राष्ट्रवादको गलत व्याख्या …. !?
- कार्तिक १२, २०८३
काठमाडौँ, १२ असार । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा समाजवादी देश क्युवामाथि अमेरिकी नाकाबन्दीको विरोधमा काठमाडौँमा शुक्रबार प्रवचन कार्यक्रम जुमएपमार्फत सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले क्युवामाथिको अमेरिकी नाकाबन्दी मानवीय अपराध हो भन्दै उक्त नाकाबन्दी अमेरिकी भाइरस रहेको क्युवाली जनताको भनाइ रहेको बताउनुभयो ।
संरा अमेरिकाले ६ दशकदेखि क्युवामा नाकाबन्दी लगाए पनि क्युवाली समाजवादी सरकार र जनताले सामना गरिरहेको बताउँदै उहाँले क्युवाली जनता समाजवादको रक्षाको लागि बाँच या मर भन्ने भावनाका साथ अगाडि बढिरहेको छ भन्नुभयो ।
समाजवादी देश क्युवाले संसारमै चिकित्सक पठाएर गरेको सेवा सराहनीय रहेको उहाँले बताउनुभयो । उहाँले नाकाबन्दीको विरोधमा संरा सङ्घको महासभामा मतदान हुँदा नाकाबन्दीको विरुद्ध १८४ मत प्राप्त गर्नु संरा अमेरिकाको नराम्रो हार भएको बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोल, नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल, जिल्ला समितिका सुरेन्द्र महर्जन, रमेश डंगोल, रामचन्द्र महर्जन, विश्वक डंगोल, श्यामकुमार महर्जन, हरिशरण श्रेष्ठ, मुना तामाङलगायतले क्युवाको योगदान र अमेरिकी नाकाबन्दीको विरोधमा बोल्नुभएको थियो ।
Leave a Reply