भर्खरै :

चीनको प्रगति अद्भूत

  • असार १३, २०७८
  • दीनबन्धु अर्याल
  • विचार

चीनले गरेको प्रगति र विकासबारे विश्वका सयौँ मुलुकले चीनको प्रशंसा गरिरहेका छन् । हुन पनि चीनले अदभूत ढङ्गले विकास गरिरहेको छ । चीन आफ्नो देशको विकाससँगै संसारकै अरू विकासशील र विकासोन्मुख देशको विकास पनि चाहन्छ । तर, अमेरिका, स्पेन, फ्रान्स, बेलायत, इजरायलजस्ता देशहरू अरू देशको प्रगति चाहँदैनन्, बरु अरू देशको प्रगतिमा बाधा हाल्छन्, हालिरहेका छन् । समाजवादी र पुँजीवादी देशबीचको भेद यही हो ।
चीनले आफ्नो देशमा चमत्कारपूर्ण विकास गरिरहेको छ । चीनले पानीमुनि सुरूङ मार्ग बनाएको छ । ठुलठुला तेर्सो भवन (ढल्किएको भवन) बनाउन चीन सफल भएको छ । महासागर तर्ने ५५ किलोमिटर लामो पुल चीनमा बनाइएको छ । बिजुलीबाट चल्ने हवाईजहाज, पानीमा कुदाउने हवाईजहाज पनि चीनमा बनेको छ । संसारमै सबैभन्दा अग्लो सिफ्ट, सबैभन्दा अग्ला ४० पुल, विश्वकै पहिलो स्वचालित विद्युतीय रेल पनि चीनमा बन्नु के चमत्कारपूर्ण कार्य होइन ?
चीनमा १४ सय किमि लामो कृत्रिम नदी छ । सवारी साधन गुड्दै चार्ज हुने अनौठो सडक पनि चीनमै छ । २५ किमि टाढाको फोटो खिच्ने क्यामरा पनि चीनमै बनेको छ । समुद्रमा बनेको विश्वकै लामो पुल चीनमा छ । जमिनमुनि १८ तले होटेल चीनमा बनेको छ । विश्वकै ठुलो मानव निर्मित झर्ना भवन अनौठो खालको छ । ट्राफिक जाममा नपर्ने अत्याधुनिक गाडी आदि चमत्कारपूर्ण निर्माणले चीनको प्रगति र विकासको विश्वले प्रशंसा गरिरहेको छ ।
यसरी विश्वका अरू कुनै देशले विकास गर्न नसकेको, बनाउन नसकेको अद्भूत निर्माण कार्य गरेर विश्वलाई बाटो देखाइरहेको छ । समाजवादी देश चीनले गरेको यस्तै यस्तै प्रगति र विकास देखेर नै अरू साम्राज्यवादी देश र पुँजीवादी देशहरूको टाउको दुःखेको हो । चीनको यस्तै प्रगति सहन नसकेर चीनको प्रगतिमा ती देशले बाधा हालेको र बाधा हाल्न षड्यन्त्रहरू रचेका हुन् । तर, जस्तोसुकै शक्तिशाली र साम्राज्यवादी शक्ति राष्ट्रहरूले षड्यन्त्र गरे पनि चीनको प्रगतिलाई कसैले रोक्न सक्दैनन् । एक दिन चीन संसारकै बलियो, सम्पन्न र संसारका अरु देशहरूको विकास चाहने र सहयोग गर्ने देश चीन बन्नेमा शङ्का छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *