नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
शववाहिनी गङ्गा
एकसाथ सबै मुर्दाले भने सबैकुरा चङ्गा गङ्गा
साहेब तिम्रो रामराज्यमा शववाहिनी गङ्गा
सिधियो श्मशान तिम्रो, सिधियो काठको थुप्रो
थाके हाम्रो काँध सबै, आँखाहरू रहन गए सुख्खा
यत्रतत्र पुगी यमदूतहरू खेले मृत्युको खेल बेढङ्ग
साहेब तिम्रो रामराज्यमा शववाहिनी गङ्गा
लगातार बलिरहेका चित्ताहरूले क्षणभरका लागि मागिरहेछ राहत
लगातार टुटिरहेका चुडीहरूले घोच्दैछन् छाती घरघरका
हेर आगोका लप्काहरूले बजाइरहेछन् आज दङ्का
साहेब तिम्रो रामराज्यमा शववाहिनी गङ्गा
साहेब तिम्रो दिव्य वस्त्र, देदिप्यमान तिम्रो ज्योति
मानिसहरू किन बुझ्दैनन् तिमी पत्थर हौ नकि मोती
छ हिम्मत भने अगाडि आइ बोल –मेरो साहेब नाङ्गो
साहेब तिम्रो रामराज्यमा शववाहिनी गङ्गा ।
गुजराती भाषाकी कवयित्री पारूल खक्करलाई केही दिन अगाडिसम्म गुजरातभन्दा बाहिरका कमै मानिसहरूले मात्र चिन्थे । तर पछिल्लो दिनमा उनले १४ पङ्क्तिको एउटा कविता ‘शववाहिनी गंगा’ लेखिन् । त्यसपछि उनी भारतभरि र विश्वभर नै चर्चाको पात्र बनिन् ।
कोभिड– १९ को दोस्रो लहरको क्रममा भारतका नदीहरूमा कोभिडबाट निधन भएका मानिसहरूको शव बगाइदिएकोबाट विचलित र आहत बनी लेखिएको यो छोटो कविता रातारात भारत र विश्वका कैयौं भाषामा अनुवाद भए । हिन्दी, पञ्जावी र कैयौँ अरू भाषामा भएका अनुवादको पाठ युटयुबमा समेत आइसकेका छन् ।

कवियत्री पारुल खक्कर
तर महत्वपूर्ण खबर त गुजराती साहित्य एकेडेमीको साहित्यिक पत्रिका ‘शब्दसृष्टि’को सम्पादकीयमा उक्त कविताको तिखो आलोचना गर्दै त्यसको प्रचारप्रसारलाई राष्ट्रविरोधी गतिविधि भनियो र त्यसले ‘साहित्यिक नक्सल’ तत्वलाई बढावा मिलिरहेको बताइयो ।
यहाँ रोचक कुरा के छ भने आफ्नो साहित्यिक जीवनको अतितमा पारूल खक्कर नक्सल त टाढाको कुरा उनलाई प्रगतिशील र सामान्य वामपन्थी विचारधाराको साहित्यकार पनि ठहर गर्न सकिँदैन । यदि उनको विगतका लेखनलाई विचारधाराको आधारमा वर्गीकरण गर्ने हो भने अन्ततः तिनलाई दक्षिणपन्थी खेमामा नै राखिनुपर्ने हुन्छ ।
सुनेको नसुनेझैँ गर्ने कोशिश
यस कविताप्रति गुजरात साहित्य एकेडेमी र कतिपय मानिसहरूको विरोधले धेरै कुरा मान्न सकिने हुन्छ जसको सम्बन्ध र चासो सािहत्यको प्रतिरोध र सत्ताको दमनको रणनीतिसित छ । पहिलो कुरा त धेरै आलोचकहरूलाई पारूलको कविता कविताको मापदण्डमा खरो नउत्रेको र नराम्रो लाग्न सक्छ र यो कविता हृदयदेखि नै निक्लेको हो, जसमा निकै सहज ढङ्गले धेरै मानिसहरूको आक्रोश र क्षोभलाई अभिव्यक्त गरेको छ र जानीनजानीकन पूरै व्यवस्थामाथि नै प्रश्नले घेरिदिएको छ, जो धर्म र संस्कृतिको प्रश्नहरू जोडतोडले उठाउँदै सत्तामा आएका हुन् ।
यस कवितामा त्यो छटपटाहट यसकारण पनि भित्रियो कि कवयित्रीको मूल्यबोधमा गंगा र संस्कृतिलाई लिएर परम्परागत पवित्रताको बोध खाँडिएको छ । हृदयदेखि लेखिएका रचनाहरूमा प्रायः विचारधारात्मक र साहित्यिक सिद्धान्तको हिसाबले रचनामाथि रचनाकारहरूको नियन्त्रण छुटन जान्छ र ती रचना जनताका बन्न पुग्छन् ।
भारतमा दुष्यन्त कुमार र अदम गोंडवीका धेरै धेरै गजलहरू वाम चेतनाका आन्दोलनकारीहरूले प्रयोग गरेका छन् र दक्षिणपन्थीहरूले पनि उनीहरूका गजल गाएको पाउँछौं । धूमिल र पाश जस्ता कविका रचनाहरू कति कति हात र कति कति मुखले दोहो¥याउँछन् कुनै हिसाब नै हुँदैन ।
सत्ताको पहिलो कोशिश यस्ता रचनाहरू र लेखकहरूलाई सुनेको नसुनेझैँ गर्नु नै हुन्छ । त्यसमा असफल भएपछि दोस्रो खेल लेखकहरूलाई बदनाम गर्ने हुन्छ । पारूल खक्करको सम्बन्धमा यो खेल सुरू भइसकेको छ । चलिसकेको गोली र जनतासम्म पुगिसकेको रचना फिर्ता लिन पनि सकिंदैन । अहिले कवयित्रीमाथि मात्र होइन, उनीहरूमाथि पनि प्रश्न उठाइँदै छ जसले यस कवितालाई प्रकाशित र प्रचार गरे, दोस्रो भाषामा अनुवाद गरे । भित्रभित्रै तेस्रो प्रक्रिया पनि सुरू भइसकेको हुनुपर्छ – लेखकलाई दण्डित गर्ने । उनी र उनको परिवारलाई धेरै धेरैले धेरै कुरा गरिदिने धम्की दिइसकिएको छ । कहिले के हुने हो भविष्यमै मात्र थाहा हुनेछ ।
‘अवार्ड फिर्ता गर्ने ग्याङ्ग’
केही वर्ष अगाडिदेखि जब सत्ताले अभिव्यक्ति स्वतन्त्रता र लेखकहरूको अभिव्यक्तिमाथि हमला गर्न थाल्यो, त्यसको विरोधमा भारतीय लेखकहरूले सरकारले दिएका अवार्डहरू, पुरस्कारहरू फिर्ता गर्न थाले र यसैलाई ‘अवार्ड फिर्ता गर्ने ग्याङ्ग’ को काम भनियो । यस प्रक्रियालाई नजिकबाट हेरिरहेकाहरूलाई राम्ररी थाहा छ कि अवार्ड र पुरस्कार फिर्ता कसको दबाबबिना अत्यन्त स्वतःस्फूर्त हिसाबले भएको थियो । निश्चय पनि त्यसमा एक दोस्रोको प्रेरणा लिँदै गरिएको थियो तर त्यसमा कुनै साङ्गठनिक निर्णय, बल या कार्य योजना थिएन ।
दोस्रो कुरा, कैयौँ पटक यस्ता प्रतिरोधको साहित्य रचना गर्ने रचनाकारहरूलाई सत्ताले सिधै दण्डित गर्दैन बरू सत्ताको पक्षमा उभिएका र यथास्थितिलाई बनाइराख्न चाहने शक्ति र तत्वहरूले त्यो कामको जिम्मा लिन्छन् । पारूल खक्करको सम्बन्धमा गुजरात साहित्य एकेडेमीले त्यही भूमिका निभाइरहेको छ भने पेरूमल मुरूगनको मामिलामा कैयौँ अरू सङ्गठनहरूले त्यो काम गरेका थिए ।

लेखक एमएम कलबुर्गी
तमिल लेखक मुरूगनलाई एक उपन्यास लेखेवापत यति धेरै प्रताडित गरियो कि उनले आफ्नो मृत्युको घोषणा गरिदिए । एक समय उनले अगाडि केही पनि नलेख्ने वचन दिन बाध्य भए । निश्चित रूपमा पछि उनी भित्रका लेखक र उनीसँग उभिएका शक्तिहरूको समर्थन बढी शक्तिशाली साबित भयो र उनले पुनः लेख्न थाले र अहिले पनि लेखिरहेका छन् ।
कैयौँ घटनामा सत्ताले लेखकलाई सिधै जेल पठाइदिन्छन् । १९४९मा स्वतन्त्र भारतको प्रारम्भिक वर्षहरूमा लेखक मजरूह सुल्तानपुरीले जेल जानुप¥यो । उनको दोष यति मात्र थियो कि उनले राष्ट्रमण्डलमा भारतको समावेशको विरोध गर्दै तिखो ढङ््गले केही लेखेका थिए । भारतका विख्यात अभिनेता तथा लेखक बलराज साहनीले एक जुलुसमा सहभागी भएवापत तीन महिना जेलको सजाय काट्नु परेको थियो ।
संसारकै सिलसिला
भारतको आपत्काल (१९७५–१९७७) को क्रममा कुलदीप नैयरजस्ता कैयौँ पत्रकार र गिरधर राठीजस्ता लेखकहरूले आपतकालको पूरै अवधि जेलमा काट्नुपरेको थियो । १९४२ मा ‘भारत छोडो’ आन्दोलनका क्रममा लेखक फणिश्वरनाथ रेणुले पनि दुई वर्षको जेल सजाय काटेका थिए । रोचक घटना यो पनि छ कि १९४० को दसकमा लाहोर गएर बसेका महान शायर (उर्दू कवि) साहिर लुधियानवी समेत विभाजनको केही वर्षपछि पाकिस्तानबाट भाग्नुपरेको थियो । उनले दसकौँ अघि लेखेका रचनाका लागि पाकिस्तानको सरकार उनलाई जेलमा हाल्नका लागि पूरै तयारीमा लागेको थियो । पछि उनी केही गरी भारत आइपुगे र भारतकै नागरिक हुनपुगे ।
तेलेगु कविहरू गदर र बारबरा रावको घटना धेरै पुरानो भएको छैन ।

पत्रकार कुलदिप नैयर
लेखकहरू र रचनाहरूको शिरमा बदनामी, बहिष्कार, जेल र तनावको नियति सदैव तलवारजस्तै झुन्डिरहेको छ । यो संसारभरकै सिलसिला हो । असहमतिका आवाज राख्नेहरूलाई दुःख दिने गरिन्छ । भारतीय मूलका लेखक शलमान रूश्दीको टाउकोमाथि इनाम घोषणा गरिन्छ भने तसलिमा नसरीनलाई आफ्नो देश (बङ्गलादेश) छोडेर बेलायत र भारतमा शरण लिन बाध्य पारिन्छ । इस्मत चुगतई र मन्टोमाथि मुद्दा दायर गरिन्छ । हबीब तनवीरका नाटकहरूको बीचमा नै हुलदङ्गा मच्चाइन्छ र मकबुल फिदा हुस्सेनजस्तो महान चित्रकारलाई देश छोड्न विवश बनाइदिन्छ । यो संसारकै सिलसिला हो ।
हमलाहरूका प्रतीक
दक्षिण अफ्रिकामा कुनै बेला बेंजामिन मोलोइसजस्ता प्रतिभाशाली कविहरूलाई पनि फाँसी दिइयो । भारतमा कवि अवतारसिंह पाशलाई आतङ्कवादीहरूले गोली हाने । कन्नड लेखक कलबुर्गीलाई पनि गोली हानियो । कलबुर्गी, पानसरे, दाभोलकर र गौरी लङ्केश भारतको पछिल्लो अवधिमा अभिव्यक्ति स्वतन्त्रतामाथि भएको हमलाको प्रतीक नै बने । तर, रोचक कुरा के छ भने कैयौँ किसिमका आरोप, दबाब, विरोध, उत्पीडन, मृत्यु र देश निकालाको सजाय हुने डर हुँदाहुँदै पनि संसारभरका कलमहरू डराउने र थाक्ने गर्दैनन् । उनीहरू न कुनै नातावाद र कृपावादलाई मान्छन्, न कुनै दयाको अपेक्षा गर्छन् बरू अन्यायको विरूद्ध प्रतिरोध चलाइरहन्छन् र उनीहरूको समर्थन पनि बचिरहने हुन्छ ।
नेहरूको शासनमा मुक्तिबोध ‘अँध्यारोमा’ (अंधेरे में) र धूमिल ‘पटकथा’ लेख्छन्, जसमा उनीहरूले संसद् र सडकका सारा विरूपताहरूलाई उदाङ्गो पारिएका छन् । नागार्जुन त नेहरू, इन्दिरा, लालबहादुर शास्त्रीदेखि लिएर बाल ठाकरेसम्मलाई लक्षित गरेर लेख्छन् ।
प्रतिरोधको स्वर
कुरा यहीँ सकिँदैन, हामी पाउँछौँ कि संसारभरका प्रतिरोधका आवाजहरू आपसमा मिलिरहेका छन् र एक साझा बोली बनिरहेका छन् । हाम्रा लागि नाजिम हिक्मत पनि हिन्दीका कवि झैँ लाग्छन्, बर्तोल्त ब्रेख्त र पाब्लो नेरूदा पनि । मराठी भाषाका नामदेव ढसाल र बङ्गला भाषाका जीवनानन्द दास पनि, पंजाबी भाषाका पाश र अब गुजराती भाषाका पारूल खक्कर पनि हिन्दी कवयित्री बनिसकिन् ।
फैज अहमद फैज र हबीब जालिब त हिन्दीका थिए नै । यहाँसम्म मात्र होइन यसमा पुराना आवाजहरू पनि सामेल हुँदै गएका छन् । कबीर र खुसरोलाई समेत प्रतिरोधका स्वरमा सामेल गर्दै गइरहेका छौं ।

कवि फैज अहमद फैज
अर्कोतर्फ सत्ता र त्यससित जोडिएकाहरू किसिम किसिमका मक्किएका दावीहरू अगाडि ल्याइरहेका छन् । अहिले उनीहरूलाई ‘साहित्यिक नक्सल’ ले तर्साइरहेको छ । सायद गुजरात साहित्य एकेडेमीलाई थाहा छैन होला १९७० को दशकमा नक्सल आन्दोलनको प्रभावित भई धेरै लेखक र कविहरूले आफ्ना रचना लेखे । आलोक धन्वा र मंगलेश डबरालजस्ता सिद्धहस्त कविहरू नक्सलवादको प्रभावको छायाँमा सुरूआती वर्षहरूमा हुर्के । यो बहसको विषय हुनसक्छ कि नक्सल या माओवादी आन्दोलनहरूसित वस् एक रोमानीवादी सम्बन्ध जोडिराखे या तिनीहरूको भित्री खोज पनि गरेर त्यसको सीमाहरूलाई अगाडि ल्याउने काम पनि गरे । तर, यसमा कुनै सन्देह छैन कि एक समयका अति धेरै विद्रोही कविताहरू त्यहीँबाट निक्लेका थिए ।
आज जब साहित्य एकेडेमीहरू नै ‘अर्बन नक्सल’ (सहरिया नक्सलवाद) र ‘साहित्यिक नक्सल’ जस्ता शब्दहरूको प्रयोग गर्छन् र यही नाममा निशानामा लिइएका कवि र लेखकहरूलाई देशद्रोही भएको बताइन्छ भने यसमा खतरा प्रत्यक्ष देखिएको छ ।
त्यसो त अहिले सरकारहरूले लेखकहरूलाई तर्साउँदैनन् बरू लल्चाउँछन् र यसरी लालचमा परिसकेका कवि र लेखकहरू सरकारको पक्षमा लेख्नमात्र होइन प्रदर्शन गर्न थाल्छन् । हामी याद गर्न सक्छौं जब केही वर्ष पहिले लेखकहरूले मन्दी हाउसमा एक विरोध प्रदर्शन आयोजना गरेपछि सरकारसमर्थक लेखकहरूको अर्को टोली विरोधको विरोधमा उत्रन पुगेको थियो ।
यसको अर्थ प्रतिरोधको वास्तविक आवाज राख्ने र त्यसमा भरोसा गर्नेहरूसामु दोहोरो खतरा छ । तर, इतिहास र वर्तमानले यही देखाउँछ कि खतराहरूबीच नै असली लेखन फल्नेफुल्ने हुन्छ । सरकारको गैरजिम्मेदार प्रवृत्तिका कारण बढ्दै आएको जनताको दुःखकाबीच मामुली झैँ मानिएकी कवयित्री पारूल खक्कर पनि सत्ताको आँखामा बिझ्न थाल्छ ।
(लेखक बीबीसी हिन्दी सेवाका पूर्वसम्पादक हुन्)–बीबीसी हिन्दीबाट
Leave a Reply