भर्खरै :

कैलाशदेखि भूमिकासम्मको यात्रा

कलेजको पढाइ हुँदा यदाकदा हामी सुन्थ्यौँ, प्रजातन्त्रको जननी मानिने देश बेलायतको संसद यति शक्तिशाली हुन्थ्यो कि त्यसलाई कुनै पनि काम गर्न असम्भव हुन्थेन । उसले गर्न नसक्ने एउटै मात्र काम थियो– केटालाई केटी बनाउने र केटीलाई केटा बनाउने । पहिला सुन्दै अविश्वसनीय र आश्चर्य लाग्ने त्यो काम पनि अब असम्भव रहेन । नेपालमै पनि धेरैले शल्यक्रियामार्फत लिङ्ग परिवर्तन गरिसकेका छन् । केही वर्ष अघिसम्म तपाईँ कुनै स्कूल, कलेज वा कुनै सङ्घ संस्थामा कामको लागि फाराम भर्दा लिङ्ग भनिएको ठाउँमा पुरुष वा महिलामात्र लेखिएको हुन्थ्यो । तर २०६४ सालको सर्वोच्च अदालतको एउटा फैसलाले व्यक्तिको लिङ्गमा महिला र पुरुषमात्र होइन । यसबाहेक ‘तेस्रो लिङ्गी’ पनि हुन्छ भन्ने फैसलाले कानुन त तेस्रो लिङ्गीको अस्तित्वलाई स्वीकार्यो । तर, हाम्रो समाज, परम्पपरा र मानसिकताले भने तेस्रो लिङ्गको अस्तित्वलाई अझै सहजरूपमा स्वीकार गर्न सकेको छैन । यस्तो हुनुमा हामी सामान्य मानिसदेखि पढेलेखेका वर्गसम्म तेस्रो लिङ्गीका बारेमा सामान्य ज्ञान र यसको वैज्ञानिक कारणका बारेमा अज्ञान नै हो कि जस्तो लाग्छ । तेस्रो लिङ्गी के र को हो र यसको पछाडिको वैज्ञानिक कारण के हो भन्ने धेरैले बुझ्न चाहेको जस्तो पनि लाग्दैन । तेस्रो लिङ्गीको बारेमा बुझ्न र तेस्रो लिङ्गी भएर बाँचेकाहरूको पीडा र सङ्र्घषको कथा बुझ्न पढ्नुपर्ने पुस्तक हो ‘भूमिका’ । एक तेस्रो लिङ्गीको मार्मिक अनि साहसिक आत्मकथा ।
भूमिका श्रेष्ठ एक तेस्रो लिङ्गी व्यक्ति हुन् । उनको वास्तविक नाम कैलाश श्रेष्ठ हो । उनको शारीरिक बनावट पुरुषको भए तापनि जैविक हर्मोन महिलाको छ । उनलाई सानैदेखि केटीको पहिरन लगाउन मनपथ्र्यो । उनमा बाल्यकालदेखि नै महिला मित्रहरू बनाउने र उनीहरूसँग घुलमिल हुने आनीबानी र चाहना उनमा प्रबल भयो । उनी आफू आफैलाई महिलाको दृष्टिकोणले हेर्ने गर्थी । बाल्यकालदेखिको उनको यो आनीबानीले उनका परिवारका सदस्यहरूले कैलाशलाई ‘हिँजडा’, ‘छक्का’ जस्ता शब्दको वाणले हान्दा उनीसँग सहनुभन्दा अरू विकल्प थिएन ।
जिन्दगीको हरेक क्षण र पलमा कठिनाइसँग लड्डै अघि बढ्दै गरेकी भूमिका श्रेष्ठ एस.एल.सी.को परीक्षामा सहभागी बन्न उनले कपाल नकाटेकै कारणले परीक्षामा उपस्थित हुन पाउँदिनन् । यसरी उनको पढाइको क्रम पनि टुट्न पुग्छ । जेनतेन जिन्दगी चलिरहेको थियो, यसै क्रममा उनले तेस्रो लिङ्गी व्यक्तिहरूको निम्ति काम गर्ने संस्था नीलहिरा (द्यगिभ म्ष्बmयम) सँग आबद्ध रहेर काम गर्ने मौका पाउँछे ।
