भर्खरै :

शतवार्षिकीको अवसरमा चिकपालाई नेमकिपाको शुभकामना एवम् बधाई

काठमाडौँ । आगामी जुलाई १ मा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो १०० औँ स्थापना दिवस मनाउँदै छ । आधुनिक चीन निर्माणमा नेतृत्व गर्दै आएको चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको शतवार्षिकी भव्यरूपमा मनाउने तयारी गरिरहेको छ । संसारभरका सयौँ राजनीतिक दलहरूले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टीका नेता, कार्यकर्ता र जनतालाई शुभकामना सन्देश पठाउने क्रम जारी छ । लामो समयदेखि चिनियाँ कम्युनिस्ट पार्टीसँग मैत्रीपूणर् सम्बन्ध रहेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चिकपाका महासचिव एवम् चीनका राष्ट्रपति सी चिनफिङलाई चिकपा स्थापनाको १०० वर्षको अवसरमा शुभकामना सन्देश पठाउनुभएको छ । शुभकामना सन्देशको पूणर् पाठ प्रस्तुत छ ः
नेपाल मजदुर किसान पार्टी र नेपालका न्यायप्रेमी जनताको तर्फबाट चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) को १०० औँ स्थापना दिवसको अवसरमा महामहिमज्यू, कामरेडहरू र चिनियाँ जनतालाई म हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु । चिनियाँ कम्युनिस्ट पार्टीका कामरेडहरू र चिनियाँ जनता उल्लासका साथ चिकपाको ऐतिहासिक शतवार्षिकी मनाइरहँदा हामी अत्यन्त खुसी साट्न चाहन्छौँ ।
निःसन्देह विश्व राजनीतिको इतिहासमा यो एउटा उल्लेखनीय र युगान्तकारी घटना हो । सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना हुँदा निकै थोरै मानिसले मात्र लामो समयसम्म त्यो पार्टी टिक्ने विश्वास गरेका थिए । तर, आज संसारकै सबभन्दा ठूलो सरकारमा रहेको राजनीतिक पार्टी चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो शतवार्षिकी मनाइरहेको संसारले हेर्दै छ । चिनियाँ कम्युनिस्ट पार्टी आज दसौँ करोड सदस्यको पार्टी बनेको छ । विश्व कम्युनिस्ट आन्दोलन अझै पनि रक्षात्मक अवस्थामा छ र विशेषतः सन् १९९० को दशकपछि संसारभरि असफलता र असङ्ख्य हिंसात्मक आक्रमणको सामना गरिरहेको छ । यस्तो परिस्थितिमा चिकपाको शतवार्षिकी आफैमा महान् सफलता र ऐतिहासिक उपलब्धि हो ।
बितेका आधा शताब्दीदेखि नेपाल मजदुर किसान पार्टी चिकपाको असल मित्र रहँदै आएको छ । चिकपाले आधुनिक चीनको निर्माणमा हासिल गरेका भव्य सफलता र सधैँ चिनियाँ कामदार जनताको रक्षक भएर उभिन सफल भएकोमा नेमकिपा पनि अत्यन्त गौरव अनुभव गर्छ । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनापछि नै साम्राज्यवाद र सामन्तवादविरुद्ध चिनियाँ जनताको क्रान्तिले जीवन प्राप्त गर्‍यो । चिकपाकै नेतृत्वमा चिनियाँ जनताले प्रजातान्त्रिक क्रान्ति, समाजवादी रूपान्तरण र समाजवादी निर्माणमा विजय हासिल गर्न सफल भए । चिकपाको नेतृत्वकै कारण वास्तवमा मुक्त चीन वा नयाँ चीन सम्भव भएको हो ।
अध्यक्ष माओ त्सेतुङले चिकपाको विलक्षण नेतृत्व गर्नुभयो र समयमै माओ त्सेतुङ विचारधाराको प्रतिपादन गर्नुभयो । माक्र्सवाद-लेनिनवादको सार्वभौम सत्यलाई चिनियाँ क्रान्ति र निर्माणको व्यावहारिक अवस्थामा प्रयोग गर्दा माओ त्सेतुङ विचारधाराको जन्म भयो । चिनियाँ विशेषतासहितको समाजवादको अथक विकासले सम्पूणर् चिनियाँ जनताको लागि समृद्धि, खुसियाली र उज्यालो भविष्य प्राप्त गर्न सम्भव भयो ।

