प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
भक्तपुर, १० असार । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७८÷०७९ को लागि रु. १ अर्ब ९३ करोड २० लाखको आय–व्यय प्रस्तुत गर्नुभएको छ ।
नपाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकमसमेत गरी विनियोजित सो रकममध्ये बाह्य स्रोतबाट १ अर्ब ४३ करोड ३४ लाख, सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान विशेष अनुदान शीर्षकबाट ६१ करोड ७७ लाख, सामाजिक सुरक्षा भत्ताबापत ३० करोड र सडक बोर्डमार्फत ५० लाख आम्दानी हुने अपेक्षा गरिएको छ । त्यस्तै बाग्मती प्रदेश सरकारबाट रु. ७ करोड ७२ लाख प्राप्त हुने अनुमान गरिएको छ । सङ्घ तथा प्रदेश सरकारबाट मालपोत तथा सवारी करबापत राजस्व बाँडफाँट र अन्यबाट १९ करोड २२ लाख आम्दानी हुने अनुमान गरिएको छ ।
नगरपालिकाबाट सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २० करोड रुपैयाँ बैङ्कबाट ऋण प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै आन्तरिकतर्फ नगरवासीहरूबाट विभिन्न शीर्षकमा कर दस्तुरबापत रकम, व्यवसाय कर, पर्यटकहरूबाट उठ्ने आदिबाट ४० करोड १० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
उक्त विनियोजित रकमअनुसार शिक्षा तथा संस्कृतितर्फ ३१ करोड ५४ लाख ( १६.३२ प्रतिशत), स्वास्थ्यतर्फ २६ करोड २१ लाख (१३.५६ प्रतिशत), सम्पदा संरक्षणमा ५ करोड २९ लाख (२.७३ प्रतिशत), नवनिर्माण तथा पुनः निमार्णमा ४० करोड (२०. ७० प्रतिशत) बजेट विनियोजन गरिएको छ ।
फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ७ करोड ८२ लाख (४.०४ प्रतिशत) महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा ३१ करोड १८ लाख
(१६.१४ प्रतिशत), युवा तथा खेलकुदको क्षेत्रमा ४ करोड ७४ लाख (२.४५ प्रतिशत), उन्नत कृषि औजार तथा बीउबिजनको लागि कृषि क्षेत्रमा २ करोड ९४ लाख (१.५२ प्रतिशत) र
नगरपालिकाको सुशासन तथा प्रशासनिक व्यवस्थापनको लागि रु. ४२ करोड, ४६ लाख (२१.९८ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दसौँ नगरसभाको सभापतित्व ग्रहण गर्दै सरकारले निर्धारण गरेको समयभित्र चुनावी घोषणापत्र र जनतामाझ गरेको प्रतिबद्धतअनुसार बजेट तयार गरेको बताउनुभयो । बजेट सार्वजनिक भएको केही समयलगत्तै बैठकमा आ.व २०७८÷०७९ को लागि नपाको आर्थिक विधेयक ०७८ रविनियोजन विधेयक २०७८ पेश गरिएको थियो ।
सभामा भनपाका निर्वाचित वडाध्यक्ष, वडासदस्य, सञ्चारकर्मी तथा कर्मचारीहरूको उपस्थिति थियो ।
Leave a Reply