क्युवाद्वारा संयुक्त राष्ट्रसङ्घमा अमेरिकी आरोप अस्वीकार
- कार्तिक १२, २०८३
जर्मनीमा हालै सम्पन्न लिवियासम्बन्धी सम्मेलनमा प्रजातन्त्रबारे पश्चिमा वृत्तको एउटा अन्तरविरोध उजागर भयो । अफ्रिका महादेशको प्रगतिशीलमध्ये एउटा राज्य लिवियाको ध्वंश र बीसौँ शताब्दीमा त्यहाँका नेता कर्णेल मुअम्मर गद्दाफीको हत्यापछि पनि पश्चिमा देशहरू आफूलाई अझै पनि ‘कोही निर्मम तानाशाहको हातबाट लिवियाली जनताको रक्षक’ मान्न छोडेका छैनन् ।
सन् २०२० को जनवरीमा पहिलोपटक त्यस्तो सम्मेलन भएको थियो । पहिलो सम्मेलन पनि जर्मनीमा नै भएको थियो । त्रिपोलीको राष्ट्रिय सम्झौताको सरकार र बेन्घाजीको लिवियाली राष्ट्रिय सेनाबीच सन् २०२० को अक्टोबरमा औपचारिकरूपमा युद्धविराम र सन् २०२१ को फेब्रुअरीमा संयुक्त राष्ट्र सङ्घको मातहतमा एउटा अन्तरिम सरकार बने पनि लिविया अझै पनि युद्धबाट मुक्त भइसकेको छैन ।
युद्धले ध्वस्त तेलको धनी देश लिवियाको लागि सुरुमा प्रस्तुत गरिएको राजनीतिक र सैनिक समाधान निरर्थक बन्यो । युद्धरत पक्षलाई खेलाइरहेका विदेशी शक्तिको चलखेलबाट पनि कुनै ठोस समाधान हुने अपेक्षा थिएन । अफ्रिकाको अर्को देश सोमालियाको अवस्थामा पनि झण्डै उस्तै छ । सन् १९९१ मा संरा अमेरिकी हस्तक्षेपको कारण सोमालियामा गृहयुद्ध भएको थियो । त्यसयता सोमालियाले शान्ति र स्थायित्वको आजसम्म मुखै देख्न पाएको छैन ।
खासमा लिविया सम्मेलन संरा अमेरिकामा हुनुपर्ने थियो । संरा अमेरिकाले गद्दाफीको निर्मम हत्या गरेको थियो । गद्दाफीले सन् १९६९ देखि सन् २०११ को अक्टोबर २० सम्म लिवियामा शासन गरेका थिए । लिवियाको विद्रोही राष्ट्रिय अन्तरिम परिषद्ले गद्दाफीको हत्या गर्नुअघि लिवियाको सङ्कटमा संरा अमेरिका सक्रिय खेलाडी थियो । संरा अमेरिकासँग संसारका अन्य देशमा पनि यस्तो भूमिका खेलेको अनुभव छ । लिवियाको गृहयुद्धमा गद्दाफीविरुद्ध प्रस्टतः संयुक्त राष्ट्र सङ्घको उडान निषेध क्षेत्र घोषणाको निर्णय पालना गरिएको थियो ।
गद्दाफीले संयुक्त राज्य अफ्रिका बनाउन प्रयास थालेपछि संरा अमेरिकाले उनलाई सत्ताच्युत गर्ने चाहेको विज्ञहरूको भनाइ छ । सन् २००९ को फेब्रुअरीमा इथियोपियामा ५३ वटा अफ्रिकी देशहरूको अफ्रिकी सङ्घको अध्यक्ष पदमा निर्वाचित भएपछि उनले त्यस्तो प्रयास थालेका थिए । “हामी सार्वभौम देशहरू मिलेर संयुक्त राज्य अफ्रिका बनाउनेमा जोड दिनुपर्छ”, उनले एउटा बैठकमा भनेका थिए । उनले अफ्रिकाको एउटै सैनिक शक्ति, एउटै मुद्रा र महादेशभरि जता जान पनि मिल्ने एउटै राहदानी बनाउने प्रस्ताव पनि गरेका थिए ।
यी कुराले पश्चिमा देशहरूलाई झस्कायो । गद्दाफीले भनेजस्तो भए विगतमा जस्तो अफ्रिकामा पश्चिमा देशहरूको व्यापार नहुनेमा उनीहरू आत्तिएका थिए । पश्चिमा देशहरूले अफ्रिकी देशहरूसँग दुई पक्षीय र बहुपक्षीय सम्बन्ध जोडेका छन् । एकीकृत अफ्रिकामात्र बन्ने कुराले त उनीहरूलाई खास अप्ठ्यारो पार्ने थिएन । तर, त्यो एकीकृत मोर्चाको नेतृत्व पश्चिमा विरोधी गद्दाफीले गर्ने कुराले भने उनीहरूको मनमा चिसो पसेको थियो ।
गद्दाफीको हत्या कसैलाई खराब दोष लगाएर मारिदिएजस्तै थियो । गद्दाफीलाई संरा अमेरिकाले पश्चिमा सभ्यता ध्वस्त बनाउनेतिर उन्मुख मुसलमान कट्टरपन्थीको रूपमा चित्रण गरेको थियो । संरा अमेरिकाका अन्य साझेदारहरूले त्यही कुरालाई स्वीकारे । अनि एक जना दूरदर्शी नेतालाई ध्वस्त बनाउने काममा उद्यत भएर लागे । गद्दाफीको हत्याको अर्थ अफ्रिकालाई एकै ठाउँमा ल्याउने योजनालाई छिन्नभिन्न बनाउनु थियो ।
युरोपमा अहिले लिविया सम्मेलन आयोजना गर्नुले सन् १८८४ मा बर्लिनमा आयोजित सम्मेलनको स्मरण गराएको छ । सन् १८८४ को बर्लिन सम्मेलनले अफ्रिकामाथि हमला गर्ने बाटो खुलेको थियो । त्यो सम्मेलनलाई अफ्रिकी महादेश र त्यसको उपनिवेशीकरणको रेखा मान्न सकिन्छ । अफ्रिकाले आजभोलि सामना गरिरहेका समस्याको मूल जड युरोपेली उपनिवेशवादीहरूले अफ्रिकाका सबै जातिमाथि गरेको दमनको परिणाम हो । यी कुरा विभिन्नरूपमा अझै कायम नै छन् ।
विश्लेषकहरू बर्लिन सम्मेलनमा लिवियाको कुरा कति सुनियो र अन्तिम निर्णयमा त्यसको कति भूमिका रह्यो भन्ने विषयमा प्रश्न गरिरहेका छन् । डीडब्ल्यु अनलाइनमा प्रकाशित एउटा पछिल्लो लेखले ‘लिविया सम्मेलनले गर्ने निर्णयमा लिवियालीहरूको कुराको कति सुनुवाई भयो भन्ने प्रश्न छ’ भनी लेखिएको छ । बैठकमा लिवियाको राजनीतिक प्रगति, डिसेम्बरमा तय भएको निर्वाचन र विदेशी सेना र भाडाका सिपाहींहरूको फिर्ता आदि मुद्दामाथि छलफल भएको थियो ।
पक्कै पनि लिवियाको मुद्दामा संरा अमेरिकाले जवाफ दिनुपर्नेछ । चीनको सिन्च्याङ उइगुर स्वशासित क्षेत्रमा चीनका उइगुर मुसलमानविरुद्ध कथित नरसंहार र अन्य मानवअधिकार हननबारे अनेकन हौवा फैलाउने संरा अमेरिका वास्तवमा लिवियामा मुसलमानहरूको पतन गराउने मानवीय वियोगका प्रमुख योजनाकार थिए ।
लिविया सम्मेलन संरा अमेरिकामा हुनुपर्ने थियो । संरा अमेरिकाले गद्दाफीको निर्मम हत्या गरेको थियो । गद्दाफीले सन् १९६९ देखि सन् २०११ को अक्टोबर २० सम्म लिवियामा शासन गरेका थिए । लिवियाको विद्रोही राष्ट्रिय अन्तरिम परिषद्ले गद्दाफीको हत्या गर्नुअघि लिवियाको सङ्कटमा संरा अमेरिका सक्रिय खेलाडी थियो । संरा अमेरिकासँग संसारका अन्य देशमा पनि यस्तो भूमिका खेलेको अनुभव छ । लिवियाको गृहयुद्धमा गद्दाफीविरुद्ध प्रस्टतः संयुक्त राष्ट्र सङ्घको उडान निषेध क्षेत्र घोषणाको निर्णय पालना गरिएको थियो ।
आफैले सिर्जना गरेका समस्याको समाधान खोज्ने बहानाबाजी गर्नुको सट्टा संरा अमेरिकी नेतृत्वको पश्चिमा मोर्चाले लिविया र अफ्रिका महादेशमा आफूले गरेका अपराधवापत माफी माग्नुपर्छ र पश्चाताप गर्नुपर्छ । उनीहरूका त्यस्ता अपराधले लिवियाली जनतामा अपूरणीय सामाजिक र आर्थिक क्षति पुगेको छ ।
आफ्नो पापमोचनको लागि महाशक्ति देशले लिवियाप्रति सदाशयता देखाउनुपर्छ र पश्चातापमा आफ्ना गल्ती स्वीकार्नुपर्छ । लिवियामा क्षति भइसकेको छ । अब पश्चिमा देशहरूले त्यहाँका भौतिक र सामाजिक पूर्वाधारलाई कम्तीमा गद्दाफीको समयमा जस्तो गरी पुनःनिर्माण गर्नुपर्छ । त्यसबाहेक उनीहरूले लिवियाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न छोड्नुपर्छ र उनीहरूलाई आत्मनिर्णयको अधिकार प्रयोग गर्न दिइनुपर्छ ।
(लेखक नैरोबीका सञ्चारविज्ञ र संयुक्त राज्य अन्तर्राष्ट्रिय विश्वविद्यालयका लेक्चरर हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : नीरज
Leave a Reply