२०६४ सालको सर्वोच्चको ऐतिहासिक फैसलापछि नेपालीको नागरिकतामा महिला र पुरुष लिङ्गबाहेक अन्य पनि उल्लेख गर्न थालिसकेको थियो । तेस्रो लिङ्गीको पहिचानलाई कानुनले स्वीकार्ने कार्यसँगै सन् २००७ मे १७ का दिन नेपालमा ‘मिस तेस्रो लिङ्गी’ अर्थात् ‘मिस पिङ्क’ प्रतियोगिता आयोजना गरिएको थियो । मिस पिङक एक तेस्रो लिङ्गी वा समलिङ्गीहरूको लागि एउटा एबितायचm थियो । मिस पिङकमा सहभागिता जनाउने भूमिकाको कुनै उद्देश्य थिएनन् । तर, साथीहरूको हौसला र प्रेरणाले उनीले सहभागिता मात्र होइन मिस पिङकको उपाधि समेत हातपार्न सफल हुन्छिन् । यो क्षण उनको लागि एकदमै गर्वकोे क्षण हुनपुग्छ र साथै तेस्रो लिङ्गी व्यक्तिहरूले पनि जीवनमा सफलता हासिल गर्नसक्छ भन्ने उदाहरण हुनपुग्छ ।
पुस्तक पढ्दै जादा तेस्रो लिङ्गी किन भन्नेबारे वैज्ञानिक कारणको बारेमा पनि बेलीविस्तार भेटिन्छ । तेस्रो लिङ्गी भएर जन्मनुमा न जन्माउने दोषी हुन्, न त जन्मने नै । यो त प्रकृतिको निर्णय र श्रृजना हो । जसरी केटा र केटी जन्मनुमा प्राकृतिक कारण छन् तेस्रो लिङ्गी जन्मनुमा पनि त्यही प्राकृतिक नियम छ । तर, समाजले केटा र केटीलाई मात्र सहजै स्वीकार्छ तेस्रो लिङ्गीलाई विभेद । मेडिकल साइन्स अथवा चिकित्सा विज्ञानका अनुसार महिलामा ‘एक्स’ क्रोमोजम हुन्छ भने पुरुषमा ‘एक्स’ र ‘वाई’ दुवै हुन्छ । स्त्रीको डिम्ब पुरुष शुक्रकिटको ‘एक्स’ क्रोमोजमसँग सम्पर्कमा आए नारी भ्रुण बन्छ । यसैगरी डिम्ब ‘वाई’ क्रोमोजमको सम्पर्कमा आए गर्भमा पुरुष भ्रूण बन्छ । दुवै क्रोमोजम समान मात्रामा सम्पर्कमा आए तेस्रो लिङ्गीको जन्म हुँदोरहेछ । केटा र केटीको हकमा यो प्राकृतिक नियमलाई सहजै स्वाकारिएका तर तेस्रो लिङ्गलाई नस्वीकारिएको अवस्थालाई मनन गर्दा अनौठो पनि लाग्छ । समाजमा तेस्रो लिङ्गीको बारेमा यस ज्ञानकै कमीले गर्दा उनीहरूप्रति हेरिने दृष्टिकोण अझै बदलेको देखिँदैनन् । छोरा हुन् या छोरी भन्ने कुरा पहिल्यै निर्धारित हुदैँनन् । ठीक त्यसैगरी लैङ्गिक र यौनिक अल्पसङ्ख्यकको जन्म पनि संयोग नै हो । यो अज्ञानताको कारणले तेस्रो लिङ्गीलाई नराम्रो व्यवहार गरिन्छ । एकल र गरीब महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गर्नुजतिकै अन्धविश्वास, अज्ञानता र अवैज्ञानिकता तेस्रो लिङ्गीप्रति गरिने भेदभावहो भन्दा फरक नपर्ला  ।
