भर्खरै :

पुँजीवादी सत्ता प्रणालीकै दोष !

  • असार ९, २०७८
  • कुमार काभ्रेली
  • विचार

पुँजीवादी व्यवस्थामा शासक दलहरू आलोपालो शासन गर्छन् । आपूm सत्तामा जानका लागि जस्तोसुकैसँग पनि साठगाँठ गर्छन् । सिद्धान्त र विचारसँग कुनै सरोकार राख्दैनन् । सत्तामा जाने र अकुत सम्पत्ति कमाउने धन्दा शासक दलहरूको प्राथमिकतामा पर्छ । देश र जनताको हित भन्ने कुरा शासक दलहरूको शब्दकोषमै पाइँदैन । तर, ‘भागबन्डा’ मा भिजेको पाइन्छ ।
ओली प्रधानमन्त्रीको सत्तालिप्साबारे जति खेदो गरिए पनि वास्तवमा शासक दलहरू सबैको उद्देश्य सत्ता प्राप्ति नै भएको कुरा प्रदेशहरूमा भएको सत्ताको चलखेलले छर्लङ्ग भइसकेको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि भएको साठगाँठमा प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसको भूमिकाले शासक दलहरू गाँसेगुसे एकैनासे भन्ने उखान चरितार्थ भएको छ । अरूको पक्षमा लाग्दा ‘गुन्डा’, ‘डन’ भन्ने व्यक्ति आप्mनो पक्षमा ल्याउँदा एकाएक ‘राजनेता’ कहलाइन्छ ।
सरकारी दलले गरेको अराजक गतिविधिलाई जनमानसमा ल्याएर सचेत गराउनुपर्ने विपक्षी दलहरूले पनि मौका छोपेर उनैको पदचिह्नमा लाग्नुमा पुँजीवादी सत्ता प्रणालीकै दोष देखिन्छ । नेपालमा मात्र होइन पुँजीवादी मुलुकहरूमा यसरी नै पालैपालो शासक दलहरू सत्तामा जान्छन् । पद र पैसाका भोगीहरू आप्mनै दलभित्र अस्वस्थ प्रतिस्पर्धा गर्छन् । व्यक्तिवादी दृष्टिकोण राख्दा आप्mनै दलका नेताहरूप्रति शत्रुतापूर्ण व्यवहार गर्छन् । सरकारी दलका होनहार भनिएका बस्नेत काजीलाई सरकारमा जान षड्यन्त्र गरेको भनी सरकारी दलकै युवा सङ्घले आप्mनै नेताहरूलाई माफियासम्मको उपाधि भिरायो ।
आप्mनो वर्चस्वका लागि सरकारी दलले गरेको सत्ता साझेदारीको देखासिकीबाट प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस पनि अछुटो रहेन । सत्ता बाहिर रहँदा नानाथरीका आदर्श छाँट्ने शासकहरू अवसरवादी हुँदारहेछन् भन्ने तथ्य प्रदेशसभाको साझेदारीबाट छर्लङ्ग भयो । केन्द्र सरकारले सबैलाई भाग पु¥याउँदा भाग नपाएका आप्mनै पदमुखी कार्यकर्ताको प्रहार खप्नुपरेको नियति गण्डकी प्रदेश सरकारले पनि भोग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । जस्तोसुकै व्यक्ति वा दलसँग साझेदारी गर्दाको परिणाम सुखद नहुने एक धार्नी चाकु खाएर पनि स्वाद नपाउने शासक दलहरूको नियति नै भइसकेको छ । पुँजीवादी व्यवस्था अर्थात् शासन सत्ता रहेसम्म यो प्रक्रिया बारम्बार दोहोरिरहने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *