकतामा राख्ने, अत्यधिक बहुमत जनताको हितलाई प्रतिनिधित्व गरेको छ । चिकपाले चिनियाँ जनतालाई उज्यालो भविष्यका लागि एकताबद्ध हुन र प्रगतिपथमा हिँड्न पनि प्रोत्साहित ग¥यो । यी पङ्क्ति लेख्न लाग्दा सजिलो लाग्ने तर लेख्दै गर्दा सजिलो नहुने रहेछ । संसारमा सय वर्ष भनेको त सय वर्ष पो त ! यो वस्तुत : ठट्टाको उपमा पनि होइन ।
ठट्टा हो र सय वर्ष ?
सम्पूर्ण मानव जातिको साझा भविष्य तय गर्न चीनले ‘बेल्ट एन्ड रोड’ परियोजना (बीआरआई) अघि सा¥यो । त्यो परियोजना आज विकासशील देशहरू र विश्व शान्ति एवम् समृद्धिको चाहना राख्ने जनताका लागि आशा बनेको छ । चीन मानव जातिको सेवा र मानव सभ्यताको रक्षाको बाटोमा अघि बढिरहेको संसारले नबुझेको अवस्था होइन । साँच्चै चीन मानव सभ्यताको विश्वास र मानव जातिकै सेवाका लागि द¥होसँग नउभिएको छैन । । चिनियाँ कम्युनिस्ट पार्टीमा गएका एकसय वर्ष लामो अवधिमा कतिपल्ट पार्टीलाई नै चकनाचुर गर्ने आँधि–हुरी–बतास र हुण्डरी आए । त्यो वस्तुपरक रूपमा यसमा समीक्षा हुनुपर्छ । चीन मानव सभ्यता र मानव धर्मबारे कति अघि बढ्छ ? त्यो यथार्थ–चीनको सङ्गतमा परेका कुनै पनि मुलुकले बुझ्छन् । एक सय भनेको छोटो समय कहाँ हो र ? समग्र चीनबारे सुरूदेखि नै बुझ्न निकै आँटिलै हुनैपर्छ । यो विश्वमा यस्तो पनि बेला वारपार गर्नैपर्छ जो परिकल्पना गरिएकै हुँदैन । त्यस्ता खडगा काट्न सानो–तिनो ह्याउले भ्याउँदैन । सम्पूर्ण ऊर्जा प्रयोग गर्न किञ्चित नहुने गम खान पनि मौका पर्दैन । आजको प्रसङ्ग हो यो । चिकपाले एक सय वर्ष पार गरेको महान प्रसङ्ग । यस गम्भीर प्रसङ्गमा थोरैमात्र पनि असावधानी भए परिणाम नितान्त उल्टो परेर आउनसक्छ । सत्य र असत्यबीचको अन्तर छुट्याउन लामो समय पनि सधैँ काम लाग्दैन । ठीक प्रकारको परिणामको निम्ति ठीक समय नै खाँचो पर्छ । यो कुरा वास्तवमा ठीक वा बेठीक हो पत्ता लगाउन लामो र कठोर समय लाग्छ ।
चीनले सुतायो कोरोना
चीनले वास्तवमा निर्धारण गरेको लक्ष्य दुई शताब्दीमा प्राप्त हुनुपर्ने हो । तर, काम भने यति धेरै अगाडि नै सम्पन्न ग¥यो । यसरी दुई शताब्दीको लक्ष्य एकै शताब्दीमा पूरा गर्ने बानी लागेपछि कसको के पो लाग्ने रहेछ र ? चीन लक्ष्य निर्धारण गर्छ दुई वर्षको तर काम सम्पन्न भने एक वर्षको अन्तरालमै हुनथालेपछि सम्पूर्ण कामदार वर्गमा यस्तो वातावरण बन्यो जो पनि छिटो काम गर्ने प्रतिफल पनि छिट्टै उपभोग गर्ने प्रतिस्पर्धा नै चल्न थाल्यो । अरू कामले असाधारण वेग लिन थाल्यो । यो गति बढाउने विश्वासमा थिएन सुरूमा चीन । तर, सम्बद्ध जनताको नेतृत्व गरेको चीनले काम फटाफट गर्न लाग्यो । कोभिड–१९ लाई यसरी थिच्यो यसरी थिच्यो फेरि प्रवेश गर्ने हिम्मत नै गर्न सकेन । कोभिड–१९ विरूद्ध चीन यसरी उभियो जसलाई उल्लङ्घन गर्ने हिम्मत गर्न सकेन । युवा शक्तिलाई काममा लगाउन सफल भयो । यसरी कामको मेसो बसेपछि कामले तीव्रगति लिने नै भयो । बीआरआई परियोजना आज चीनमा मात्र होइन चीन बाहिर पनि एउटा गतिलो उपाय साबित भएको छ । हुन लागेपछि कामहरू हुन्छन् । चीनले कोभिड १९ विरूद्ध केही गर्न बाँकी नै राखेन । त्यत्रो विशाल चीनलाई खोपअन्तर्गत पनि क्रमशः सफलता प्राप्त गर्न थाल्यो । यसो हेरौँ त आजको चीन यो गतिमा छ । अब भोलि चीनले कुन के–कस्तो स्वरूप लिन्छ भन्न सजिलो छैन । कोभिड–१९ विरूद्धको ओखति यति धेरै बनाएछ चीनले झन्डै झन्डै आफ्ना सबै नागरिकलाई दुवै तहको खोप लगाइसक्यो । राष्ट्र सधैँ एकैनाशले काम गर्नसक्दैन । तर, चीनमा शतवार्षिक कार्यक्रमलाई यही गतिमा दौडाउन जरूरी ठानिन्छ ।
कति मिलेको प्रतिबद्धता
वास्तवमा चिनियाँ कम्युनिस्ट पार्टी बितेका आधा शताब्दीदेखि नै नेपाल मजदुर किसान पार्टीको असल मित्र रहँदै आएको छ । चिकपा आधुनिक चीनको निर्माणमा हासिल गरेको भव्य सफलता र सबै कामदार चिनियाँ जनताको रक्षक भएरै उभिन सफल भएको छ । त्यसमा नेमकिपा पनि अत्यन्त गौरव गर्छ भन्न बाँकी राखेनन् नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाले सामन्तवाद र साम्राज्यवादविरूद्धको चिनियाँ क्रान्ति सफल भएको छ । परिणामस्वरूप यी दुई पार्टीबीच घनिष्ठता भएपछि हुने लाभस्वरुप दुई मुलकबीच अत्याधुनिक सम्बन्ध नै विकसित हुन लागेको उल्लेख छ । अर्कोतिर आजको विश्वले जलवायु परिवर्तन र वातावरण प्रतिकूल असर पार्ने मानव गतिविधिविरूद्ध चुनौतीको सामना गर्दै छ । यस्तो परिस्थितिमा सबै क्षेत्रमा हरित आर्थिक क्रान्ति र सामाजिक विकास हासिल गर्ने चीनको नीति संसारका लागि नै उदाहरण बन्न सक्छ । सन् २०६० सम्ममा चीनले गर्नसक्ने कार्वन शून्यताको लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अरू देशहरूले पनि हरित, स्वच्छ र स्वस्थ पृथ्वीको लागि दिगो विकास र वातावरणमैत्री विकासतर्फ अघि बढाउन जरूरी छ । महामहिम राष्ट्रपति सिले भन्नुभएजस्तै जबसम्म हामी कुनै लक्ष्यका लागि सङ्गठित हुन्छौँ र ऐक्यबद्धता जाहेर गरिरहन्छौँ, कुनै लक्ष्यका लागि हासिल गर्न सफल हुन्छौँ भन्नेमा विश्वास राख्छौँ । साँच्चै हो एक सय वर्ष पार गरेर चिनियाँ कम्युनिस्ट पार्टी दोस्रो सय वर्षलाई उभिएको छ ।
Leave a Reply