चीनका राष्ट्रपति सी चिनफिङ


चिनियाँ विशेषतासहितको समाजवादमार्फत चिकपाले जनतालाई पहिलो प्राथमिकतामा राख्दै अत्याधिक बहुमत जनताको हितलाई प्रतिनिधित्व गरेको छ । साथै, चिकपाले चिनियाँ जनतालाई उज्यालो भविष्यको लागि एकताबद्ध हुन र प्रगतिपथमा हिँड्न प्रोत्साहन गर्‍यो ।
सम्पूणर् मानव जातिको साझा भविष्य हासिल गर्न चीनले ॅबेल्ट एन्ड रोड परियोजना’ (बीआरआई) अघि सार्‍यो । त्यो परियोजना आज विकासशील देशहरू र विश्व शान्ति एवम् समृद्धिको चाहना राख्ने जनताको लागि आशा बनेको छ । चीन मानव जातिको सेवा र मानव सभ्यताको रक्षाको बाटोमा अघि बढिरहेको संसारले बुझेको छ । चीन सधैँ आपत्विपत्मा साथ र सहयोग गर्ने असल मित्रको रूपमा उभिएको छ । कोभिड-१९ महामारीविरुद्ध चीनको विजय समाजवादको उल्लेखनीय उपलब्धि हो । महामारी सामना गर्न चीनले एक सत्र्न्दा बढी देशलाई निःशुल्क खोप र स्वास्थ्य सामग्री प्रदान गर्‍यो । समाजवादले मात्र जीवनको रक्षा गर्छ र मानिसको सेवा गर्छ भन्ने बलियो विश्वास संसारभर चीनले फैलायो ।
राष्ट्रिय पुनःजागरणको चिनियाँ सपनामार्फत चीनले संसारको ध्यान आकर्षित गर्‍यो । चीनले निर्धारण गरेका ॅदुई शताब्दी लक्ष्य’ समयअगावै हासिल गर्नेमा हामी बलियो विश्वास गर्छौँ ।
आज संसारले जलवायु परिवर्तन र वातावरणमा प्रतिकूल असर पार्ने मानव गतिविधिका चुनौती सामना गर्दै छ । यस्तो परिस्थितिमा सबै क्षेत्रमा हरित आर्थिक र सामाजिक विकास हासिल गर्ने चीनको नीति संसारको लागि उदाहरण बन्न सक्छ । सन् २०६० सम्ममा चीनले कार्बन शून्यताको लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अरू देशहरूले पनि हरित, स्वच्छ र स्वस्थ पृथ्वीको लागि दिगो र वातावरणमैत्री विकासतर्फ अघि बढ्न जरुरी छ । महामहिमज्यूले भन्नुभएजस्तै “जबसम्म हामी कुनै लक्ष्यको लागि सङ्गठित हुन्छौँ र ऐक्यबद्धता एवम् आपसी सहकार्यसहित काम गर्छौँ” भने हामी लक्ष्य हासिल गर्न सफल हुनेछौँ र यसमा हामी बलियो विश्वास राख्छौँ ।
पुरानो र नयाँ उपनिवेशवाद, फासीवाद र साम्राज्यवादविरुद्ध समाजवादको लागि लडिरहेका संसारभरका जनताको लागि चिकपा सधैँ प्रेरक हुनेमा हामी विश्वास गर्छौँ ।
अन्तमा, नेमकिपा र चिकपाबीचको निकै लामो मित्रताको सम्बन्ध भविष्यमा अझ बलियो बन्दै जानेमा दृढ विश्वास व्यक्त गर्दछौँ । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *