आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
प्योङयाङ, २४ जून । प्रजग कोरियाले संरा अमेरिकासँग कुनै पनि सम्पर्कलाई समयको बरबादीमात्र भएको बताएको छ ।
बुधबार प्रजग कोरियाका परराष्ट्र मन्त्री रि सोन ग्वनले जारी गरेको वक्तव्यमा भनिएको छ,“संरा अमेरिकासँग कुनै सम्पर्क हुने कुरा त पर जाओस्, त्यस्तो सम्भावना मात्रलाई पनि हामीलाई कहीं नपु¥याउनेमा प्रस्ट छौँ । संरा अमेरिकासँगको सम्पर्कले हाम्रो अमूल्य समय खेरमात्र जानेछ ।”
गत सोमबार दक्षिण कोरियाको राजधानी सोलमा प्रजग कोरियाको लागि संरा अमेरिकी प्रतिनिधिले प्योङयाङसँग वार्ताको लागि सकेसम्म चाँडो सकारात्मक प्रतिक्रियाको अपेक्षा गरिरहेको भन्ने भनाइको प्रतिक्रियामा प्रजग कोरियाली परराष्ट्र मन्त्रीले यस्तो वक्तव्य सार्वजनिक गरेका हुन् ।
प्रजग कोरियाको आणविक हतियार कार्यक्रम वाशिङ्टनको लागि वर्षौं वर्षदेखि खुट्टामा बिझेको काँडा बनेको छ । त्यो अवस्थामा परिवर्तन गर्न संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरियाली प्रायःद्वीपसम्बन्धी अमेरिकी नीतिको समीक्षा गरेका छन् । त्यसले प्योङयाङलाई आणविक निःशस्त्रीकरण गर्न ‘उत्सुक र व्यवहारिक बनाउने’ आशा पनि अमेरिकाले राखेको छ ।
मङ्गलबार प्रजग कोरियाका नेता किम जङ उनले वक्तव्य जारी गरी प्रजग कोरियालाई संरा अमेरिकाले गलत ढङ्गले व्याख्या गरिरहेको बताएका थिए ।
प्रजग कोरियाली सत्तारूढ कोरियाली मजदुर पार्टीका वरिष्ठ अधिकारी किम यो जङले नेता किम जङ उनले हालै दिएको एउटा मन्तव्यको विषयलाई लिएर गरेको व्याख्याप्रति प्रष्टीकरण दिएका छन् । किम जङ उनले कोरियाली मजदुर पार्टीको पोलिटब्युरो बैठकमा दिएको मन्तव्यमा ‘रोचक सङ्केत’ भएको संरा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले व्याख्या गरेका थिए । नेता उनले आफ्नो भाषणमा संरा अमेरिकासँग द्वन्द्व र कूटनीतिक दुवैको लागि तयार हुनुपर्ने बताएका थिए । तर, उनले अमेरिकासँग द्वन्द्वको लागि तयारी अवस्थामा रहनुपर्नेमा जोड दिएका थिए ।
सन् २०१९ को फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा प्रजग कोरियाली नेता किम जङ उन र संरा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको शिखर बैठक यता दुई देशबीच आणविक निःशस्त्रीकरणबारे वार्ता रोकिएको थियो ।
Leave a Reply