धेरै मानिसहरूलाई तेस्रो लिङ्गी व्यक्तिहरूको बारेमा थाहा नहुनु स्वमभाविक हो । मैले पनि कतिपय कुराहरू यस पुस्तक पढेपछि मात्रै थाहा पाएँ । सामान्यतया केटाकेटीहरूले दुई–तीन वर्षकै उमेरमा आफ्नो लैङ्गिताप्रति सचेत नभइसकेको हुन्छ र सोहीअनुसार व्यवहार देखाउन थाल्छन् । तेस्रो लिङ्गीले पनि सोही उमेरमा आफ्नो लैङ्गिक प्रस्तुति देखाउन थालिसकेका हुन्छन् । तेस्रो लिङ्गीका हकमा केटा भएर जन्मिएका बच्चा हुर्किँदै गर्दा केटीको लैङ्गिक प्रस्तुति देखिन्छ । यस्तो स्वभावको व्यक्तिलाई तेस्रो लिङ्गी महिला भनिन्छ । केटी भएर जन्मिएका बच्चा हुर्किदै गर्दा केटाको लैङ्गिक प्रस्तुति देखिन्छ । यस्तो स्वभावको व्यक्तिलाई तेस्रो लिङ्गी पुरुष भनिन्छ । कैलाश श्रेष्ठको आत्मकथा भएर पनि तेस्रो लिङ्गका बारेमा हामी सामान्य मानिसमा थाहा नभएको यस्तै सूचना र जानकारीहरू पुस्तकमा प्रशस्त छन् ।
लिङ्ग परिवर्तनको चिकित्सकीय र वैज्ञानिक प्रक्रियाका बारेमा पनि चर्चा गरिएको छ । लिङ्ग परिवर्तन गर्दा जति महिला अङ्ग प्रत्यारोपण गर्न सजिलो छ त्यसको दाँजोमा पुरुष अङ्ग प्रत्यारोपण गर्न गा¥हो हुनेरहेछ । तेस्रो लिङ्गी व्यक्तिहरूलाई लिङ्ग प्रत्यारोपण गर्ने रहर हुँदाहुँदै मध्यम वर्गीय परिवारले शल्यक्रिया खर्च उठाउन नसकेकै कारण यसबाट वञ्चित हुनुपरेको छ । जीवनमा पाइला पाइलामा तेस्रो लिङ्गी भएकै कारणले झेल्नु परेका धेरै दुःख छन् भूमिका श्रेष्ठको जीवनमा । नागरिकतामा लिङ्ग पुरुष भएकै कारण राजनीतिमा छिर्न नपाउनु, चाहेर पनि नीलहिरा संस्थाको लागि पार्टीमा उठेर आफूजस्तै व्यक्तिहरूको आवाज बन्न नसक्नुको कारण तेस्रो लिङ्गीप्रति गरिने भेदभाव अझै हाम्रो समाजमा छ ।
अहिलेको युगमा मानिसहरू अझै पाप र धर्ममा विश्वास गर्छन् । पूर्वजन्ममा केही नराम्रो कर्म गरेको होला र यस्तो जन्म लियो भन्छन् तर यो प्रकृतिको श्रृजना हो । तेस्रो लिङ्गी मानव समाजकै एउटा यथार्थ थियो र हो । भूमिकाले पुस्तकको पहिलो अध्याय शिखण्डीमा उल्लेख गरेजस्तै तेस्रो लिङ्गी आदिकाल र द्वापरयुगदेखि नै अस्तित्वमा थियो । आज विज्ञानले यसका बारेमा धेरै तथ्यहरूलाई उजागर गरिसकेको भए पनि मानिसहरू यस विषयमा गलत अवधारणा बोकेर तेस्रो लिङ्गीप्रति दुर्वचन बोल्छन् । हो, स्वस्थ र सद्भावयुक्त समाजको लागि तेस्रो लिङ्गीका विषयमा जो कोही सचेत नागरिकले यसको बारेमा जानकारी राख्नुपर्छ । घोस राइटिङ्गका कमल ढकालले पुस्तकको प्रकाशकीयमा लेख्नुभएजस्तै, तेस्रो लिङ्गी पनि अरू जस्तै कोमल र फरक फूल हो जसलाई फुल्न दिनुपर्छ । तेस्रो लिङ्गी कुनै सनक, मानसिक रोग वा काउन्सिलिङ्गबाट समाधान हुने रोग होइन बरु यो जन्मजातको स्वभाव र प्राकृतिक कुरा हो ।

इजिता मुनंकमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *